विद्यार्थीका सिकाइ उपलब्धि कसरी बढाउने ?

- शक बहादुर बु्ढाथोकी | 2021-09-24

विद्यार्थीका सिकाइ उपलब्धि कसरी बढाउने ?

केही दशकयता विद्यालयको पहुँचमा वृद्धि भए पनि सिकाइ उपलब्धि भने कमजोर देखिएको छ । सिकाइ उपलब्धिमा सुधार गर्न विद्यालयतहबाटै तत्परता लिनु आवश्यक हुन्छ । विद्यालयका सरोकारवालाको प्रतिबद्धता नभएसम्म नेपालका सामुदायिक विद्यालयमा सुधार आउन सक्दैन । तसर्थ, सरोकारवालाको समन्वय र सहकार्य विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न अत्यन्तै आवश्यक हुन्छ

विद्यालयमा गरिने समग्र क्रियाकलापको प्रमुख उद्देश्य विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नु रहेको हुन्छ । नेपाल सरकारले आफ्ना योजना, नीति तथा कार्यक्रमको माध्यमबाट सिकाइ उपलब्धिमा सुधार गर्ने प्रयास गरिरहेको छ । अहिले सञ्चालनमा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम(सन् २०१६–२०२३) ले कक्षा कोठामा हुने सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने कुरामा जोड दिएको छ । यी सबै प्रयासका बाबजुद विद्यार्थीको सिकाइ उपलब्धि खस्किँदै गइरहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेका विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणले यी तथ्यलाई उजागार गर्दछन् ।

वास्तवमा, विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि कक्षा कोठामा प्रयोग गरिने शिक्षण विधि प्रत्यक्षरूपमा सम्बन्धित हुन्छ । यसैलाई आत्मसात गरी नेपाल सरकारले शिक्षण विधिमा सुधार गर्न तालिम प्रदान गर्दै आइरहेको छ । तर, तालिममा सिकेका सीप एवं ज्ञान कक्षा कोठासम्म पुग्न नसकेको कुरा सार्वजनिकरूपमा उठ्ने गर्दछ । यसले नेपाल सरकारले प्रदान गर्ने शिक्षक तालिम किन उपयोगी हुन सकेन भन्ने प्रश्नको उठान गर्दछ ।

शिक्षण विधिमा सामान्य सुधार गर्न सकेको खण्डमा विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य सुधार गर्न सकिन्छ । यसको निम्ति शिक्षकमा इच्छा शक्तिको आवश्यकता हुन्छ । यस कुराको पुष्टि मर्सिकोर र बेसले कैलाली जिल्लामा सञ्चालन गरेको स्टेम दोस्रो चरण परियोजनाले गरेको छ । परियोजनाले शिक्षणविधिमा सुधार गरी कसरी सिकाइ उपलब्धिमा सुधार गर्न सफल भयो ? यस अभ्यासबाट शिक्षक, विद्यालय एवं सरोकारवालाले के सिक्न सकिन्छ ? भन्ने विषयमा यो लेख केन्द्रित रहेको छ ।

शिक्षण विधिमा सुधारयस परियोजनाले बालिकाहरूको लागि बालिका क्लब सञ्चालन गरेको छ । बालिका क्लब सम्बन्धित विद्यालयको विषय शिक्षकबाट सञ्चालन गरिन्छ । यसको लागि परियोजनाले सम्बन्धित शिक्षकलाई विभिन्न चरणमा शिक्षण सम्बन्धी तालिम प्रदान गर्दै आएको छ । यी तालिमको प्रमुख उद्देश्य विद्यार्थी केन्द्रित शिक्षणविधि सम्बन्धी ज्ञान एवं सीपबारे सूसुचित गर्नु हो । साथै, बदलिँदो समयसँगै के कस्ता नयाँ शिक्षण विधि अपनाउन सकिन्छ ? कक्षाकोठालाई कसरी उपलब्धिमूलक एवं प्रभावकारी बनाउन सकिन्छ ? भन्नेबारे अभिमुखीकरण पनि गरिन्छ ।

बालिका क्लबमा बालिकालाई नै जागरुक बनाएर कक्षा सञ्चालन गर्ने विधि अपनाइन्छ । विशेषगरी, बालिकाले नियमित कक्षामा अप्ठ्यारो लागेका पाठ सोध्ने वा दोहो¥याउने अवसर पाउँछन् । सम्बन्धित सहजकर्ताले (विषयशिक्षक) पनि बालिकालाई परियोजना कार्य, समुहकार्य एवं प्रस्तुति करण गर्न लगाउँछन् । बालिकाले यस्तो सिकाइ प्रक्रिया उपयोगी भएको पाएका छन् । यसबाट उनीहरूको आत्मविश्वास पनि वृद्धि भएको छ ।

बालिका क्लब सहजीकरण गर्दा विभिन्न किसिमका शैक्षिक सामग्री प्रयोग गरिन्छ । जस्तै, न्युज प्रिन्टपेपर, वर्क–सिटएवं अन्य स्थानीय स्तरमा उपलब्ध स्रोत एवं साधनहरू प्रयोग गरिन्छ । यी सामग्रीको माध्ययमबाट बालिकाले सजिलैसँग सिक्ने र बुझ्ने मौका पाउँछन् । क्लब सञ्चालन गर्दा बालिकालाई छलफल एवं प्रश्न उत्तर गराई सिक्ने अवसर दिइन्छ । यस कार्यबाट उनीहरूले विषयवस्तु सिक्नुका साथै बोल्ने सीपको विकास गर्ने मौका पनि पाएका छन् । र कक्षाकोठाको वातावरण पनि रोचक हुने गरेको छ ।

परियोजना कर्मचारीले बालिका क्लबमा प्रयोग हुने शिक्षण विधिबारे नियमित रूपमा अनुगमन गर्दछन् । यसकै लागि विभिन्न सूचक (फर्म, प्रश्नावली, चेकलिस्ट, आदि) तयार गरिएका छन् र त्यसको माध्ययमबाट रिपोटिङ पनि गरिन्छ । परियोजनाले शिक्षकका लागि शिक्षण स्वःप्रतिबिम्बन सूचक तयार गरेर सबैलाई उपलब्ध गराएको छ । शिक्षकले उक्त सूचक मासिक रूपमा प्रयोगगरी उनीहरूले आफ्नो शिक्षण विधिबारे स्वःमूल्यांकन गर्दछन् रसुधार गर्नुपर्ने पक्ष पहिचान गरेर थप कामगर्न सघाउ पु¥याउँदछ । यसरी उनीहरूले आफ्नो सीप, ज्ञान एवं दक्षता निरन्तर रूपमा अभिवृद्धि गर्दछन् ।

सिकाइ उपलब्धिमा सुधारयी प्रयासका फलस्वरूप बालिकाको सिकाइ उपलब्धिमा सुधार आएको छ । परियोजनाको बाह्य मूल्यांकनकर्ताले गरेको बेसलाईन र मिडलाईन अध्ययनले यस तथ्यलाई ईगिंत गरेको छ ।

(हेर्नुहोस् तलको तालिका) ।तालिका नं. १ विद्यार्थीको सिकाइ उपलब्धिपठन सीप मूल्यांकको औसत प्राप्तांकविद्यालयको प्रकार बेसलाइन मिडलाइनपरियोजना सञ्चालित विद्यालय ४३ ५०परियोजना सञ्चालन नगरेका विद्यालय ३९.८ ४३.२गणितीय सीप मूल्यांकनको औसत प्राप्तांकपरियोजना सञ्चालित विद्यालय २२.९ ४५.१परियोजना सञ्चालन नगरेका विद्यालय २४ ३५.४

स्रोतः बेसलाइन र मिडलाइन अध्ययन, फाउन्डेसन फर डिभेलपमेन्ट

माथिको तालिकाले परियोजना सञ्चालन गरेका र नगरेका दुवै प्रकारका विद्यालयमा पठन र गणितीय सीप बेसलाइनको तुलनामा बढेको देखाउँछ । तर परियोजना सञ्चालित विद्यालयमा औसतमा पठन सीप ४.२ र गणितीय सीप १०.८ ले बढी भएको देखिन्छ ।

परियोजना सञ्चालित विद्यालयमा सिकाइ उपलब्धि बढी हुनुमा बालिकाक्लबमा हुने गुणस्तरीय शिक्षण विधि एउटा मुख्य कारण हो । साथै, परियोजना अन्तर्गत सञ्चालित अरू विभिन्न क्रियाकलापले पनि बालिकाको घरायसी काममा बिताउने समय कम गर्न र पठन–पाठनमा ध्यान केन्द्रित गर्न भूमिका खेलेको छ ।

निष्कर्षबालिका क्लब सञ्चालन अनुभवको आधारमा के कुरा सिकाइको रूपमा लिन सकिन्छ भने शिक्षण विधिमा केही न केही परिवर्तन गर्न सकेको खण्डमा वा विद्यार्थी केन्द्रित गर्न सकेको अवस्थामा सिकाइ उपलब्धिमा सुधार गर्न सकिन्छ । यसको निम्ति शिक्षक स्वयंको जागरुकता पहिलो सर्त हो । त्यसपछि विद्यालय प्रशासनको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विशेषगरी, शैक्षिक सामग्री जुटाइदिने, उत्साह प्रदान गर्ने र उपयुक्त वातावरण तयार गरिदिने काम विद्यालय प्रशासनले गर्नुपर्दछ ।

बालिकाको सिकाइ उपलब्धि वृद्धि हुनुमा शिक्षण तालिमपश्चात् परियोजनाले गर्ने नियमित अनुगमन एवं पृष्ठपोषणको भूमिका महत्वपूर्ण रहेको पाइन्छ । नेपाल सरकारले शिक्षण तालिम दिने तर त्यसको प्रयोग कक्षामा भए वा नभएको अनुगमन कमै गर्ने भएको कारण पनि प्रभाकारितामा कमि आएको हुन सक्छ । तर, परियोजनाको सन्भदर्भमा नियमित अनुगमन, छलफल र विचारको आदान प्रदान गर्दै विद्यार्थीको सिकाइ कसरी सुधार गर्ने भन्नेबारे कार्ययोजना बनाएरै काम गर्ने भएकोले प्रभावकारी भएको हुन सक्छ ।

साथै, शिक्षणविधि सम्बन्धी कार्यशाला वा तालिमको गुणस्तर पनि अर्को महत्वपूर्ण पक्ष हुन सक्छ । परियोजनाले तालिम सञ्चालन गर्नु भन्दा पहिले सहभागीको आवश्यकता संकलन एवं विश्लेषण गर्दछ । त्यसैको आधारमा शिक्षक तालिम वा कार्यशालाको विषयवस्तु एवं ढाँचा तयार गरिन्छ । सो तालिम पश्चात् कक्षा कोठामा गर्नुपर्ने कार्ययोजनासमेत तयार गरिन्छ । यी प्रक्रिया अपनाउने भएको कारणले गर्दा पनिकक्षा कोठामा शिक्षण प्रक्रिया प्रभावकारी भएको हुन सक्छ ।

बालिका क्लबमा अपनाइएका शिक्षणविधि अन्य कक्षा वा विद्यालयमा पनि प्रयोग गर्न सम्भव छ । यसका लागि विशेषगरी शिक्षकको भूमिका आवश्यक पर्दछ वा नयाँ विधि अबलम्बन गर्ने इच्छा शक्ति हुनुपर्दछ । त्यसका साथै विद्यालय प्रशासनको सहकार्य हुनु पर्दछ । अहिले स्थानीय तहमा स्थानीय सरकारले शैक्षिक क्षेत्रको अनुगमन एवं सुपरीवेक्षण गर्नुपर्छ भन्ने कुरा उठेको छ । यसरी सम्बन्धित पक्षबाट आ–आफ्ना जिम्मेबारी सक्रियताका साथ बहन गर्न सकेको खण्डमा शिक्षा क्षेत्रलाई सुधारको बाटोमा लैजान सम्भव छ ।

समग्रमा, विगत केही दशक यता विद्यालयको पहुँचमा वृद्धि भए पनि सिकाइ उपलब्धि भने कमजोर देखिएको छ । सिकाइ उपलब्धिमा सुधार गर्न विद्यालय तहबाटै तत्परता लिनु आवश्यक हुन्छ । विद्यालयका सरोकारवालाको प्रतिबद्धता नभएसम्म नेपालका सामुदायिक विद्यालयमा सुधार आउन सक्दैन । तसर्थ, सरोकारवालाको समन्वय र सहकार्य विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न अत्यन्तै आवश्यक हुन्छ ।(लेखक मार्सिकोर नेपालका शिक्षा संयोजक हुन् )

स्रोतः https://www.souryaonline.com/2020/01/287099.html


About the Author