रेडियो सञ्जालबारे

2021-10-08

- शब्दश्री

पछिल्लो समय दुर्इ सयको हाराहारीमा सञ्चालित एफएम रेडियोले मुलुकै रेडियोमय भएको छ । एफएम समाचार र कार्यक्रमहरूको देशका कुना काप्चासम्म खबर प्रवाह त गरिरहेकै छ, स्थानीय जनतामा समाचारभोक पनि जगाइरहेको छ । सिद्धान्तत: स्थानीय विषय, सन्दर्भ र सरोकारलार्इ विशेष महत्व दिनुपर्ने एफएम रेडियोहरू त्यसभन्दा निकै अघि बढेका छन्, जानेर नजानेर ।

तर, त्यसको प्रतिफल पक्कै पनि नकारात्मक छैन । समाचारलगायत अन्य विविध प्रकारका कार्यक्रमहरू पछिल्लो समय अझ व्यापक भएका छन्, रेडियो नेटकर्वमार्फत । बीबीसी नेपाली सेवा मात्र होइन, यसबाहेक पनि विभिन्न सञ्चार संस्थाले निर्माण गरेका विभिन्न कार्यक्रम एफएमहरूमार्फत प्रसारित भइरहेका छन् । जसको प्रभावकारिताबाट सञ्चालक मख्ख छन् भने श्रोता लाभान्वित ।

अभ्यास, अन्तर्वस्तु र स्थानीय प्रभावमा आधारित 'रेडियो नेटवर्क' नामक पुस्तक भर्खरै सार्वजनिक भएको छ । देवराज हुमागार्इं, कोमल भट्ट र हर्षमान महर्जनले यस्तो विषयमा  पुस्तक लेखेर रेडियो, प्रविधि र यसको व्यापक सञ्जालबारे प्रस्ट्याउने प्रयास गरेका छन् । मार्टिन चौतारीले प्रकाशन गरेको यो पुस्तक सम्भवत: सम्बन्धित विषयमा यसरी लेखिएको पहिलो नेपाली पुस्तक हो ।

भट्ट हेर्दा प्राविधिक विषयमा आधारित देखिए पनि पुस्तक नेपाली रेडियो प्रसारण क्षेत्रको अवस्थाबारे बुझ्न सहयोगी हुनेछ ।

राजधानी, २९ वैशाख २०६६ 12, May 2009, पृ. ६


About the Author

More Blogs