शान्तिपूर्ण रुपान्तरणको इतिवृत्त

2021-10-10

नेत्र आचार्य

संकलनका सम्पादकले समसामयिक राजनीति र ऐतिहासिक घटनाक्रमका आधारमा क्रान्ति र समाज परिवर्तनको राजनीतिक केन्द्र नेकपा माओवादी बन्दै आएको स्वीकार गरेका छन् । यसअघि मार्टिन चौतारीबाटै 'जनयुद्ध'को अवधिलाई लिएर माओवादी विद्रोहः सशस्त्र संघर्षको अवधि शीर्षकमा विद्रोह र यसका परिणामलाई केन्द्रविन्दु बनाएर यस्तै संकलन प्रकाशित भएमो थियो । पछिल्लो ग्रन्थमा मूलतः माओवादी कसरी अनेकौँ सैद्धान्तिक विचलनबाट गुज्रियो, कसरी परिवर्तनविरोधी अन्तर्राष्ट्रिय स्वार्थ एवं चलखेलबाट वशीभूत भयो र अन्ततः सबै शक्ति सम्बन्धलाई ज्यूँका त्यूँ राख्ने राजनीतिक स्वार्थ एवं शक्ति बाँडफाँडको राजनीतिमा अन्य दलसँगै होमियो भन्ने सेरोफेरोका आलेख परेका छन् । प्रारम्भमा माओवादी संसद् विघटनको माग छोडे, त्यसपछि क्रमशः १२ बुँदे समझदारीमै उल्लिखित गोलमेच सम्मेलनमा अडान राख्न सकेनन् । अन्ततः आफूहरू सरकारमा पुग्ने आधार तयार नहुने देखेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अडानसमेत त्यागिदिए । यी यावत् कारणले केवल देखावटी परिवर्तनतर्फ राष्ट्रलाई डोर्‍याउने लामो अभ्यास चलिरहेको स्थितितर्फ संकलित रचनाहरूले औँल्याएका छन् । माओवादीसमेत समाहित यस राजनीतिक प्रक्रियालाई प्रभुत्वशाली तप्काले भव्य उपलब्धि भनेर बढाई चढाई गरेकै कारण र्सवसाधारणका जीविकाका सवाल ओझेलमा पारिँदै लगिएको छ ।

माओवादीको रुपान्तरणको क्रियालाई यो संकलन निर्माणको केन्द्रविन्दु मानिएको हुँदा यहाँ परेका सबै आलेखले नेकपा माओवादीकै सिद्धान्त र गतिविधिलाई मध्यनजर राखेका छन् । बृहत जनआन्दोलनपछि समेत गठबन्धनका तत्कालीन सात दलले आन्दोलनको उचित मूल्यांकन र कदर गर्न सकेनन् । उनीहरुले राजसंस्थालाई बचाई 'माओवादी कब्जादेखि राज्यलाई जोगाउने' नाममा यथास्थितिवादी शक्तिसँग मेलमिलाप गरे र बैशाखको सम्झौता गरियो । माओवादी जनआन्दोलनको जस लिनकै लागि पनि सो सम्झौतालाई र्समर्थन गर्न पुग्यो- तर 'आन्दोलन जारी छ' भन्नचाहि छोडेन । सम्झौताको राजनीतिलाई माओवादीसमेतले सघाएको हुँदा यथास्थितिलाई धेरै हदसम्म टेवा परिणाम त्यसपछिको घटनाक्रम र्सार्थक एवं आमूल परिवर्तनविरोधी सोचबाट अघि बढ्यो ।

यद्यपि १२ बुँदे समझदारीमार्फ हिंसात्मक आन्दोलनको शान्तिपर्ूण्ा लोकतान्त्रिक निकासप्रति प्रतिबद्धता व्यक्त गरे पनि माओवादीले राजनीतिक सहमतिको पालना नगरिएमा र आफूविरुद्ध राष्ट्रिय- अन्तर्राष्ट्रिय स्तरको षड्यन्त्र भएमा माओवादीले मात्र शान्ति-सम्झौता पालना गर्न हात बाँधेर बस्नेछैन, लडाकूका हतियार लकअप गरिए पनि माओवादी नेता, कार्यकर्ता र जनताको विवेक र पाखुरीहरू लकअप हुनेछैन् भनिरह्यो । आमूल परिवर्तनको सम्भावना एकादेशको कथा भइसक्दा पनि माओवादीले परिवर्तनलाई नयाँ नाम दिएर अथवा फरक कार्यशैली अपनाएर आफ्नो क्रान्तिकारी छवि बचाइरहन सफल भयो । तर, राजनीतिक रूपान्तरणको क्रम हजारौँको बलिदानयुक्त सशस्त्र व्रि्रोह र १९ दिने विशाल जनआन्दोलनले अपेक्षा गरेको स्तरमा लम्कन सकेन । केवल सबैको समझदारी र सहमतिमा राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा प्रतीकात्मक परिवर्तनहरु मात्र हुने बाटोमा सीमित भयो । यी कटु यथार्थका साक्षी बनेका छन्, संकलनका आलेखहरू ।

पाँच खण्डमा विभाजित प्रस्तुत संकलनको पहिलो 'जनयुद्ध'को अन्त्य खण्डमा १२ बुँदे समझदारीपछि शान्तिपूर्ण लोकतान्त्रिक निकासको आकांक्षाले लिएको गति र बृहत् जनआन्दोलनसम्मका उहापोहहरू चर्चा गरिएका छन् । वैचारिक खण्डमा शान्तिपूर्ण रूपान्तरणमार्फ बहुदलीय प्रतिस्पर्धा स्विकार्ने ..... आइपुग्दा माओवादी शीर्षस्थहरूले यसउलाई रणनीतिक र सैद्धान्तिक पनि अन्य लेखकले सिद्धान्ततः माओवादीको विचलन भनेका छन् । तेस्रो खण्डका आलेखमा माओवादी सैन्य र हतियार व्यवस्थापनको सवालले नै शान्तिवार्ताको टुंगो लगाउने आशयका आलेख परेका छन् । चौथो खण्डमा माओवादीको संक्रमणकालीन आरोह-अवरोहहरू परेका छन् । भने अन्तिम खण्ड समझदारी र सहमतिका दस्तावेजहरूको अनुसुची हो । संकलनका खगेन्द्र संग्रौला, सिके लाल, डा. बाबुराम भट्टर्राई, प्रचण्ड, प्रदीप गिरी, मोहनविक्रम सिँह, श्याम श्रेष्ठ, प्रा. कृष्ण खनाल, झलक सुवेदी, सुधीर शर्मालगायतका लेखकका रचना अधिक पठनीय छन् ।

नयाँ पत्रिका२०६५पुस१०, पृ.९


About the Author

More Blogs