मिडिया क्षेत्रमा वैकल्पिक धाराको कथा समेटिएको एउटा पुस्तक

2021-10-18

- डि. आर. पौडेल

मिडियाकर्मीहरु आफैँले आयोजना नगरे पनि सबैभन्दा धेरै सम्मेलन उनीहरुकै हुन्छ । कुनै घटना घट्‍छ त्यसको जानकारी र सूचनाको लागि छुट्टाछुट्टै पत्रकार सम्मेलन । सरकारले नयाँ नीतिकार्यक्रम घोषणा गर्छ-पत्रकार सम्मेलनबाटै । प्रतिपक्ष, राजनैतिक दल, नागरिक समाज र सरोकारवालाहरुले गर्दछन्‍-प्रतिक्रियाको लागि अरू विभिन्न पत्रकार सम्मेलनहरु । पत्रकार स्वयं भने आफ्नै नाममा आयोजना गरिएको सम्मेलनमा उपस्थित भई केही रिपोट टिपिदिए पुग्छ, सुनिदिए पुग्छ । त्यस्तै समाजका धेरै विषयहरुको अध्ययन, विश्लेषण, खोज र अनुसन्धान गरेका छन् मिडियाकर्मी र विषयविज्ञहरुले । तर मिडियाकर्मी स्वय अध्येता, अनुसन्धाता, विश्लेषक र खोजकर्ता भएर पनि मिडिया क्षेत्र स्वयं लामो समयसम्म पनि अध्ययन, विश्लेषण र खोजअनुसन्धानको क्षेत्र वन्त सकेको छैन । पछिल्लो समयमा केही उत्साही व्यक्ति र संस्थाहरुले यस क्षेत्रमा हात हालेको पाइन्छ । त्यसैमध्येको एउटा संस्था हो मार्टिन चौतारी ।

मार्टिन चौतारीले मिडिया क्षेत्र, त्यसको कर्म, भूमिका र त्यसका अन्तरसम्बन्धित विषयमा बहस, छलफल चलाउने, खोज अनुसन्धान गर्ने र प्राप्त भएका अभिलेख र निष्कर्षहरुलाई प्रकाशन गर्ने कार्य गरेर खोज अनुसन्धानको नयाँ क्षेत्र मात्रै देखाएको छैन त्यसका आफ्नै कमीकमजोरीलाई औल्याएर त्यससँग सम्बन्धितहरुलाई मार्गदर्शन पनि गरेको छ । त्यस्तै सरकारी नीति, कार्यक्रम परम्परा र चिन्तनका कारणले मिडियामार्फत्‍ जनतामा परेकार र पर्ने नकारत्मक प्रभावहरुलाई उजागर गरेर राज्यपक्ष, सरकार र नीतिनिर्मातालाई सचेत पार्ने काम पनि गरेको छ भन्दा अत्युक्ति हुदैँन । साथै मार्टिन चौतारीले मिडियासम्बन्धी तथ्यहरुको संकलन र संग्रह गरिदिएर अनुसन्धानकर्ताहरुको खोज अनुसन्धानकर्ताहरुको छ । मार्टिन चौतारीको त्यस्तै उपकारी प्रयासमध्येको पछिल्लो प्रस्तुति हो 'मिडिया उत्पादन र अन्तर्वस्तु' ।

मिडिया क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा खोज-अनुसन्धान र विश्लेषणमा आधारित छ वटा रचनाहरुको संग्रह हो-मिडिया उत्पादन र अन्तर्वस्तु । रमेश पराजुली र प्रत्युष वन्तद्वारा सम्पादित पुस्तकमा संचार क्षेत्रका सामाग्री उत्पादनमा गैरसरकारी क्षेत्रबाट भैरहेका प्रयासलाई केलाइएको छ । व्यवसायिक पत्रकारिताको घेराभित्र नपरेका समाजका घटना परिघटना, परिघटना, आर्थिक, सामाजिक, सास्कृतिक जनसांख्यिक, राजनैनिक, शैक्षिक विषयवस्तुलाई केन्द्रमा राखेर भैरहेका नयाँ प्रस्तुति नयाँ ढंगको पत्रकारिता (जसलाई वैकल्पिक पत्रकारिता भनिएको छ) अन्तर्गत भएका कार्यहरु त्यसमा गैरसरकारी संस्थाहरुको संलग्नता र औचित्यता र त्यसका समस्याहरुलाई केलाएर मूलत: चारवटा पत्रिका हिमाल, अस्मिता, हाकाहाकी र विकासका योगदानहरुको खोजवीन गरेर तयार पारिएको पूर्ण बस्तेतको लेखलाई अग्रलेख बनाइएको छ । त्यस्तै आफ्नो क्षेत्रसँग सम्बन्धित विषयको प्रचारप्रसार गर्ने र जनतालाई त्यसबारे सूतिच र सचेत पार्ने उद्देश्यसहित मिडिया उत्पादनकै क्षेत्रमा योगदान दिइरहेको अर्को क्षेत्र फिचर सेवाको नालीबोली केलाएर त्यसका सीमा र जटिलताहरु उजागर गरेको कृष्ण अधिकारीको लेखलाई पनि पुस्तकमा समेटिएको छ । तेस्रो लेखको रूपमा समाजमा लुकेछिपेका विकृति-विसंगति, भ्रष्टाचार र अनियमिततालाई उजागर गर्ने र स्वच्छ, स्वस्थ पारदर्शी  समाजनिर्माण गर्ने अभियानमा सहयोग गर्ने उद्देश्यसहित खोजअनुसन्धानमूलक रिपोर्टलाई मिडिया क्षेत्रमा पस्किदै आएको खोज पत्रकारिता केन्द्रका गतिविधि त्यसका सीमा त्यसका अन्तर्वस्तु व्यवस्थापनका समस्या प्रभावकारिता र योगदानको चर्चा गर्दै कोमल भट्टले अनुसन्धान पनि समेटिएको छ । यी तीनैवटा लेखहरु सिधै मिडियाको उत्पादनसँग सम्बन्धित विषयमा गरिएको खोज-अनुसन्धान र विश्लेषणसँग सम्बन्धित छन् ।

त्यस्तै पुस्तकमा समेटिएका गौरवराज उपाध्यायको इन्टरनेट र नेपाली मिडिया र देवराज हुमागाईंको 'खोजखबरको खोजी' शीर्षक लेखहरु मिडियाका विषयवस्तुको उत्पादनमा भएका वैकल्पिक प्रयोगसँग सम्बन्धिन खोज-अनुसन्धानमा आधारित छन् । छापा पत्रकारिताबाट सुरु भएको नेपालको मिडियार्का अहिले इन्टरनेट पत्रकारिता र रेडियो पत्रकारितासम्म विकास भएको छ । त्यससम्बन्धी प्रयोग र पहिचानसहितको पत्रकारिताको इतिहास केलाएर समस्याहरु उजागर गर्न यी दुई लेखहरू सफल देखिएका छन् । पुस्तकको अन्तिममा नेपालको पत्रकारिताको क्षेत्रमा लैङ्गिकता र महिलासमानताको अभ्यास कसरी विस्तार हुँदै गएको छ त्यसको विस्तारमा संचारका तीनवटै क्षेत्र टेलिभिजन रेडियो र छापामा के कस्ता समस्याहरु कायम छन र कसरी त्यस दिशामा अगाडि बढ्‍नु सकिन्छ भन्ने विषयमा आधारित मञ्जु थापाको 'महिला र लैङ्गिकता र महिलासमानताको अभ्यास कसरी विस्तार हुँदै गएको छ, त्यसको विस्तारमा संचारका तीनवटै क्षेत्र टेलिभिजन रेडियो र छापामा के कस्ता समस्याहरु कायम छन र कसरी त्यस दिशामा अगाडि बढ्‍न सकिन्छ भन्ने विषयमा आधारित मञ्जु थापाको 'महिला र लैङ्गिकतासम्बन्धी सवालहरुमा सकारात्मक हुँदैछ नेपाली संचारमाध्यमहरु' शीर्षकको लेखलाई पनि पुस्तकमा समेटिएको छ ।

निश्चितै रुपमा खोजअनुसन्धान गरेर त्यसका तथ्यहरुलाई विश्लेषण गरी निष्कर्षका रुपमा लेख रचना तयार पार्नु गम्भीर र चुनौतीपूर्ण काम हो । अनुसन्धानका लागि अनुसन्धाता गहिर्‍याइमा पुग्न चौतर्फी रुपमा साना-साना सूचना पनि संलग्न तिनीहरुको अह भूमिका हुन्छ । अनुसन्धानमूलक लेख/रचनामा अनुसन्धाताको विश्लेषण र निष्कर्ष प्रधान हुन्छ, उसलाई प्राप्त भएका सूचना र तथ्यको मार्गनिर्देशनमा त्यो कार्य सम्पादन गरिएको हुन्छ । त्यसो हुँदा लेख सरल, सटिक र प्रभावी बन्दछ । तर पुस्तकमा समेटिएका सबै लेखरचनाहरु त्यस्ता छैनन्‍ । विश्लेषण र निष्कर्षभन्दा तथ्य र सूचनाको बाहुल्यताका कारणले त्यस्ता भएको सहजै बुझ्न सकिन्छ । तथ्य र सूचनाहरुको लामो प्रस्तुतिले  पाठकहरुलाई पढ्‍नै अल्छी लाग्ने गरी लेखरचना लामो पार्ने भन्दा धेरै सुचना र तथ्यको आधारमा सटिक र यथार्थपरक विश्लेषण गर्दै लेखलाई बोधगामी बनाइएको भए अरु राम्रो हुने थियो ।

मिडिया क्षेत्रमा एउटा भनाइ छ 'कमीकमजोरी चर्चा परिचर्चा र प्रस्तुतिपछि नै देखिन्छ ।' यी मिडिया क्षेत्रमा मात्रै होइन समाजमा आम रूपमा लागु हुन्छ । प्रस्तुति पुस्तक पनि थोरै कमजोरीका बाबजुद नेपाली मिडिया क्षेत्रका बारेमा रुची राख्ने खासगरी मुलधारे पत्रकारिता वा व्यवसायिकताभन्दा फरक ढंगले मिसन पत्रकारिताले अब विस्तारै पेशागत रुप लिनसक्ने र व्यवसायिकताको रूपमा विकास हुने सभावना देखिन्छ । त्यसबाहेक चाहे कुनै गैरसरकारी संस्थाले आफ्नो उद्देश्यअनुसार वैकल्पिक पत्रकारिता गर्ने र सामग्री तयार पारेर जनसमुदायका बीच सम्प्रेषण गर्ने कुरा होओस्‍ वा कुनै राजनैतिक संगठनको नजिक रहेर सैद्धान्तिक, राजनैतिक नीति कार्यक्रमको प्रचार-प्रसार र पक्षपोषण गर्ने गरी गरिने उद्देश्यमुलक पत्रकारिता होओस्, त्यसले अझै पनि गम्भीर समस्या भोग्नुपर्ने चित्र प्रस्तुत पुस्तकले देखाएको छ । अस्मिता, विकास, हिमाल र हाकाहाकीको वैकल्पिक पत्रकारिताका अगाडि रूपान्तरण वा अवसानका दुई विहल्प देखापरेको तथ्य पूर्ण बस्नेतको लेखमा प्रस्तुत गरिएको छ । आ-आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा फिचरमार्फत्‍ चेतना सम्प्रेषण गर्ने उद्देश्यले गरिएका फिचर सेवाहरु र खोज पत्रिकारिता केन्द्रको परनिर्भरता त्यस्तै समाजलाई आफ्नो ढंगले दिशा दिन खोज्नेहरुको कथा हुन् । खोजीपस्दा त्यस्ता कथा नेपाली मिडिया क्षेत्रमा कैयौँ छन्‍  आशा गरौ, आगामी दिनमा मार्टिन चौतारीले त्यस्ता कथाहरुलाई पनि उजागर गर्ला ।

 

स्रोतः जन एकता साप्ताहिक पु. ४, २०६० मंसिर ८


About the Author