मिडियाको अनुसन्धानमा धौलागिरि अंचल: भ्रम र वास्तविकता
2021-10-19हाम्रो देशमा कुन पत्रिका कस्तो स्तरमा छ भन्दा निर्धारण गर्ने अधिकार कानुनी रुपमा नै सरकारी अग प्रेस काउन्सिललाई सुम्पिएको छ । प्रेस स्वतन्त्रताको मर्म र सूचना समाजको विकासका हिसाबले यस्तो व्यवस्था अप्ठेरो गल्छीजस्तो देखिन्छ । प्रजातन्त्रको मेरुदण्ड मान्न समेत आनाकानी नगरिने क्षेत्र मिडिया हो । शायद यहि अवधारणाले प्रेसलाई राज्यको चौथो अंगको रुपमा वाचडगको उपमा पनि भिराएको छ । कुनैपनि देश भन्नु राजधानी र सीमित शहरबजार मात्रै होइन । प्रजातन्त्र र विकेन्द्रीकरण तथा शक्ति पृथकीकरणको सिद्धान्तलाई एउटै विषयका रुपमा व्याख्या गर्ने स्थिति आइपुग्दा पनि हाम्रो देश अपवाद नै हो कि भन्ने अवस्थामा कायमै छ ।
राज्यको चौथो अंग मानिने मिडिया गाउँवस्ती सम्म नपुगेसम्म तल्लो र हेपिएको वर्गको मिडियासम्म पहुच हुन नसकेमा मिडियाको प्रभावकारिता सिमित हुने त छँदैछ । त्यसमाथि मिडिया उपल्लो, शासकीय र केन्द्रीकृत शक्ति सम्पन्नहरुको नियन्त्रण रहन्छ । ०४६ सालको राजनैतिक परिर्वतन पश्चात प्रजातन्त्रक सबै पक्षमा जस्तै मिडियामा गाउँठाउँको पहुँच सहभागिता र कार्य क्षेत्र समेत हुनुपर्ने कुरामा प्रशस्त बहस भैरहेको छ । मिडियाको विकास र विस्तार पनि उल्लेख्य रुपले वृद्धि र विस्तार भएको छ । हुलाकबाट महिनौ पछि प्राप्त गरेर चिट्ठी पढ्ने ठाउँहरुबाट पत्रपत्रिकाहरु प्रकाशित हुन थालेका छन् । जिल्ला-जिल्लाबाट पत्रपत्रिका प्रकाशित गर्ने एउटा लहर नै चलेको छ । यद्यपि यस्तो जागरुकता राणाशासनकै समयमा समेत राजधानीबाहिरबाटै ठूलठूला प्रयत्नहरु नभएका भने होइनन् । तर ती क्रियाकलाप सधैभर ओझेलमा पर्दै आएका छन् । यस्तो दशा अहिले पनि कायमै छ ।
बुहदलीय व्यवस्थाको पुर्नस्थापना पश्चात जुन अनुपात र गतिमा मिडियाको संख्यात्मक विकास र विस्तार भएको छ त्यसहिसाबले मिडिया पेशालाई व्यवस्थित, उन्नत र समृद्ध बनाउने दिशामा उच्च शिक्षाको व्यवस्था, अनुसन्धान खोज र स्रगहका लागि राज्यले सबैभन्दा बढता उपेक्षा गरेको क्षेत्र पनि मिडिया नै हो ।
विगत ४-५ वर्षयता गैरसकारी र केही रुपमा सरकारी स्तरबाट समेत मिडियाको अध्ययन अनुसन्धान, खोज र इतिहासको रेखांकन गर्ने विषयमा मौसमी प्रयत्नहरु हुदै आएका छन् । यस्ता अनुसन्धानहरुमा मोफसल वा क्षेत्रीय मिडिया अध्ययनको केन्द्रीय विषय बनाउनेहरुको सोचाई र चिन्तनमा पनि पुरा नै केन्द्रीकृत, माथिबाट तल जाने हैकमवादी र औपचारीकताबादले गम्भीर असर पारिरहेको छ । भन्नुपर्दा दु:ख लाग्दछ । मिडियाका सन्दर्भमा सुचना विभागले हरेक वर्ष प्रकाशित गर्ने पत्रपत्रिका सम्बन्धी डायरी, प्रेस काउन्सिलका वार्षिक प्रतिवेदन र विशेष प्रकाशहरु सरकारी प्रयास हुन । त्यसैगरी मिडियाको विकास र विस्तारमा नेपाल प्रेस इन्ष्टिच्युट र नेपाल पत्रकार महासंघ तथा हालैमात्र चर्चामा आएका मार्टिन चौतारी जस्ता संस्थाहरुका क्रियाकलाप गैरसरकारी प्रयास मध्येका हुन ।
इतिहासको खोज र अध्ययनमा सत्यता र वस्तुपरकता पहिलो शर्त हो । कुनै पनि विषयको औपचारिकतामा कैद गर्नु गम्भीर अपराध मान्नुपर्छ । यस्तै अपराधको हिस्सेदार बन्ने काम क्षेत्रीय मिडियाको अध्ययन गर्ने संस्थाहरुले लिनुपर्ने अवस्थाबाट मुक्त हुनसकेका छैनन् । राजधानीको मिडियाको बारेमा भन्दा पनि राजधानी बाहिरका मिडियाका बारेमा भएका अध्ययन तथा अनुसन्धानको प्रवृत्ति र प्रस्तुतिलाई एकपटक सबै क्षेत्रबाट अवलोकन गर्नुपर्ने भएको छ । त्यही सन्दर्भमा यहाँ मोफसल र क्षेत्रीय मिडियाका नाममा भएका अध्ययनमा धौलागिरी अञ्चलको स्थिति कुन हालतमा परेको छ भन्ने कुरालाई चर्चा गर्ने प्रयत्न गरिएको छ ।
क्षेत्रीय रुपमा मोफसलको मिडियाका बारेमा कुनै पनि अध्ययन नभएको अवस्थामा हाल बजारमा केही सामग्री देखा पर्नु सह्रानीय नै छ । त्यसका लागि सम्बन्धित अनुसन्धानकारी संस्थाहरुलाई धन्यवाद दिनुपर्छ । ठीक त्यसैगरी त्यस्तो अध्ययन र खोजीहरु वस्तुपरक सत्य र यथार्थ हुनैपर्ने कुरालाई कुनै पनि तर्क र अर्थमा नजरअन्दाज गर्ने मिल्दैन ।
मौफसलको मिडियाका बारेमा भएको अध्ययनहरु
सरकारको स्वामित्वमा रहेको र विदेशी संस्थाहरुबाट समेत निरन्तर आर्थिक सहयोग पाइरहेको प्रेस काउन्सिलले देशभरिका पत्रपत्रिकाको निरीक्षण, मूल्यांकन र वर्गीकरण गर्ने अधिकार पाएको छ । यस्तो कामलाई वार्षिक प्रतिवेदनको रुपमा सो संस्थाले सार्वजनिक गर्दछ । सो प्रतिवेदनमा धौलागिरि अंचलबाट प्रकाशित पत्रिकाहरुमध्ये । (०५५/०५७) मा नियमित भएतापनि नियमित प्रकाशित पत्रपत्रिकाहरु भन्न महलमा न्यू धौलागिरि दैनिक (जुन ०५९ बैशाखसम्म नियमित छ ।) समेत परेको छैन । त्यसैगरि ०५७/०५८ को छब्बिसौ वार्षिक प्रतिवेदनमा पनि न्यू धौलागिरि दैनिक, धौलाश्री, वागलुङ, न्यू स्टार, धवलागिरि आवाज र पर्वत सन्दर्श उल्लेख भएतापनि नियमित प्रकाशित पत्रपत्रिका भन्ने महलमा वाग्लुङ साप्तहिक बाहेका अन्यको नाम छैन । जबकि न्यू धौलागिरि दैनिक र धोलश्री साप्तहिक नियमित पत्रिका हुन भन्ने कुरा सोही प्रतिवेदनको वार्षिक अंक तालिकाले स्पष्ट गर्दछ । यो सानो झलकले पनि के देखाउँछ भने प्रेस काउन्सिलको अधिकारीहरुलाई मोफसलको सत्यतथ्य दुरुस्त पार्ने कुरामा सामान्य चिन्ता पनि छैन । यसले प्रेस काउन्सीलको कार्यक्षमता र जिम्मेवारीबोधलाई निकम्मा सावित गर्ने बाहेक केही गर्दैन ।
०५५ सालमा नै प्रेस काउन्सीलले देशभरिको पत्रकारिताको इतिहसाको समेत अध्ययन र खोजी गरेको भन्दै एउटा 'पत्रकारिता र यसका चुनौतिहरु' (कार्यपत्र सग्रह) प्रकाशित ... क्षेत्रको पत्रकारिता सभाव्यता र चुनौतीहरु' शिर्षकमा धौलागिरि अंचलको पत्रकारितालाई यसरी उल्लेख गरिएको छ ।
१. वाग्लुङ जिल्ला
(क) धौलाश्री साप्ताहिक सम्पादक विदुर खड्का
(ख) कालीगण्डकी साप्ताहिक स......
(ग) धौलागिरि साप्ताहिक स......
(घ) श्री सुर्य साप्ताहिक स....
नोट: हाद धौलाश्री र धौलागिरि साप्ताहिकमात्र नियमित प्रकाशनमा)
२. पर्वत जिल्ला
(क) पर्वत दूत साप्ताहिक स.....। दर्तामात्र
(ख) पर्वत जागरण स.....(दर्तामात्र)
३ म्याग्दी जिल्ला
(क) जनआवज पाक्षिक स.......। (दर्तामात्र)
यो नै पश्चिमाञ्चल भित्रको धौलागिरि अंचलको समग्र इतिहास मानिएको छ । गण्डकीको पोखरा र लुम्बीनीको रुपन्देहीको मसिनो विश्लेषण गरेर समग्र पश्चिमाञ्चलको इतिहास बताइएको छ । यो तालिका हेर्दा धौलागिरी अंचलवासीलाई गाईजात्राको सम्झना गराउँछ । यथार्थ के हो भने धोलाश्री साप्ताहिक ०२७ देखि नियमित प्रकाशन हो । अनुसन्धानकतालाई त्यसको दर्ता नं. समेत थाहा छैन । त्यसैगरी कालिगण्डकी र श्री सुर्य साप्ताहिकको सम्पादकको नाम र दर्ता समेत उल्लेख गर्ने नसक्नेले अनुसन्धानकर्ताले फोकटिया गफमा गोली चलाएको स्पष्ट हुन्छ । त्यस्तै धौलागिरि साप्ताहिक भनेर श्री धौलागिरि साप्ताहिकलाई ईंगित गर्ने खोजेको हुन सक्छ । यसले त अनुसन्धानकर्तालाई अखबारको नाम समेत थाह छैन र जानकारी दिने प्रयत्न पनि नगरेको छर्लङ्ग हुन्छ ।
त्यसैगरी पर्वत जिल्लामा पर्वत इत साप्ताहिक २०४८ सालमा झण्डै ६ महिना चलेर बन्द भएको थियो तर दर्ता मात्र भनिएको छ भने कहाँबाट पर्वत जागरण भन्ने पत्रिका पत्रिका पनि दर्ता मात्र भन्दै दर्ता नं. र सम्पादकको नाम समेत उल्लेख नगरेर के तमासा देखाउने खोजेको हो थाहा छैन ।
म्याग्दीको विवरणले त गाइजात्रा नै विर्साएको छ । म्याग्दीमा ०५३ सालमा डा. भपेन्द्र बहादुर खड्काको सम्पादकमा हलचल साप्ताहिक २ अंक प्रकाशित भएर बन्द रहेको छ । तर कताबाट जनआवाज पाक्षिक दर्ता भएको कथा प्रस्तुत गरिएको छ । मुस्ताङ जिल्ला त लेखकको स्मरणमा नै नभएको जस्तो लाग्दछ । जुन जिल्लाले अंचलमा नै पहिलोपटक २०१६ सालमा मुद्रित रुपमा 'उज्यालो' नामक पत्रिका प्रकाशित गरेको थियो ।
यस्तो विवरणलाई प्रेस काउन्सिलले गौरवका साथ प्रकाशन गरेर विदेशी सहयोगलाई खर्च गर्ने औपचारिकताका साथै आंचलिक महत्व र इतिहासलाई पुरै वेवास्ता गरेको छ । यो पंचायती टाउको समात्ने तालुदारी प्रवृत्तभिन्दा कसरी उन्नत मान्न सकिन्छ र ? वास्तवमा सत्यको यति भद्दा तरिकाले तोडमरोड गर्नुभन्दा विषलाई नै ... यस्ताखाले हावादारी सस्थाहरुले बुझ्न सके अगामी दिनमा थप अनिष्ट हुन थिएन ।
गैरसरकारी अध्ययनहरु
हालैमात्र मार्टिन चौतारीद्वारा क्षेत्रीय मिडिया (विगत र वर्तमान) भन्ने कृति बजारमा आएको छ । सो अध्ययनको उद्देश्यको चर्चा गर्दै भनिएको छ ''प्रजातन्त्र पुनस्थापनापछिको क्षेत्रीय मिडियाको विस्तारलाई एकै ठाउँमा राखेर साङ्गोपाङ्गो अध्ययन भएको छैन … यहि परिप्रेक्ष्यमा शुरु गरिएको हो, क्षेत्रीय मिडियाको अध्ययन तर त्यो अध्ययनमा पनि पश्चिमाञ्चल भित्र धौलागिरी र मध्पश्चिमाञ्चल भित्र कर्णाली अञ्चल नपरेर अध्ययन साङ्गोपाङ्गो नाममा अपाङ्ग भएको हो कि भन्ने देखिएको छ । यद्यपि यसबारेमा थप स्पष्ट गर्दै ''हामीले मिडियाको अभ्यासहरु भैरहेको देशका मुख्य मुख्य स्थानहरुलाई यो अध्ययनमा समेट्ने प्रयास गरेका छौ । यद्यपि देशका कतिपय स्थानहरु जहाँ पत्रकारिता भैरहको छ, छुटेको छन् ।'' यसको पछाडि समय श्रोतले केही भूमिका खेलेको छ । तर पोखराबाट जम्मा ७० किमि पश्चिम तथा राजधानीबाट २७० किमीको धौलागिरि अंचल सदरमुकाम पुग्नसम्म सीमा बाधक हुने तर राजधानीबाट झण्डै ६०० किमी सुदुर पश्चिममा पर्ने महेन्द्रनगर पुग्न सक्ने कुराको तालमेल पक्कै पनि मिल्दैन होला अथवा धौलागिरि अंचल र कर्णाली अंचलप्रतिको सरकारी सोचाई र रवैयाप्रति मार्टिन चौतारीका युवा अनुसन्धानकर्ताहरुलाई प्रभावित गरेको हो भने पक्कै पनि चिन्ताको विषय हो ।
पत्रकारिताको श्री वृद्धिका लागि ०१६' सालमा मुस्ताङमा पत्रकारिता गर्न बनारस पुगेर पत्रिका छापेर ल्याउने नरसिंह भक्त तुलाचनहरु र ०५४ सालसम्म पनि अंचल सदरमुकाममा आधुनिक अफसेट प्रेसले प्रवेश नपाएको पीडाले अंचलको पत्रकारिताका लागि साप्ताहिक पत्रिका पोखरामा मुद्रण गरेर लैजाने युवा पत्रकारहरुको जागिर तथा ००८ सालबाटै वागलुङमा पत्रकारिता शुरु भएको संकेतसम्म अनुसन्धानकर्ताहरुले नपाउनु पक्कै पनि एउटा विडम्बना नै मान्नुपर्दछ ।
नेपाली मिडियामा दलित चथा जनजाती
यो पनि मार्टिन चौतारीका दुईजना अनुसन्धानकताहरुको कृति हो । यस अध्ययनको उद्देश्य इतिहासको उत्खनन् नभएर प्रवृति र हालत बारेको अध्ययन भएकोले समग्र अध्ययनको उद्देश्य ठीक दिशामा छ । भन्ने अप्ठेरो मान्नपर्ने अवस्था देखिदैन । तरपनि पत्रिकामा उपत्यकाबाहिरको सम्पादक समूह तथा स्तम्भकार समुहको संख्या अन्तरगत धौलागिरि अंचलको तथ्यांक संकलन हचुवा देखिएको छ । सभवत सम्पादक समूह उल्लेखको झलक जो कसैले हेर्दा पनि अमिल्दो ठानेको छ ठान्टन होला । त्यहाँ सम्पादक समूहमा धौलाश्री साप्ताहिक-१०, न्यु धौलागिरि दैनिक-४ धौलागिरि आवाज-१० वाग्लुङ साप्ताहिक-३ उल्लेख गरिएको छ । जबकि त्यो अध्ययनको बेला दैनिकमा ४ जनाको नाम त सम्पादक मण्डलको अन्तरगत नै प्रिन्ट लाइनमा नै रहेको थियो भने अनुसन्धानकर्ताहरुको परिभाषा अन्तरगत सम्वाददाता, सहयोगी लगायतका, व्यक्तिहरु हुने कुरालाई कति सजिलै विर्सिएछ । त्यस्तै साप्ताहिकहरुको विवरण पनि यथार्थ छैन । र ती तथ्यांकहरु प्राप्त गरिएको श्रोत समेत उल्लेख नहुनाले यो अध्ययनमा पो उपत्यका बाहिरको अवस्थामा हेल्चक्र्याइ नभएको होला भन्न सकिने ठाउँ छैन । अनुसान्धाकर्ता प्रत्यूष वन्तले जोडदार रुपमा उठाएको ''सभ्रान्त वर्गमा पर्ने राजनीतिक, प्रशासनिक र व्यापारिक नेता गणको पक्षधर रहेर धेरै थरी नेपाली मिडियाहरु हाल चलिरहेको छैन् । ''भन्ने कुराको शिकार आफूहरु पनि भईन्छ कि भन्ने कुरातर्फ हरदम सचेत रहनसक्ने हो भने अगामी दिनमा उहाँहरुको क्षेत्रीय मिडियाको विकास सम्बन्धी रुचीलाई साकार पार्न सहयोग नै मिल्नेछ ।
निचोड
लामो कालखण्डसम्मको मिडियासम्बन्धी अध्ययन, अनुसन्धानका क्षेत्रमा पछिल्लो गैरसरकारी प्रयासहरुले नयाँ सभावना र आशा जगाइदिएका छन् । पत्रकारिताको विकास र बिस्तारका लागि राजधानी केन्द्रीत संस्था र शिखर राजनीतिक चिन्तन प्रभावित सोचाइमा आमूल परिवर्तन जरुरी छ । हरेक क्षेत्रको विकास र लुप्त तथ्यहरुको उत्खनन् सम्बन्धित क्षेत्रकै व्यक्तिहरुबाट गरिनुपर्दछ । सहयोग मार्गदर्शन र सहायक भूमिकाको माग स्वभाविक भए तापनि सबै कुरा शक्ति र साधन हातमा भएकाले नै गरिदेलान नि भनेर पन्छिन मिल्दैन । धौलागिरि अंचलका सबैपक्ष र क्षेत्रका अगवाहरुले यस कुरालाई मनन गर्नैपर्दछ । हामीसँग सभ्रान्त सस्कृति र गौरव गर्न लायक इतिहास भएर पनि राष्ट्रिय मंचमा उद्घाटित हुन सकेको छैन । त्यहीँभित्रको एउटा महत्वपूर्ण क्षेत्र मिडिया हो । मिडियाको विकास तथा आधुनिक युगको माग अनुसार प्रतिस्पर्धी बन्न सक्ने क्षमता हामी नयाँ पिढीका युवाहरुले विकास गर्नैपर्छ । त्यसका लागी धौलागिरि अञ्चलका बारेमा जे भने पनि हुन्छ भन्ने गैरजिम्मेवार प्रवृतिको भण्डाफोर र पर्दाफास गर्दै यर्थाथ स्थितिको बोध गराउने प्रारम्भीक कामबाटै हाम्रो अभियन शुरू हुनुपर्दछ । यस दिशामा अञ्चलवासी तर पेशा व्यवसाय र काम विशेषले चारैतिर छरिएका सबैले सतत् रूपमा सोचाइ बनाउनै पर्ने भएको छ ।
स्रोतः जनधारणा २०५९ वर्ष ११, अंक १७