MC's Publications to Other Libraries

मार्टिन चौतारीबाट प्रकाशित पुस्तक तथा समाज अध्ययन जर्नल सकेसम्म सबै क्षेत्रका पाठकहरूको सहज पहुँचमा पुग्न सकोस् भन्ने हेतुले देशका विभिन्न स्थानमा रहेका स्कुल/क्याम्पसका पुस्तकालय एवं सार्वजनिक पुस्तकालयहरूलाई वितरण गर्ने गरिएको छ । सम्बन्धित पुस्तकालयबाट प्राप्त हुने अनुरोधका आधारमा सो पुस्तकालयको पृष्ठभूमि र उसले प्रदान गर्ने सेवाबारे आवश्यक जानकारी लिई प्रदान गरिएका सामग्रीको सदुपयोग हुने सुनिश्चित देखिएमा उक्त पुस्तकालयलाई पुस्तक तथा जर्नल नि:शुल्क दिने गरिन्छ । पछिल्लो समय (वि.सं. २०७० पछि) चौतारीका प्रकाशनहरू प्रदान गरिएका स्कूल तथा क्याम्पसका पुस्तकालय र सार्वजनिक पुस्तकालयहरूको संख्या कम्तिमा ३५ जिल्लाका एक सयभन्दा बढी रहेका छन् । त्यसरी पुस्तक प्रदान गरिएका पुस्तकालयहरूको नाम अद्यावधिक गरी यहाँ दिइएको छ । साथै, आगामी दिनमा चौतारीका प्रकाशनहरू नि:शुल्क प्राप्त गर्न चाहने पुस्तकालयहरूले संस्थाको आधिकारिक पत्रका साथ यहाँ दिइएको फाराम भरी अनुरोध गर्न सक्नेछन् ।

मार्टिन चौतारीका प्रकाशन उपलब्ध हुने पुस्तकालयको सूची

मार्टिन चौतारीका प्रकाशन उपलब्ध हुने पुस्तकालयको सूची

पछिल्लो समय मार्टिन चौतारीबाट प्रकाशित पुस्तकहरू प्रदान गरिएका पुस्तकालयहरूको सूची प्रदेशका आधारमा विभाजित गरी तल दिइएको छ । मार्टिन चौतारीका दुई-चार ओटा पुस्तकदेखि यहाँबाट प्रकाशित सबै पुस्तकहरू उपलब्ध हुने पुस्तकालय यो सूचीमा परेका छन् । कतिपय पुस्तकालयको नाम यहाँ छुटेका पनि हुन सक्छन् । निश्चित पुस्तकालयमा मार्टिन चौतारीका कुन कुन प्रकाशन उपलब्ध छन् भनेर बुझ्न सम्बन्धित पुस्तकालयमा नै सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रदेश नम्बर १

१. नेपाल आदिवासी जनजाति महासंघ, फिक्कल, इलाम
२. महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
३. त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा
४. परिवर्तनका लागि चात्या सा पुस्तकालय, दमक, झापा
५. मेची बहुमुखी क्याम्पस पुस्तकालय, भद्रपुर, झापा
६. रिडर्स झापा, काकडभिट्टा, झापा
७. आदर्श पुस्तकालय, विराटनगर, मोरङ
८. नर्थ साउथ कलेक्टिभ्स, पाञ्चाली मार्ग, विराटनगर, मोरङ
९. पोस्ट ग्र्याजुएट क्याम्पस, मोरङ
१०. महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, मोरङ
११. स्नातकोत्तर क्याम्पस, पुरानो हवाईफिल्ड, विराटनगर, मोरङ
१२. महेन्द्र बहुमुखी क्याम्पस, सुनसरी
१३. तिन्जुरे सामुदायिक पुस्तकालय केन्द्र, लालीगुरास नगरपालिका बसन्तपुर, तेह्रथुम
१४. किरात राई ढुङमाली भाषा संस्कृति संरक्षण मञ्च (फोरल्याण्ड्स) नेपाल, मानेडाँडा, भोजपुर
१५. हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठान, हतुवागढी गाउँपालिका, घोरेटार, भोजपुर
१६. रुपाकोट सामुदायिक रेडियो, खोटाङ
१७. सिद्ध आधारभूत विद्यालय, खोटाङ
१८. सामुदायिक रेडियो साल्पा पुस्तकालय, सोताङ गापा, सोलुखुम्बु
१९. वरुण बहुमुखी क्याम्पस, खाँदबारी, संखुवासभा

मधेश प्रदेश

२०. प्रयास पुस्तकालय, फत्तेपुर, सप्तरी
२१. रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुरधाम, धनुषा
२२. ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज, पर्सा

बागमती प्रदेश

२३. काभ्रे बहुमुखी क्याम्पस, बुडोल, बनेपा, काभ्रेपलान्चोक
२४. काठमाडौँ विश्वविद्यालय केन्द्रीय पुस्तकालय, धुलिखेल, काभ्रेपलान्चोक
२५. ज्ञान विकास पुस्तकालय, पनौती, काभ्रेपलाञ्चोक
२६. पार्वती बहुमुखी क्याम्पस, बेथान चोक, काभ्रेपलान्चोक
२७. भक्तपुर बहुमुखी क्याम्पस, दूधपाटी, भक्तपुर
२८. वागीश्‍वरी कलेज, च्याम्हासिं, भक्तपुर
२९. उजामा कफी विथ बेकरी एण्ड लाइब्रेरी, काठमाडौँ
३०. काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, प्रदर्शनी मार्ग, काठमाडौँ
३१. केन्द्रीय कानुन पुस्तकालय, काठमाडौँ
३२. केशर पुस्तकालय, काठमाडौँ
३३. गजेन्द्र नारायण सिंह लोककल्याणकारी प्रतिष्ठान, काठमाडौँ
३४. डबली द स्पेस बुक क्याफे, काठमाडौँ
३५. तामाङ राष्ट्रिय पुस्तकालय, बौद्ध, काठमाडौँ
३६. त्रि-चन्द्र बहुमुखी क्याम्पस, काठमाडौँ
३७. त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुर, काठमाडौँ
३८. महाराजगञ्ज चिकित्सा क्याम्पस, काठमाडौँ
३९. मार्टिन चौतारी पुस्तकालय, थापाथली, काठमाडौँ
४०. सरस्वती बहुमुखी क्याम्पस, काठमाडौँ
४१. सोसल साइन्स बहाः पुस्तकालय, बत्तीसपुतली, काठमाडौँ
४२. चेतकीराज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि पुस्तकालय, ललितपुर
४३. नेपाल खुला विश्वविद्यालय, ललितपुर
४४. नेपाल भाषा केन्द्रीय विभाग, पाटनढोका, ललितपुर
४५. पाटन बहुमुखी क्याम्पस, पाटनढोका, ललितपुर
४६. पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय, ललितपुर
४७. मदन पुरस्कार पुस्तकालय, पाटनढोका रोड, ललितपुर
४८. समता फाउण्डेशन, ललितपुर
४९. अपाङ्गमैत्री पुस्तकालय, नुवाकोट
५०. शारदा उच्च माध्यमिक विद्यालय, गढी गाउँपालिका-५, मकवानपुर
५१. नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा, हेटौँडा, मकवानपुर
५२. मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा, मकवानपुर
५३. रोशनी पुस्तकालय, हेटौँडा, मकवानपुर
५४. डबली द स्पेस बुक क्याफे, भरतपुर, चितवन
५५. बेटर चितवन मिनी पुस्तकालय, चितवन
५६. भुवानीशंकर बहुमुखी कलेज, चितवन
५७. माडी सञ्चार पुस्तकालय, माडी, चितवन
५८. रामेश्‍वर पुस्तकालय तथा वाचनालय, भरतपुर, चितवन
५९. वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन

गण्डकी प्रदेश

६०. द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा
६१. पृथ्वीनारायण बहुमुखी  क्याम्पस, पोखरा, कास्की
६२. पोखरा सार्वजनिक पुस्तकालय, पोखरा, कास्की
६३. हिमालय मिलन माध्यमिक विद्यालय, मादी गाउँपालिका–२, कास्की
६४. हिमालयन रिडर्स कर्नर, पोखरा, कास्की
६५. त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, पुतलीबजार नगरपालिका-१, स्याङ्जा
६६. नव ज्योति बहुमुखी क्याम्पस, विरुवा गाउँपालिका-१, स्याङ्जा
६७. पूर्ण अमृत मावि, वालिङ, स्याङ्जा
६८. वालिङ बहुमुखी क्याम्पस, वालिङ, स्याङ्जा
६९. वालिङ सामुदायिक पुस्तकालय, वालिङ, स्याङ्जा
७०. धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ
७१. शान्ति माध्यमिक विद्यालय, खुङ्खानी, बागलुङ
७२. श्री गणेश माध्यमिक विद्यालय, नारायणस्थान, बागलुङ
७३. श्री प्रकाश माध्यमिक विद्यालय, हुन्द्रफेदी, बागलुङ
७४. जनप्रिय सामुदायिक अध्ययन केन्द्र, म्याग्दी

लुम्बिनी प्रदेश

७५. प्रकृति चन्द्रमा ईन्टिग्रेटेड टेक्निकल ईन्स्टिच्यूटको प्रकृति पुस्तकालय, बुद्धभूमि नगरपालिका, कपिलवस्तु
७६. प्रकृति पुस्तकालय, कपिलवस्तु
७७. मधेश मानवअधिकार गृह (माहुरी होम), तौलिहवा, कपिलवस्तु
७८. नवजागृति पुस्तकालय, बुटवल, रुपन्देही
७९. बुटवल बहुमुखी क्याम्पस, बुटवल, रुपन्देही
८०. भैरहवा बहुमुखी क्याम्पस, भैरहवा, रुपन्देही
८१. महावीर पुस्तकालय, भैरहवा, रुपन्देही
८२. लुम्बिनी बौद्ध विश्वविद्यालय, विए एलएलबी प्रोग्राम, बुटवल, रुपन्देही
८३. शहीद स्मृति पुस्तकालय, भैरहवा, रुपन्देही
८४. रिडी बहुमुखी क्याम्पस, रिडी बजार, गुल्मी
८५. किरण पुस्तकालय, तम्घास, गुल्मी
८६. तानसेन बहुमुखी क्याम्पस, पाल्पा
८७. त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा
८८. धवल पुस्तकालय, तानसेन, पाल्पा
८९. नेपाल संस्कृत विश्वविद्यालय, दाङ
९०. श्री जनता उच्च मा.वि., हंसपुर, दाङ

कर्णाली प्रदेश

९१. रेडियो डोल्पा, डोल्पा
९२. मध्यपश्चिमाञ्चल विश्वविद्यालय, विरेन्द्रनगर, सुर्खेत
९३. राहुल स्‍मृति प्रतिष्ठान, सुर्खेत
९४. श्री जनजागृति माध्यमिक विद्यालय, दमार, सुर्खेत
९५. श्री नवदीप सामुदायिक अध्ययन केन्द्र, करैखोला, सुर्खेत
९६. स्कूल अफ ल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत
९७. समकालीन अध्ययन महाविद्यालय, विरेन्द्रनगर, सुर्खेत

सुदूरपश्चिम प्रदेश

९८. कैलाली  बहुमुखी क्याम्पस, धनगढी, कैलाली
९९. जया मलिका कलेज, धनगढी, कैलाली
१००. रत्न उच्च माध्यमिक विद्यालय, बाजुरा
१०१. सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुर
१०२. श्री ज्ञानेश्‍वर मा.वि. बिजयपुर, बैतडी
१०३. श्री सिद्धेश्वर मा.वि. हुक्केडाँडा, बैतडी

मार्टिन चौतारीका प्रकाशन नि:शुल्क प्राप्तिका लागि अनुरोध फाराम

मार्टिन चौतारीका प्रकाशन नि:शुल्क प्राप्तिका लागि अनुरोध फाराम

सामुदायिक/सरकारी स्कुल, क्याम्पस तथा सार्वजनिक पुस्तकालयहरूले मार्टिन चौतारीका प्रकाशनहरू नि:शुल्क प्राप्त गर्न चाहेमा संस्थाको आधिकारिक पत्रका साथमा निम्न फाराम भरी इमेल (chautari@mos.com.np) मार्फत वा मार्टिन चौतारी कार्यालय (२७ जीतजंग मार्ग, थापाथली, काठमाडौँ) मा आई बुझाउनुहुन अनुरोध छ ।

फाराम डाउनलोड गर्नुहोस्