चौतारी पुस्तक श्रृंखला २५
नेपालीहरूले रेडियोसँग साक्षात्कार गरेको झण्डै ७५ वर्षपूरा भैसक्यो । रेडियो सुनेका हरेक व्यक्तिसँग यसबारे केही न केही अनुभव हुन सक्छन् , अमिट सम्झना हुन सक्छन् । कसैसँग धेरै होलान, कसैसँग थोरै । कसैले व्यक्त गर्न सक्छन् भने कसैले सक्दैनन् । कुनै कालखण्डमा कुनै भेकमा रहेका व्यक्तिहरूको रेडियोसँगको सम्बन्ध समाजशास्त्रीय हिसाबले समेत महत्वपूर्ण हुन्छ भन्ने सोचेर यो पुस्तक- रेडियोसँग हुर्कदाः तीनपुस्ते नेपालीको अनुभव तयार गरिएको हो ।
यस पुस्तकमा बेग्लाबेग्लै पृष्ठभूमिका ६४ जना व्यक्तिहरूले रेडियोसँग गाँसिएका आफ्ना जीवनका अविस्मरणीय क्षणहरू , सुन्दर र अमिट सम्झनाहरू र तिनले आफ्नो दैनिकीमा पारेको प्रभावलाई संस्मरणात्मक निबन्धमा उनेका छन् । जेठो पुस्ता, मध्यम पुस्ता र कान्छो पुस्ता गरी तीन खण्डमा विभाजित संस्मरणहरूको यो सँगालोले रेडियो श्रवण प्रक्रियाका विभिन्न आयामलाई उतारेको त छँदैछ नै, तत्कालीन समाजको आर्थिक, राजनीतिक र सांस्कृतिक परिवेशको पनि केही झलक प्रस्तुत गरेको छ । सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्न नसके पनि यी निबन्धहरूले तीन पुस्ताको रेडियो अनुभवको स्वाद भने चखाएकै छन् । साथै यसबारे ऐतिहासिक एवं सामाजिक अन्वेषणका लागि धरातल तयार पारिदिएका छन् ।
शेखर पराजुलीले तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका छन् । दलित तथा जनजाति र मिडिया, क्षेत्रीय मिडिया, एफएम रेडियो, प्रेसमा वातावरणीय न्यायका सवाल, रेडियो श्रोता सर्वेक्षणलगायत मिडियाका विभिन्न पक्षबारे उनका विश्लेषात्मक लेखहरु प्रकाशित छन् । उनको सह-सम्पादनमा नेपाली मिडियामा दलित तथा जनजाति (सन् २००१), नेपाली मिडिया सन्दर्भ ग्रन्थ (सन् २००३) र रेडियो नेपालको सामाजिक इतिहास (सन् २००४) प्रकाशित छन् । उनी नेपाली जर्नल रुपान्तरणः समाज अध्ययनका सह-सम्पादक पनि हुन् ।
प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । नेपाली राष्ट्रियता, गोर्खालीहरुको इतिहास, मिडिया, ब्रिटेन/दक्षिण एसियामा क्षेत्रीय प्राज्ञिक अध्ययन, आदिबारे उनका अनुसन्धनात्मक लेखहरु प्रकाशित छन् । उनको सम्पादन/सह-सम्पादनमा विभिन्न पुस्तकहरु प्रकाशित छन् । तीमध्ये नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन (सन् २००४) र रेडियो नेपालको सामाजिक इतिहास (सन् २००४) पछिल्ला पुस्तकहरु हुन् । उनी Studies in Nepali History and Society जर्नलका पनि सह-सम्पादक हुन् ।
पुस्तकमा के छ
- धन्यवाद
- भूमिकाः तीन पुस्ताका तीन थरी श्रोता
सीके लाल
- परिचयः रेडियो श्रवणको नेपाली अनुभव
शेखर पराजुली
- जेठो पुस्ता
- १ . रेडियो घन्कँदाको त्यो साँझ !
कमल दीक्षित
- २ . जिन्दगीका धुनहरूमा रेडियो
सत्यमोहन जोशी
- ३ . पहिलो पटक रेडियो सुन्दा
रमेश विकल
- ४ . रेडियोसित गाँसिएका ती दिन
मोदनाथ प्रश्रति
- ५ . पोखरामा रेडियोका सुरु दिनहरू
केशवराज पराजुली
- ६ . श्रोताको अनुभूति
तेजनाथ घिमिरे
- ७ . बाबु बाकसानन्द !
हेमराज पहारी
- ८ . मेरो रेडियो श्रवणको कथा
दुर्गाप्रसाद भण्डारी
- ९ . रेडियो मेरो सम्झनामा
शिव रेग्मी
- १० . रेडियोः मेरो गुरु
सनत रेग्मी
- ११ . रेडियोले ज्यानै जोगायो
भैरव रिसाल
- १२ . कुरौटेनीको कथाः मेरो यात्रा
अभि सुवेदी
- १३ . सानोमा सुनेको रेडियोको कथा
खगेन्द्र सङ्ग्रौला
- १४ . मेरो स्मृतिको पानामा रेडियो
शिवेन्द्रलाल कर्ण
- १५ . आर्श्चर्यको मान्छे
भुवन ढुङ्गाना
- १६ . लाहुरेदाइको रेडियो, तरुनीका हुल र म फुच्चे
नोवल किशोर र्राई
- मध्यम पुस्ता
- १७ . रेडियोका गीत र समयको फेर
वसन्त थापा
- १८ . मेरो सम्झनामा पहिलो रेडियो
हेमबहादुर बिष्ट
- १९ . रेडियोसँग कसरी परिचित भएँ
तुलसी भट्टर्राई
- २० . रेडियोसँग चिनजानः ग्रामोफोनदेखि एफएमसम्म
विनय कसजू
- २१ . म आनन्दले पुलकित भएँ
गोविन्दराज भट्टराई
- २२ . रेडियो नेपालले दिएको पीडा
प्रेम कैदी
- २३ . रेडियोसँग भिजेका पलहरू
शम्भुप्रसाद हुमागाईं
- २४ . स्मृतिका पानामा रेडियो नेपाल
भाउपन्थी
- २५ . रेडियोको सन्दर्भः सम्झना लाहुरे र केनेडीको
तीर्थ श्रेष्ठ
- २६ . रेडियोसँग अटुट नाता
कृष्ण धराबासी
- २७ . मेरो आपतको साथी
श्यामल
- २८ . समाचारको प्रतीक्षामा बसेका क्षणहरू
गोविन्दचन्द्र क्षेत्री
- २९ . गीत सङ्गीतसँगको मेरो नाता
प्रमोद प्रधान
- ३० . मेरो जीवनको परिसरमा रेडियो
सुधा त्रिपाठी
- ३१ . हजुर्बाको रेडियो र मेरा कविताहरू
केदार शर्मा
- ३२ . मेरो जापानी रेडियो
विप्लव प्रतीक
- ३३ . रेडियो नेपालले तानेका मेरा चञ्चल क्षणहरू
सुलोचना मानन्धर
- ३४ . रेडियोसँगका मेरा नाता सम्बन्धहरू
गोविन्द वर्तमान
- ३५ . स्मृतिमा रेडियो र म
शशिकला मानन्धर
- ३६ . रेडियोको कथा
रमण घिमिरे
- ३७ . जीवन यात्रामा रेडियो
जगन्नाथ अधिकारी
- ३८ . मेरो अतीतमा रेडियो
गुणराज लुइँटेल
- ३९ . मेरो बौद्धिक ज्ञानको स्रोत रेडियो
चक्रमान विश्वकर्मा
- ४० . रेडियोसँग चिनापर्ची
झलक सुवेदी
- ४१ . रेडियोको क्रेज र हाम्रो परिवार
दीपा गौतम
- कान्छो पुस्ता
- ४२ . रेडियो नेपालः गोलार्धका दुई छेउमा
रघु मैनाली
- ४३ . छापाको सपनाः रेडियोको यात्रा
रवीन्द्र मिश्र
- ४४ . अमृत फल्ने विषवृक्ष
धीरेन्द्र प्रेमर्षी
- ४५ . रेडियोः सोखदेखि ' करिअर' सम्म
भगीरथ योगी
- ४६ . भुजेलको आँगनको कालो बट्टा !
युवराज नयाँघरे
- ४७ . विदेशमा बस्ने नेपालीहरूका लागि कार्यक्रम
अनिल भट्टराई
- ४८ . रेडियो सुन्दै तरकारी केलाएका दिनहरू
रमा पराजुली
- ४९ . मेरो रेडियो अनुभव
राजेन्द्र ज्ञवाली
- ५० . मेरो बाल्यकालको साथी
बबिता बस्नेत
- ५१ . रेडियो र हजुर्बा
कमल बस्ताकोटी
- ५२ . बादेखिको बीबीसी सुन्ने बानी
रमेश पराजुली
- ५३ . म, मेरी आमा र ' नेशनल पानासोनिक' रेडियो
जितेन्द्र साह
- ५४ . किशोर वयको सम्झना
बीना शर्मा
- ५५ . रेडियो, म र मेरा वरिपरिका कुराहरू
सिर्जना सुब्बा
- ५६ . मलाई ब्युँझाउने रेडियो नेपाल
शरद केसी
- ५७ . रेडियो सम्भँदा
देवान र्राई
- ५८ . सहरी र्सार्वजनिक वृत्त र रेडियो
भास्कर गौतम
- ५९ . रेडियोसँग सहयात्रा
देवराज हुमागाईं
- ६० . सम्झनाको अवशेषमा रेडियो
सुरेश रानाभाट
- ६१ . एउटा रेडियोको अन्त
कैलाश राई
- ६२ . रेडियोसँगको सङ्गत
हर्षमान महर्जन
- ६३ . एकान्तको साथी
कोमल भट्ट
- ६४ . समय दिने रेडियो
भवसागर घिमिरे ' माइलो'
- सन्दर्भ सामग्री