चौतारी पुस्तक श्रृंखला १७
वातावरणीय न्याय , सामाजिक न्याय र वातावरणीय संरक्षणलाई एकसाथ हेर्ने विषयको रुपमा विकास भएको हो । यो विषय वातावरणीय बहसको प्रमुख सवाल हुन थालेको छ । वातावरणीय न्याय तथा समन्यायको क्षेत्र व्यवहारिक रुपमा महत्वपूर्ण र विस्तृत छ । नेपालका स्कूल, कलेज तथा विश्वविद्यालयमा वातावरणीय न्याय अध्यापन नभए पनि यस विषयको सामाजिक चासो र शैक्षिक आवश्यकता बढ्दो छ । वातावरणीय न्याय स्रोत सँगालोले सामाजिक बहसमा देखा पर्न थालेको उत्सुकता बढाउन र शैक्षिक सामग्रीको आधारभूमि तयार गर्न मनग्गे सामग्री समेटेको छ । वातावरणको र्सार्वजनिक बहसमा संलग्न कानून व्यवसायीहरु, वातावरणविद्, सामाजिक कार्यकर्त, नीति- निर्मार्ता र र्सवसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने व्यक्ति/ समूहलाई यस्तो सँगालोको अत्यन्तै अभाव छ । यो अभाव पूर्ति गर्न यस पुस्तकको प्रभाव र भूमिका उल्लेख्य हुने छ ।
दश खण्डमा विभाजित यस पुस्तकले नेपालको परिप्रेक्ष्यमा महत्वपूर्ण ठानिएका वातावरणीय न्याय तथा समन्यायका प्रमुख सवालसम्बन्धी सैद्धान्तिक पक्षलाई उजिल्याउने अनुसन्धानमूलक साथै उदाहरण प्रस्तुत गर्ने गहन लेखहरु समावेश गरेको छ ।
जगन्नाथ अधिकारीले मानव-भूगोलमा विद्यावारिधि गर्नुभएको छ । नेपालको प्राकृतिक स्रोत, कृषि, ग्रामीण अर्थतन्त्र, खाद्य-सुरक्षा तथा सहरीकरणसम्बन्धी उहाँले अध्ययन, अनुसन्धान गर्नुभएको छ । उहाँका करिब एक दर्जन पुस्तक र प्रशस्त लेखहरु प्रकाशित छन् ।
शरद घिमिरेले वनस्पति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । वातावरणीय संरक्षणबारे अनुसन्धान गर्नुभएका घिमिरेको सह-सम्पादनमा वातावरणीय न्यायसम्बन्धी दुईवटा पुस्तक प्रकाशित छन् ।
पुस्तकमा के छ
- खण्ड १
वातावरणीय न्याय तथा समन्यायः अवधारणा तथा सिद्धान्तहरू
- १. वातावरणीय न्याय तथा समन्याय
जगन्नाथ अधिकारी
- २ . वातावरणीय न्यायका लागि जनअभियान
जगन्नाथ अधिकारी र शरद घिमिर
- ३ . वातावरणीय न्याय सैद्धान्तिक संरचना र वातावरणीय अधिकार
जगन्नाथ अधिकारी
- ४ . गरिबी र वातावरण
जगन्नाथ अधिकारी र शरद घिमिरे
- खण्ड २
वातावरणीय न्यायः सामाजिक विश्लेषण
- ५ . शिक्षा प्रणाली र वातावरणीय न्याय
जगन्नाथ अधिकारी
- ६ . प्रकृतिको विनाशः भत्काउनु पर्ने केही मिथ्या धारणाहरू
अनिल भट्टर्राई
- ७ . पश्चिम सेती आयोजनाः सरोकारका केही सवालहरू
- ८ . वातावरणीय समस्या र असुरक्षित जीविकोपार्जनको मारमा विशेष वर्ग / समुदाय
- खण्ड ३
वातावरणीय सूचना र सञ्चार
- ९ . वातावरणीय सूचनाको हक
कल्याण श्रेष्ठ
- १० . वातावरणीय न्यायको पर््रवर्द्धनमा मिडियाको भूमिका
जगन्नाथ अधिकारी
- खण्ड ४
वातावरणीय आन्दोलन
- ११ . स्वच्छ वातावरण तथा प्राकृतिक स्रोतमाथिको अधिकारप्राप्तिका लागि भएका आन्दोलनहरू
शरद घिमिरे र जगन्नाथ अधिकारी
- १२ . विश्व पर्यावरणीय आन्दोनका महिला नेतृहरू
जयदेव गौतम
- १३ . राष्ट्रिय निकुञ्ज र जनताबीचको अन्तरसम्बन्ध
सोमत घिमिरे
- १४ . सैनिक र वन्यजन्तुको ज्यादती रोक्न निकुञ्ज तथा आरक्षपीडितहरूको माग
- १५ . शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षको स्थापना र विस्तार
- १६ . गोदावरी बचाउ आन्दोलनः मच्चियो, मच्चियो, थच्चियो
मोहन मैनाली
- खण्ड ५
जैविक प्रविधिको विकास , परम्परागत ज्ञान र खाद्य सुरक्षा
- १७ . जैविक प्रविधि प्रदूषणको खतरा सुरक्षाका लागि र्सतर्कता ं
तीर्थबहादुर श्रेष्ठ
- १८ . जैविक प्रविधि र बौद्धिक सम्पत्ति अधिकारद्वारा जैविक विविधताको कृषक - अधिकारको हनन्
जगन्नाथ अधिकारी
- १९ . परम्परागत ज्ञान, कृषि- जैविक विविधता र विश्वव्यापीकरणः खाद्य तथा जीविकोपार्जन सुरक्षाको सन्दर्भमा
जगन्नाथ अधिकारी
- २० . बीउको धन्दामा किसानको बिजोग
रमेश खड्का
- २१ . भोकको व्यापारः आनुवंशिक रूपमा रूपान्तरित खाद्यपदार्थको राजनीतिक प्रवर्द्धन
देविन्दर शर्मा
- खण्ड ६
प्राकृतिक स्रोत व्यवस्थापन
- २२ . नेपालको वन व्यवस्थापनमा वातावरणीय न्याय
जगन्नाथ अधिकारी र शरद घिमिरे
- २३ . नेपालमा सामुदायिक वन विपरीत दिशातर्फ
नारायण काजी श्रेष्ठ
- २४ . इन्भेन्टरीः सामुदायिक वनको अर्को तगारो
- २५ . सामुदायिक वन सफल भयो, जीवनस्तर सुध्रेन
सुबोध गौतम
- २६ . पहुँचबाहिर विपन्न वर्ग
विमल गौतम
- २७ . जडीबुटीको व्यापार र वातावरणीय न्याय
शरद घिमिरे
- २८ . हिमाली जडीबुटीको व्यापारः रित्तिँदै छ प्राकृतिक भण्डार
मनिषा अर्याल
- २९ . खप्तडका सम्पदाको मोल के -
देवेन्द्र राणा
- ३० . शिवपुरी छेउछाउका बासिन्दाबारे
क्याथरिन एन . रेनकिन र मुना श्रेष्ठ जोशी
- ३१ . गरिब किसानलाई अर्को मार !
क्नुट - एरिक हेले
- ३२ . राष्ट्रिय निकुञ्ज र बोटे, माझी, मुसहर
- ३३ . पहाडका खानीहरू
विनोद भट्टर्राई
- ३४ . व्यवहारमा चाहिएको इको टुरिजम्
सुरेन्द्र फुयाल
- ३५ . पदयात्रीको फोहरी बाटो पछयाउँदै
माइकल लुहान
- ३६ . पर्यटक भरियाः कठिन जिन्दगी
वसन्त महर्जन
- खण्ड ७
विकास र वातावरण
- ३७ . दिगो विकासः वातावरण र विकासबीचको सम्झौता
जगन्नाथ अधिकारी
- ३८ . दिगो विकासः नयाँ भिक्षापात्र कि साँच्चैको विकास -
राजेश घिमिरे र अर्जुन ढकाल
- ३९ . राप्ती सिँचाइः विपत्ति निम्त्याउने मात्र
उदयराज शर्मा
- ४० . अहिल्यै विपत्ति भनिहाल्नु हुन्न
अजय दीक्षित
- ४१ . कुलेखानीबाट धपिएकाहरू
जगदीश पोखरेल
- ४२ . " तिमीहरूले पृथ्वी डुबायौ"
- ४३ . मौसम परिवर्तनको छायाँमा विश्व जैविक विविधता
पुष्कर माथेमा
- ४४ . जलउत्पन्न प्रकोप निवारणको सर्न्दर्भमा वातावरणीय न्याय
ङमिन्द्र दाहाल
- खण्ड ८
प्रदूषण र जनस्वास्थ्य
- ४५ . कणिकाबाट वायु प्रदूषण र स्वास्थ्यमा असर
- ४६ . विषादीः अकालमा काललाई निम्तो
मोहन मैनाली
- ४७ . विषसँग डरलाग्दो खेलबाड
विष्णुकुमार ज्ञवाली
- ४८ . वास्ता नगरिएको डरलाग्दो फोहर
रूपेशकुमार शाह
- ४९ . औद्योगिक प्रदूषण र जनस्वास्थ्य
नारायणप्रसाद उपाध्याय र रोशा राउत
- ५० . काठमाडौँका इँटाभट्टाहरू र वातावरणीय न्याय
अनिल कुमार राउत
- ५१ . विष फाल्ने उद्योगहरू
भीम घिमिरे र जयराम गौतम
- ५२ . शोषण र प्रदूषणभित्र रुमलिएका गलैंचा बुनकरहरू
मोहन मैनाली
- ५३ . तपाईँको पानी कति स्वस्थ -
यशोदा तिम्सिना
- ५४ . आर्सेनिकः गरिबलाई विषालु पानीको मार
सुशील मैनाली
- ५५ . पोखरीको पानी पिउँदैछन् प्रजा
केशव खनाल
- ५६ . वाग्मतीको दुर्गती
अजय दीक्षित
- ५७ . वाग्मतीभन्दा छिटो मर्छ नारायणी
जनक अर्याल
- खण्ड ९
शहरी सन्दर्भमा वातावरणीय न्याय
- ५८ . बेवारिसे समस्याः शहरी सुकुमबासी
सङ्गीता लामा
- ५९ . ढलसँगै नदी र ' टि्रटमेन्ट प्लान्ट' मा बगेको पैसा
सुरेश मानन्धर
- ६० . पर्साको विषालु नदी
चन्द्रकिशोर
- ६१ . गोकर्णल्याण्डफिल साइटभित्रको कथा
हरि थापा
- खण्ड १०
वातावरणीय कानून / नीति तथा अन्तर्राष्ट्रिय सन्धिहरू
- ६२ . नेपालमा वातावरणीय सुशासनको व्यवस्था
तिलप्रसाद श्रेष्ठ
- ६३ . अन्तर्राष्ट्रिय वातावरणीय राजनीति तथा वातावरणीय सन्धि / सम्झौताहरू
शरद घिमिरे
- सन्दर्भ सामग्री