सेवा प्रवाह सम्बन्धी मार्टिन चौतारीको सूचना

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा कोभिड-१९ महामारीको संक्रमण व्यापक हुन थालेकोले मार्टिन चौतारी पुस्तकालय २०७८ माघ २ (१६ जनवरी २०२२) देखि सार्वजनिक प्रयोगका लागि अर्को सूचना जारी नभएसम्म बन्द रहनेछ । त्यस्तै, अन्य प्रयोजनका लागि समेत कार्यालयमा बाह्य व्यक्तिहरूको आवतजावत पनि हाललाई रोक लगाइएको छ । कार्यालय सम्बन्धी कुनै जानकारी वा कामका लागि सार्वजनिक बिदा बाहेकका दिनमा बिहान १०:०० देखि बेलुका ४:०० बजेसम्म फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिनेछ । 
 
मार्टिन चौतारीका छलफल अर्को सूचना नआएसम्म यस अघिझैँ अनलाइन माध्यम मार्फत नै आयोजना गरिनेछन् ।
 
विषम परिस्थितिका कारण पर्नगएको असुविधाप्रति मार्टिन चौतारी क्षमाप्रार्थी छ ।

फोन : ०१-५3३८०५०; ४१०२०२७ र ४१०२२४३;  
इमेल : chautari@mos.com.np र chautari@martinchautari.org.np