चौतारी पुस्तक शृंखला - ११०
नेपाली राज्यले शिक्षालाई सार्वजनिक हितको वस्तु (पब्लिक गुड) को रूपमा लिएको छ । सोही अनुरूप संविधान र कानूनले नागरिकको शिक्षा प्राप्त गर्ने हक मात्रै सुनिश्चित गरेको छैन, आधारभूत तह (कक्षा १–८) सम्मको शिक्षा निःशुल्क र अनिवार्य हुने समेत भनेको छ । माध्यमिक तह (कक्षा ९–१२) सम्मको शिक्षा चाहिँ निःशुल्क भनिएको छ । तर, पब्लिक गुड भनिए पनि सार्वजनिक विद्यालयमा पर्याप्त राज्य-लगानी नहुँदा र थप कानूनी रूपमै ती विद्यालयलाई विद्यार्थीसँग शुल्क लिन निषेध गरिदिँदा के-कस्ता जटिलता सिर्जना हुन्छन् र तिनलाई विद्यालयहरूले, तिनका सरोकार वालाहरूले के-कसरी सम्बोधन गर्दा रहेछन् भन्ने पर्याप्त एकीकृत अनुभव-लिखत हामीसँग छैन । विद्यालय शिक्षाका वित्तीय आयाममा संगृहीत लेखले त्यो खाडल केही हदसम्म पूरा गर्छन् । स्रोत-साधनको कमी र वित्तीय संकट बेहोरिरहेका सार्वजनिक विद्यालयहरूले आफू जेनतेन सञ्चालन हुन या आम्दानीका स्रोत जुटाउन गरिरहेका अभ्यासका केही विवरण मात्र यिनले पस्कँदैनन्, यी विद्यालयका नेतृत्व वर्गले आफ्नो “एजेन्सी” प्रयोग गरी कसरी सरकारी नियम-कानूनलाई बंग्याएर समेत सार्वजनिक हितका लागि काम गर्ने जोखिम लिइरहेका छन् भन्ने पनि देखाउँछन् । साथै, सामुदायिक विद्यालयमा जुटे-जुटाइएका विभिन्न खाले स्रोतमाथि कब्जा गर्नेहरू पनि यही समाजमै छन्, र योजनाबद्ध हिसाबले सार्वजनिक स्रोत लुटिरहेका छन् भन्ने समेत यो पुस्तकका केही लेखले देखाउँछन् । सार्वजनिक शिक्षामा राज्य-लगानीका विविध आयामलाई केलाउने यो पुस्तक शिक्षा क्षेत्रमा चासो राख्ने विद्यार्थी, अध्येता र नीति-निर्माता सबैलाई उपयोगी छ । |
विषयसूची
धन्यवाद छ
परिचय
सार्वजनिक विद्यालय-शिक्षामा लगानीको राजनीति र लगानीसँग गाँसिएका विविध पक्ष १
लोकरञ्जन पराजुली, देवेन्द्र उप्रेती र प्रत्यूष वन्त
अध्याय १
नेपाली राज्य र विद्यालय शिक्षाको निजीकरण ३१
प्रमोद भट्ट
अध्याय २
निःशुल्क शिक्षा ? राज्य-सञ्चालित विद्यालयमा पातलिएका सार्वजनिक-निजी सीमा ५७
उमा प्रधान र क्यारेन भ्यालेन्टिन
अध्याय ३
विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयनका जटिलता ७९
भोला पासवान
अध्याय ४
राज्यको आईसीटीमा लगानी : कोभिड-१९ महामारीमा वैकल्पिक शिक्षण सिकाइ ११३
सन्जिला मोक्तान
अध्याय ५
नेपालका सार्वजनिक विद्यालयको आय-व्यय तथा लेखांकन पद्धति १४१
रुख गुरुङ र लोकरञ्जन पराजुली
अध्याय ६
नेपालको (नयाँ) संघीय व्यवस्था र विद्यालय शिक्षामा लगानीको अवस्था १७१
बिशाल चालिसे
अध्याय ७
विद्यालय शिक्षामा सार्वजनिक खर्च : संगठित अनियमितताका केही साझा स्वरूप १९९
शकबहादुर बुढाथोकी, देवेन्द्र उप्रेती र प्रमोद भट्ट
अध्याय ८
सकारात्मक विचलन : सार्वजनिक विद्यालयको अनपेक्षित सफलता २२३
श्रोचिस कार्की
अध्याय ९
नासिँदै स्कूले भूमि : काठमाडौँ उपत्यकाका दुई पुराना स्कूलको भूमि “कम्पनीकरण” को कथा २५७
अर्जुन पन्थी
लेखक/सम्पादक परिचय ३१३
अनुक्रमणिका ३१७