चौतारी पुस्तक शृंखला - १०३
About the Book
समान अधिकार प्राप्तिको आन्दोलनको विश्वव्यापी परेडमा नेपाली महिला पनि विभिन्न तवरबाट सहभागी हुँदै आएका छन् । सडकदेखि संसद्, रेडियो, पत्रिका, टेलिभिजनजस्ता सार्वजनिक बहसका विविध माध्यम हुँदै यो आन्दोलन इन्टरनेट र यसका विभिन्न सामाजिक सञ्जालसम्म पुगेको छ । अघिल्ला पुस्ताले असमानता विरुद्धको संघर्षमा गरेका बलिदानका कारण पछिल्लो पुस्ताले हिँड्ने बाटो केही हदसम्म सजिलो भएको छ । तथापि, समानताको पूर्ण प्रत्याभूति नभइसकेकोले यो लडाइँ अझै जारी छ ।
समानता र अन्य सामाजिक-राजनीतिक उद्देश्यका लागि महिलाले गरेका संघर्ष र तिनका कारण प्राप्त उपलब्धिको पर्याप्त अभिलेखीकरण नभएको परिप्रेक्ष्यमा निजी/पारिवारिक चौघेरा तोडेर सार्वजनिक वृत्तमा आइपुगेका महिलाको संघर्ष, योगदान र व्यक्तिगत अनुभूतिलाई यो पुस्तकमा अभिलेखबद्ध गरिएको छ । बितेको करिब आधा शताब्दीमा महिला आन्दोलनका क्षेत्रमा सक्रिय विभिन्न उमेर, पेसा, जाति-समुदाय र भूगोलका एक दर्जन महिला अभियन्ताले यो क्षेत्रमा गरेका कामको अभिलेखीकरण अन्तर्वार्ताहरू मार्फत गरिएको छ । नितान्त वैयक्तिक दैनन्दिनका भोगाइ वा कार्यस्थलबाटै समानताको आन्दोलन वा अभियान शुरू हुन सक्छ र त्यसले बृहत्तर आन्दोलनको स्वरूप ग्रहण गर्न वा परिवर्तन ल्याउन सम्भव छ भन्ने उदाहरण यी अन्तर्वार्तामा देख्न सकिन्छ । नेपालको महिला तथा सामाजिक आन्दोलनबारे चासो र रुचि राख्ने जोसुकैलाई यो पुस्तक उपयोगी हुनेछ ।
|
विषयसूची
आभार - छ
परिचय : “हर हिस्ट्री” को दस्तावेजीकरण - १
सावित्री गौतम
- “अध्ययनशील नेतृत्वले मात्र महिला आन्दोलन हाँक्न सक्छ” – मीना आचार्य - १३
देवेन्द्र उप्रेती
- “उनीहरू महिला विकास अधिकृतहरूले दक्षतापूर्वक काम गरेको देखेर छक्कै पर्थे” – चाँदनी जोशी - ३१
सावित्री गौतम र अरुणा उप्रेती
- “लैंगिक समानताको अभियान रिले दौड जस्तो हो” – चन्द्रा भद्रा - ५१
सावित्री गौतम
- “बेवास्तामै पारिएका छन् आदिवासी जनजाति महिला” – यशो कान्ति भट्टचन - ६१
कैलाश राई
- “महिलावादीले सधैँ आफूभन्दा पछि आउने पुस्तामा नेतृत्त्व विकास गर्दै लानुपर्छ’’ – रेणु अधिकारी - ८१
नारायणी देवकोटा
- “स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न डाक्टर, नर्स र अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा मात्रै सबै थोक होइनन्” – अरुणा उप्रेती - १०९
सावित्री गौतम
- “कथित मूलधारे महिला आन्दोलन मूलतः असमावेशी चरित्रको छ” – दुर्गा सोव - १३१
देवेन्द्र उप्रेती, सन्जिला तामाङ र प्रत्यूष वन्त
- “कलाले लगातार प्रश्न गर्ने वातावरण बनाइदिन्छ र त्यही नै आर्टिभिजम् हो” – अश्मिना रन्जित - १६१
सच्ची घिमिरे कार्की
- “कानूनले हिंसा विरुद्ध बोल्ने आधार दिन्छ” – मिरा ढुंगाना - १८३
सरिता भुषाल र दुर्गा कार्की
- “अपांगताभित्र लैंगिक समानता र महिला आन्दोलनभित्र आफ्नो विशेष स्थान खोजिरहेका छौँ” – टीका दाहाल - २०१
संगीता थेवे लिम्बु र कैलाश राई
- “मधेस र मधेसी महिलाका सवाल अतिरञ्जित र सशंकित तरिकाले उठाइँदै आइएको छ” – रीता साह - २२५
कैलाश राई
- “फरक यौनिकता प्राकृतिक कुरा हो” – दुर्गा थापा - २४५
कुमुद राना
थप अध्ययन सामग्री - २६७
अन्तर्वार्ताकार/सम्पादक परिचय - २८१