चौतारी पुस्तक शृंखला - १०७
अहिले “शिक्षा” नेपालका पनि सबै घर-परिवारको सरोकारको विषय हो । सामान्य जनमानसको समेत अभिन्न अंग बनेको शिक्षा जस्तो महत्त्वपूर्ण, बहुप्रभावी र सबैको सरोकारको विषयलाई केन्द्रमा राख्दै यसका विभिन्न पहलूहरूमा एक त हामीकहाँ पर्याप्त अध्ययन-अनुसन्धान भएको छैन । अर्को, भएकै मध्ये जति पनि पुस्तकाकार र प्राज्ञिक लेख वा प्रतिवेदनको रूपमा बाहिर आएका छन्, तिनको ठूलो हिस्सा अंग्रेजी भाषामा प्रकाशित छ । विद्यालय शिक्षाको वरिपरि रहेर नेपाली भाषामा लेखिएका अलि गहन प्राज्ञिक सामग्रीको अभावै छ । नेपालमा विद्यालय शिक्षा : सामुदायिकीकरण, संघीयता र विपद्ले सो अभाव केही हदसम्म पूर्ति गर्नेछ ।
पुस्तकमा सामेल नौ ओटा लेखले पछिल्लो समय नेपालको विद्यालय शिक्षासँग सम्बन्धित केही प्रमुख मुद्दा, परिवर्तन, र चुनौतीहरूलाई मसिनो गरी केलाएका छन् । पहिलो खण्डका चार लेख सार्वजनिक विद्यालयहरूको सामुदायिकीकरण र शिक्षा नीति-निर्माणको राजनीतिमा केन्द्रित छन् । मुलुकले धर्मनिरपेक्षता र संघीयता अँगाली सकेपछिका विद्यालय शिक्षाका केही आयाम दोस्रो खण्डका तीन लेखले केलाएका छन् । तेस्रो खण्डमा सामेल दुई लेखमा विद्यालय शिक्षामा विपद्ले पारेको प्रभाव केलाइएको छ । नेपालको शिक्षा क्षेत्रमा चासो र रुचि राख्ने सबैलाई यो पुस्तक उपयोगी छ । |
विषयसूची
प्राक्कथन छ
परिचय : नेपालमा विद्यालय शिक्षा : केही समसामयिक मुद्दा १
लोकरञ्जन पराजुली, देवेन्द्र उप्रेती र प्रत्यूष वन्त
खण्ड १ : विद्यालयको सामुदायिकीकरण र शिक्षा नीति-निर्माणको राजनीति
एक निःशुल्क शिक्षा ? राज्य-सञ्चालित विद्यालयमा पातलिएका सार्वजनिक-निजी सीमा १३
उमा प्रधान र कारेन भ्यालेन्टिन
दुई शहरका सामुदायिक विद्यालय : विद्यालय र समुदाय बीचको अस्थिर सम्बन्ध ३५
श्याम कुँवर र देवेन्द्र उप्रेती
तीन विद्यालय शिक्षा सम्बन्धी नीति-निर्माण प्रक्रियामा पेसागत संघ-संगठनको प्रभाव ६३
देवेन्द्र उप्रेती
चार बिचौलियाको चंगुलमा नेपालको नीति-निर्माण : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको अनुभव ९१
कृष्ण प्रसाद पौडेल
खण्ड २ : धर्मनिरपेक्ष संघीय मुलुकको विद्यालय शिक्षा
पाँच धर्मनिरपेक्ष राज्यमा “हिन्दू विद्यालय” : नेपाल वेद विद्याश्रममा धर्मनिरपेक्षताको निरूपण ११७
आभास भण्डारी
छ संघीय नेपालमा स्थानीय सरकार र विद्यालय शिक्षा १४९
लोकरञ्जन पराजुली, देवेन्द्र उप्रेती र रुख गुरुङ
सात अनिश्चित वातावरणमा शिक्षा नीति/कानून निर्माणको अभ्यास १८५
लबिसा उप्रेती
खण्ड ३ : विपद्मा विद्यालय शिक्षा
आठ भूकम्प पछिको विद्यालय पुनःनिर्माणमा स्रोत बाँडफाँट र वैदेशिक सहायताका आयाम २१९
रुख गुरुङ
नौ कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : संघ र स्थानीय सरकारको “रेस्पोन्स” २४७
सन्जिला मोक्तान
लेखक/सम्पादक परिचय २६९
पुनःमुद्रित लेखहरूको विवरण २७२
अनुक्रमणिका २७३