शाही शासनमा स्वतन्त्र रेडियो : दमन र प्रतिरोधको कथा

चौतारी पुस्तक शृङ्खला ३४

२०६४ ( सन् २००७ )
लेखकः विनोद ढुङ्गेल
पृष्ठः ३३८ , मूल्य रु. १५०
ISBN: 978-99946-8339-0

पुस्तक परिचय / book review
नेपाल समाचारपत् र'सौगात', ८ मंसिर २०६४, पृ. ख
The Rising Nepal, 15 Sep t2007
अन्नपूर्ण पोष्ट, २९ भदौ २०६४
नेपाल समाचारपत्र, २८ भदौ २०६४
गोरखापत्र, २९ भदौ २०६४
हसना म्यागेजिन, ३१ असोज २०६४, वर्ष ३, अङ्क १२
नयाँ पत्रिका, ४ असोज २०६४
बुधबार, १ फागुन २०६४
हिमाल, १–१५ पुस २०६४
गोरखापत्र, २८ पुस २०६४
छलफल साप्ताहिक, ६ माघ २०६४
मूल्याङ्कन, वैशाख-जेठ २०६५
राजधानी (सौजन्य), २१ पुस २०६४

 

स्थानीय प्रसारणको खास परिभाषा रेखांकन गर्ने एफएम रेडियो नै हुन्‍। प्रसारणको पेशागत स्वरूप पनि यिनैले पैदा गरेका हुन्‍ । तर २०६१ माघ १९ पछिको परिस्थिति भने बेग्लै रह्यो । त्यस दिनदेखि सुरु भएको राजाको प्रत्यक्ष शासनकालमा नेपाली मिडियाले निकै ठूलो हण्डर खानुपर्‍यो । त्यसमा पनि  एफएम रेडियो त शाहीसत्ताको आक्रमणको मुख्य तारो नै बनेका थिए । इतिहासको महत्वपूर्ण त्यो कालखण्डमा नेपालका स्वतन्त्र रेडियोले भोगेको दमन–चक्र र त्यसको प्रतिरोधमा भएका संघर्षको क्रमबद्ध प्रस्तुति हो यो पुस्तक— शाही शासनमा स्वतन्त्र रेडियो : दमन र प्रतिरोधको कथा । राजाको प्रत्यक्ष शासनारम्भपछि नेपालका स्वतन्त्र रेडियोविरुद्ध भएको दमनको शृंखला, त्यसको प्रभाव, प्रतिरोध र रेडियो आन्दोलनमा भएको समर्थनका नालीबेलीलाई चार खण्डमा यहाँ प्रस्तुत गरिएको छ । पाँचौँ खण्डमा दमन र प्रतिरोधको यो प्रकरणबाट सिक्नुपर्ने पाठलाई सामेल गरिएको छ । प्रसारण पत्रकारितामा सक्रिय पत्रकारले आफ्ना अनुभवका साथमा विभिन्न स्रोतसामग्रीलाई आधार बनाई पुस्तक तयार पारेका हुन्‍ । पत्रकारिताका विद्यार्थी, अध्येता, इतिहासकर्मी लगायत रेडियोबारे रुचि राख्ने सबै पाठकका लागि यो पुस्तक उपयोगी छ ।

विनोद ढुङ्गेल २०४५ सालदेखि विभिन्न दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका र रेडियोमार्फत पत्रकारितामा क्रियाशील छन् । हाल नेपाल एफएम ९१.८ का सम्पादक रहेका उनी शाही शासन सुरु हुँदासम्म कम्युनिकेसन कर्नरका सम्पादक थिए ।रेडियो नेपालबाट प्रसारण हुने समाचारमूलक कार्यक्रम घटना र विचारका सञ्चालक र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भइसकेका ढुङ्गेल शाही शासनले स्वतन्त्र रेडियोहरूमाथि गरेको दमनको प्रतिकारमा गठन गरिएको स्वतन्त्र रेडियो बचाऊ आन्दोलन, केन्द्रीय संर्घष समितिका सदस्य र स्वतन्त्र रेडियो पत्रकार संर्घष समितिका संयोजक हुन् । उनले पंक्षीजगत -२०६१) र फोटोग्राफी दिर्ग्दर्शन -२०६१) को सम्पादन तथा टेकोले धानेको घर -२०६१) को संयुक्त सम्पादन पनि गरेका छन् ।

विषयसूची


लेखकीय : दमन र प्रतिरोधको कथा    १

एक : दमन     १३
भौतिक दमन      १९
राजधानीमा सैन्यराज     २१
राजधानीबाहिर ज्यादती     २५
कानुनी दमन     ३२
कानुनको सहारा     ३२
कानुनको नाममा स्वेच्छाचारिता     ४२
कानुनमाथि नै हमला     ४७
आर्थिक दमन     ६१
प्रतिकूल बजार     ६१
आर्थिक नाकाबन्दी     ६२
प्राधिकरणको नाममा षड्‍यन्त्र     ६४
शक्तिको चरम दुरुपयोग     ६८
समाचार बन्देजको बाटो     ६८
सत्ताको दुरुपयोग     ७८
हतियारको आवाज सुनाउने साधन     ८८
जनआन्दोलनसँगै दमन र प्रतिरोध     ९८

दुई : दमनको असर     १०९
आमसञ्चारको चरित्र समाप्त     ११३
असत्यभित्र सत्यको खोजी     ११५
कारोबार कटौती     ११८
संकटमा रेडियो पत्रकारिता     १२२
विकल्पको खोजी १२७
समाचारको भोक र राष्टि्रयता     १२८
प्रविधिमा प्रतिगमन     १३०
प्रस्तुतिका नयाँ उपाय     १३२
आत्मसंघर्ष     १३४

तीन : प्रतिरोध     १३९
सडक संघर्ष     १४५
'कू' विरुद्धको आन्दोलनमा रेडियो     १४५
रेडियोको विशिष्ट आन्दोलन     १५५
रेडियो पत्रकारहरूको सचेत भूमिका      १७६
स्टुडियोबाट अवज्ञा     १८५
कानुनी बाटो      १८७          
उपचारात्मक      १८९
प्रतिकारात्मक       १९७
स्वतन्त्रताका लागि संवाद      २१८

चार : समर्थन स्वतन्त्रताका पक्षमा        २२५
राष्ट्रिय जीवनका विभिन्न अंग                   २२६   
सञ्चार जगत्                               २२६
अधिकार पक्षधर                              २४०
राजनीतिक मुद्दा     २५७
विश्व भाइचारा     २६५   
सञ्चारजगत्‍     २६६
अधिकारका पक्षपाती     २८५
देशको दृष्टिकोण     २९१   
समर्थनको विरोध    २९४
सुखद समापन     २९८

पाँच : शाही सत्ताले सिकाएको पाठ     ३०३
सफलताको परिणाम     ३०३
चक्रवर्ती असरभित्र     ३०६
सबैको आफ्नै लडाइँ      ३०९
सबैका लागि, सधैँका लागि     ३१०

सन्दर्भ सामग्री     ३१५
अनुसूची
१. स्वतन्त्र रेडियो बचाऊ आन्दोलन काठमाडौँ घोषणापत्र     ३२७
२. स्वतन्त्र रेडियोहरूका तर्फबाट राजालाई चढाएको विन्तीपत्र       ३२९   
३. स्वतन्त्र रेडियोको आत्मकथा             ३३३
४. वार्ताका लागि स्वतन्त्र रेडियो बचाऊ आन्दोलन केन्द्रीय संघर्ष समितिको अवधारणा २०६२      ३३५

Martin Chautari

Martin Chautari (MC) began as an informal discussion group in Kathmandu in 1991, allowing development professionals and academics to meet every two weeks to share insights and experiences. Now nationally known for its discussions, Chautari also conducts research focused on governance and democracy, media, education and livelihoods with cross-cutting themes of gender and social inclusion. A rigorous mentoring program of young researchers is in-built into MC’s work. The discussions, research, mentoring, publications and the library form an intrinsic part of MC’s primary objective: strengthening the social contract between state and citizens and expanding and making inclusive the public sphere by promoting informed dialogues and analytically rigorous research.

Read more on Institutional Evolution

New Arrivals

Briefing Paper No. 8: The Debilitating Dynamics of Nepal's Constituent Assembly (2008-2012) (English ver./Nepali ver.)


Previous Policy Briefs

Journals

Studies in Nepali History and Society (SINHAS)

SINHAS provides an interdisciplinary forum for original Nepal related research. Read more>>

मिडिया अध्ययन जर्नल [Media Adhyayan Journal]

Media Adhyayan is an annual Nepali language journal dedicated to media studies. Read more>>

Today:

Friday, 24th May 2013

Abstract

The Creation of Public Meaning during Nepal’s Democratic Transition

The Creation of Public Meaning during Nepal’s Democratic Transition’ is a collaborative research project between the School of Oriental and African Studies (SOAS), London and Martin Chautari (MC), Kathmandu. The project is jointly coordinated by Prof. Michael Hutt of SOAS and Dr Pratyoush Onta of MC and is being funded by the British Academy under its International Partnership Scheme for the period March 2010 to March 2013. Read more

Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming Discussions

Chautari Library

The library is open to all from Sunday to Friday, 10:30 am to 5:00 pm except for a half-hour tea break between 2:00pm and 2:30pm when the circulation desk will be closed. Read more>>>

Click here for Online Library Catalog