माओवादी विद्रोहः सशस्त्र सङ्घर्षको अवधि

चौतारी पुस्तक शृङ्खला ३६

सम्पादकः भास्कर गौतम, पूर्ण बस्नेत र चिरन मानन्धर
पहिलो संस्करणः २०६४ (२००७)
पृष्ठः ६००    मूल्यः ३००
ISBN: 978-9937-8004-1-9

पुस्तक परिचय / book review
Read, Jan-Apr 2008, vol. 2, No. 1
मूल्याङ्कन, चैत २०६४
नेपाल-समाचारपत्र 'सौगात' ४ जेठ २०६५
देशान्तर साप्ताहिक, फागुन २०६४, पृ. ४ वर्ष २५, अंक ४५

 

नेपाली समाजले नेकपा (माओवादी) माथि निर्माण गरेको बहुआयामिक दृष्टिकोणको अनुपम सँगालो हो यो पुस्तक । यति मात्र हैन,  नेकपा (माओवादी) ले नेपाली राज्यमाथि कस्तो अवधारणा र दृष्टि निर्माण गर्दै सशस्त्र विद्रोह गर्‌यो ? यी जिज्ञासाहरुको चौतर्फी विश्लेषण यस पुस्तकमा समाहित छ । दस वर्षको दौरानमा नेकपा (माओवादी) ले वैचारिक रुपमा अँगालेका राजनीतिक, आर्थिक र सांस्कृतिक नीतिहरु; त्यसलाई स्थापित गर्न उनीहरुले अपनाएका रणनीतिहरुको चिरफार पुस्तकमा पाइन्छ । धेरै कारणले नेपालको इतिहासमा विशेष महत्वपूर्ण रहेको यो समयावधिमा मूलतः नेकपा (माओवादी) को विषयमा केन्द्रत मिहिन, कठिन र कष्टकर बहससँगै नेपाली समाजले तय गरेको यात्राको ऐतिहासिक चित्रण पुस्तकमा छ । त्यसैले नेकपा (माओवादी) को सफलता र असफलताको कथालाई हुबहु चित्रण गर्नु पुस्तकको उद्देश्य हो । यसको लागि केवल चालीस बुँदेदेखि बाह्र बुँदे्सम्मको सशस्त्र सङ्घर्षको अवधिलाई पुस्तकले अध्ययनको आधार बनाएको छ ।

भास्कर गौतम मार्टिन चौतारीसँग आबद्ध अध्येता हुन् । उनले नेपाली मिडिया, मानवीय सुरक्षा र राजनीतिक विषयमा पुस्तकहरु सम्पादन गरेका छन् । छायामा जनजाति (२०५८), नेपालमा गरिबीको बहस (२०६१), सहरीकरणः जीविकाको विविध आयाम (२०६३) उनको सह-सम्पादनमा प्रकाशित प्रमुख पुस्तकहरु हुन् । विभिन्न पुस्तक र पत्रिकामा नेपालको समसामयिक विषयहरुमा उनका लेखहरू प्रकाशित छन् ।

पूर्ण बस्नेत पत्रकार हुन् । हाल उनी हिमाल खबरपत्रिका का सहायक सम्पादक र विभिन्न संस्थाहरुको पहलमा निस्कने जर्नल रुपान्तरणः समाज अध्ययन का सह-सम्पादक हुन् । उनको सह-सम्पादनमा नेपालमा गरिबीको बहस (२०६१) र विशेषअधिकार र आरक्षणको राजनीति (२०६३) पुस्तक प्रकाशित छन् ।

 

चिरन मानन्धर समाजशास्त्रका विद्यार्थी हुन् । उनले सहरी खानाको संस्कृतिबारे अनुसन्धान गरेका छन् । सहरी गरिबी र नेपाली राजनीतिमाथि उनको रुचि छ ।

विषयसूची

परिचयः माओवादी सशस्त्र सङ्घर्षमाथि बहस   
भास्कर गौतम र चिरन मानन्धर

खण्ड एकः सङ्घर्षको विश्लेषण      
'माओवादी जनयुद्ध' र 'झापा विद्रोह'  कति समानता, कति असमानता   ३
गौरव

रोल्पाले दिएको सङ्केत            २०
हृषीकेश शाह

किलो शेरा टु अपरेसन    २५
मोहनविक्रम सिंह

माओवादी गतिविधिः हाम्रो दृष्टिकोण र नीति   ३३
नेकपा (एमाले)

माओवादी गतिविधिबारे नेपाली काँग्रेसको दृष्टिकोण     ४९
नरहरि आचार्य

प्रचण्डको इन्टरनेट अन्तर्वार्ता  नेपाली माओवादीको बौद्धिक अनुहार   ६१
दीपक ज्ञवाली

माओवादीलाई आतङ्कवादीको संज्ञा दिनुको कुनै अर्थ छैन ६९
प्रदीप गिरी

माओवादी समस्या र राज्यपक्षको दिग्भ्रम            ७८
रामचन्द्र पौडेल

माओवादी जनयुद्ध र सम्झौता-वार्ताहरू              ८४
हरि रोका

नेपालको भू-राजनीति र माओवादी जनयुद्ध सिस्नेदेखि सोल्टी हुँदै भारत      ९५
हरि शर्मा

खण्ड दुईः आर्थिक-सामाजिक न्याय
नेपालमा जनयुद्धको अर्थ-राजनीतिक औचित्य         १०५
डा. बाबुराम भट्टराई

माओवादीको युद्ध-खर्च                  १५१
उजिर मगर

विकासको विनाश कि विनाशको विकास -           १६२
डा. पीताम्बर शर्मा

सुरक्षा बिनाको सुरक्षा खर्च        १६७
केदार सुवेदी

माओवादीको साम्प्रदायिक साँठगाँठ                १७३
सुधीर शर्मा/श्रीभक्त खनाल

जातीय स्वशासनः मीठो जहर !            १८०
जेबी पुन मगर

प्रादेशिक स्वायत्त जनसत्ताहरूको घोषणापछि उठेका प्रश्नहरू      १८७
देव गुरुङ

नयाँ जमिन्दारको रूपमा माओवादी   १९४
शरद के.सी.

जनयुद्धमा दलितको सहभागिता र विशेषअधिकार              १९९
हिसिला यमी

माओवादी सेनामा महिला          २१८
मातृका पौडेल

नेपालको जनयुद्धमा महिला        २२६
हिसिला यमी

खण्ड तीनः वैचारिक-साङ्गठनिक रणनीति
आधार इलाका निर्माणका चुनौती र सम्भावनाहरू             २३७
डा. बाबुराम भट्टराई

कसरी चलिरहेछ माओवादीको जनसत्ता -            २६४
किशोर पन्थी

आधार इलाका टिक्न सम्भव छ -          २७२
श्याम श्रेष्ठ

गाउँमा परिवर्तन         २७७
किशोर नेपाल

माओवादी क्षेत्र नजिकै गएर हेर्दा           २८४
गोविन्द वर्तमान

नेपाली माओवादीः बेल्जियमबाट युरोपभरि            २९४
कृष्णज्वाला देवकोटा

नेपाली जनयुद्ध र विचारधारात्मक संश्लेषणको प्रश्न             २९८
प्रचण्ड

माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन केही सकारात्मक सङ्केत, केही खतरनाक प्रस्तावना        ३१२
माधवकुमार नेपाल

'प्रचण्डपथ' लिनप्याओवादी गल्ती हो               ३२३
प्रकाश

प्रचण्डपथः वैचारिक संश्लेषणको महान् अग्रगामी छलाङ ३३१
किरण

राजनीतिको मूलधारमा र्फकने कसरत              ३४८
हरि रोका

खण्ड चारः फौजी सङ्घर्ष र सुरक्षा क्षेत्र
गाम सैन्य बेस क्याम्पमाथिको आक्रमण             ३५९
पासाङ

त्यो रात आफैले देखेको बेनी आक्रमण             ३६७
मनऋषि धिताल

मिलिसिया अर्थात् बलिका बोका            ३७४
रेवती सापकोटा

कलम बोकेका गुरिल्ला           ३८२
भोजराज भाट

जनमुक्ति सेनाभित्र महिला वीरङ्गनाहरूको इतिहास             ३८७
कमला रोका

शाही सेना र माओवादी           ३९४
कृष्णनारायण सिंह थापा

माओवादी विरुद्ध सेना प्रयोगको सवाल             ३९९
झलनाथ खनाल

रणनीतिमै चुक्यो सेना            ४०४
ध्रुवकुमार

माओवादीको प्रत्याक्रमण-चक्र             ४१३
माण्डवराज कार्की

कसरी जोगाउने नेपाल प्रहरी              ४१८
शिव गाउँले

खण्ड पाँचः नागरिक अधिकार
पत्र-सम्वादः रवीन्द्र मिश्र र डा. बाबुराम भट्टराईबीचको         ४३१

माओवादी आन्दोलन, सरकार र नेपाली प्रेस          ४४२
राजेन्द्र दाहाल

पुस्तक पढ्ने कि पुस्तक जलाउने -         ४४७
खगेन्द्र संग्रौला

सहरमा शान्ति गाउँमा सास्ती              ४५१
मोहन मैनाली

माओवादी कानूनमा जीवनको कुनै मूल्य छैन         ४५९
कुन्दन अर्याल

मृत्युभन्दा कठोर सजाय           ४६५
मोहन मैनाली

हामीले गुमाएका ज्यानहरू         ४७७
मञ्जुश्री थापा

एम्बुस बन्द गर !               ४८६
कनकमणि दीक्षित

जनविद्रोहको ज्वालामा दैलेखका माओवादी घटना, कारण र परिणाम   ४९१
किशोर नेपाल

खण्ड छः बदलिँदो राजनीतिक समीकरण
सत्ताको खेलका पछिल्ला खेलाडीहरू        ५०३
सीके लाल

माओवादी आन्दोलन र संविधानसभाको प्रस्ताव महावादविवादको खाँचो        ५१४
गोविन्द न्यौपाने

पार्टि र माओवादी मेलः विश्वास बढाउने अवसर       ५२०
प्रा. कृष्ण खनाल

अनि मात्र आउँछ शान्ति          ५२६
डा. बाबुराम भट्टराई

दल-माओवादी समझदारीः प्रभाव र सम्भावनाहरू      ५३२
प्रदीप ज्ञवाली

दल-माओवादी सहमतिको निहितार्थ         ५३९
मुमाराम खनाल

पार्टिले संविधानसभालाई तारो बनाऊन्              ५४४
देवेन्द्रराज पाण्डे

शान्तिपूर्ण तरिका अपनाउने दायित्वबोध भएको छ      ५४९
प्रचण्डसँग अन्तर्वार्ता

उपलब्धिको कसीमा विद्रोहको दशक               ५६०
वामदेव गौतम

जनयुद्धका उपलब्धि र चुनौती             ५६९
डा. बाबुराम भट्टराई

'जनयुद्ध' हिजो, आज र भोलि             ५७६
सुधीर शर्मा

अनुसूची       
१. संयुक्त जनमोर्चा नेपालको चालीस बुँदे मागहरू     ५८५
२. सातदल र माओवादीबीच भएको बाह्र बुँदे समझदारी ५९०
३. 'जनयुद्ध' को अवधिमा मारिएकाहरूको सङ्ख्या     ५९४

Martin Chautari

Martin Chautari (MC) began as an informal discussion group in Kathmandu in 1991, allowing development professionals and academics to meet every two weeks to share insights and experiences. Now nationally known for its discussions, Chautari also conducts research focused on governance and democracy, media, education and livelihoods with cross-cutting themes of gender and social inclusion. A rigorous mentoring program of young researchers is in-built into MC’s work. The discussions, research, mentoring, publications and the library form an intrinsic part of MC’s primary objective: strengthening the social contract between state and citizens and expanding and making inclusive the public sphere by promoting informed dialogues and analytically rigorous research.

Read more on Institutional Evolution

New Arrivals

Briefing Paper No. 8: The Debilitating Dynamics of Nepal's Constituent Assembly (2008-2012) (English ver./Nepali ver.)


Previous Policy Briefs

Journals

Studies in Nepali History and Society (SINHAS)

SINHAS provides an interdisciplinary forum for original Nepal related research. Read more>>

मिडिया अध्ययन जर्नल [Media Adhyayan Journal]

Media Adhyayan is an annual Nepali language journal dedicated to media studies. Read more>>

Today:

Thursday, 23rd May 2013

Abstract

The Creation of Public Meaning during Nepal’s Democratic Transition

The Creation of Public Meaning during Nepal’s Democratic Transition’ is a collaborative research project between the School of Oriental and African Studies (SOAS), London and Martin Chautari (MC), Kathmandu. The project is jointly coordinated by Prof. Michael Hutt of SOAS and Dr Pratyoush Onta of MC and is being funded by the British Academy under its International Partnership Scheme for the period March 2010 to March 2013. Read more

Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming Discussions

Chautari Library

The library is open to all from Sunday to Friday, 10:30 am to 5:00 pm except for a half-hour tea break between 2:00pm and 2:30pm when the circulation desk will be closed. Read more>>>

Click here for Online Library Catalog