Martin Chautari Mailing List
Last Updated on Thursday, 26 January 2012 06:58 Friday, 25 March 2011 10:04
मिडिया तालिमः नेपाली अभ्यासको लेखाजोखा| नेपालमा सञ्चालित मिडियासम्बन्धी तालिमहरु पत्रकारिता क्षेत्रमा आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्ने भरपर्दा स्रोत बनेका छन् । यो पुस्तक मिडिया तालिमः नेपाली अभ्यासको लेखाजोखाले मिडियाका जनशक्तिलाई लक्षित गरेर नेपालमा भइरहेका मिडिया तालिमको साङ्गोपाङ्गो जानकारी दिन्छ । पुस्तक सात अध्यायमा विभाजित छ । नेपालमा मिडियासम्बन्धी के–कस्ता तालिम भइरहेका छन्, तिनका विषयवस्तु वा पाठ्यक्रम कस्ता छन्, तालिम दिने र लिने प्रक्रियामा को–को सहभागी छन्; यी र यस्तै जिज्ञासाहरुको समाधानका लागि प्रस्तुत पुस्तक पठनीय छ । पुस्तकले तालिमका लागि आर्थिक स्रोत कसरी जुटिरहेको छ र तालिमका उपलब्धिबारे सम्बन्धित क्षेत्रका व्यक्तिहरुको धारणा के छ भन्ने सम्बन्धमा पनि विशद अध्ययन प्रस्तुत गरेको छ । पत्रकारिताको औपचारिक शिक्षण र तालिमको अनौपचारिक प्रशिक्षणबीचको निकटता र दूरता केलाउँदै विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको मिडिया पाठ्यक्रमको विवेचनासमेत गरिएको छ । बृहत् अध्ययन र व्यापक अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा मिडिया तालिम सञ्चालन गरिंदा अपनाइनुपर्ने सुधारका पक्षहरु पुस्तकको अन्तिम अध्यायमा औंल्याइएको छ । प्रस्तुत पुस्तकले नेपालमा मिडिया तालिमको अभ्यासका क्रममा देखिएका सकारात्मक र कमजोर प्रवृत्तिबारे वस्तुगत मूल्याङ्कन प्रस्तुत गरेको छ । मिडियासम्बन्धी तालिममा संलग्न प्रशिक्षक र प्रशिक्षार्थी, अध्ययनमा संलग्न विद्यार्थी र प्राध्यापकका साथै पत्रकार र जिज्ञासु सबैका लागि पुस्तक पठनीय र उपयोगी छ । |
देवराज हुमागाईं, शेखर पराजुली, हर्षमान महर्जन र अर्जुन पन्थी मार्टिन चौतारीमा आबद्ध मिडिया अनुसन्धाता हुन् ।
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge