चौतारी पुस्तक श्रृंखला ३
सम्पाद प्रत्यूष वन्त , कुमार यात्रु, भास्कर गौतम
मार्टिन चौतारी / सामाजिक विकास तथा अनुसन्धान केन्द्र, थापाथली , काठमाडौ
पहिलो संस्करणः २०५८
पृष्ठः ५६४ , मूल्यः रु. ४२५
ISBN 99933-1-931-7
लामो समयदेखि नेपालीका जनजातिहरू राज्यसत्ताको उपेक्षाका मारमा पर्दै आएका छन् । उनीहरू राजनीतिक , सामाजिक, साँस्कृतिक, भाषिक, शैक्षिक आदि क्षेत्रमा भेदभावका शिकार बनेका छन् । नेपालको बहुलवादी विशिष्ट राष्ट्रिय चरित्रअनुरूप उनीहरूले समानताको हक प्राप्त गर्न सकिरहेका छैनन् । यसैले सत्ताको यथास्थिति परिचालनले यो भेदभाव मेटाउन नसक्ने मात्र होइन, एक समुदायविशेषको स्वार्थ सुरक्षा गर्दै बहुसङ्ख्यक माथि हुने/ भइरहेको थिचामिचो ढाकछोप हुने प्रसङ्ग पनि हालैका दिनहरूमा उठेका छन् । कृत्रिम बहुलवादको भ्रमबाट मुक्त भएर सामुदायिक बहुलवादलाई प्रतिस्थापन गर्नु पर्ने वैकल्पिक विचार पनि आएका छन् ।
जनजातिहरूको शिक्षा , स्वास्थ्य र रोजगारका कुराहरू आएका छन् । धर्म, संकृति र इतिहास कोट्याउने जमर्को पनि भएका छन् । सरकारी र गैह्रसरकारी नीति र विचारका प्रसङ्ग पनि झिकिएका छन् । समग्रमा बितेका वर्षरूमा सामाजिक विकासको अभ्युदयका लागि विद्धान्, लेखक, पत्रकार, अनुसन्धानकर्ताहरूले शब्दसेतुमार्फ समग्र राष्ट्रको ध्यान जनजाति समुदायतर्फआकर्षा गर्ने पहल गरेका छन् । ती पहलहरूलाई राष्ट्रिय तथा क्षेत्रीय स्तरमा प्रकाशित पत्रपत्रिकाले छापेका छन् । तिनै पत्रपत्रिकामा छरिएर रहेका लेख, फिचर, समाचार, स्तम्भहरूको एकमुष्ट प्रस्तुतिनै छापामा जनजाति हो ।
प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । राष्ट्रियता, मिडिया र क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धान गर्नु भएको छ । हाल उहाँ मार्टिन चौतारीको संयोजक र द काठमाडौं पोष्टका स्तम्भ लेखक हुनुहुन्छ ।
कुमार यात्रु पत्रकार हुनुहुन्छ । उहाँले जनजाति र मिडिया क्षेत्रमा अनुसन्धान गर्नु भएको छ । हाल उहाँ श्रीरुपरेखा साप्ताहिकको सम्पादक हुनुहुन्छ ।
भास्कर गौतमले नेपाली किताब प्रकाशन व्यवसाय, नेपालको विकास क्षेत्रमा हुने गरेको चन्दादान र मिडियाबारे अनुसन्धान गर्नु भएको छ ।
पुस्तकमा के छ -
धन्यवाद
सम्पादकीय
१. जनजातिः परिभाषा र पहिचान
नेपालका आदिवासी जनजातिबारे केही विचार
डा . ओम गुरुङ
को हुन् त नेपालका आदिवासी जनजाति -
श्रीबहादुर आलेमगर
आदिवासीहरुको सांस्कृतिक पहिचानको प्रश्न
खगेन्द्र संग्रौला
जनजाति / आदिवासीको परिभाषा र पहिचान
दीपबहादुर भलञ्जा छन्त्याल
कुनै जाति कसैको चाहनामा बन्छ र -
डिल्लीजंग तमु
नेपालमा जातप्रथा , जनजाति र परिवर्तनको शुरुवात
निलमशेखर अधिकारी
जिरेलहरु आधुनिकतासँग रमाउन चाहन्छन्
विनयशेखर गुरागाईं
छोरा जनमदा रुन्छन् दनुवार जाति
युमाश कटाक्ष
वनको राजा कुसुण्डाको छैन - रस्ती बस्ती
उजिर बुढाथोकी मगर
माझी जातिको संस्कार र उनीहरुको अवस्था
विकेम " प्रयासी"
किसानका ' राजा' आफ्नो जाति लोप हुन लागेकोमा चिन्तित छन्
चिन्तामणि दाहाल
राउटेहरु परिवर्तनको बाटोमा
दिनेश चौधरी
लाप्चाहरुको अनौडो वैवाहिक सतार जाति
रमेश थापा
हायुहरु भन्छन् हाम्रा मान्छे छैनन
नारायण वाग्ले
प्रजाहरु अझै महाभारतका ओढारमा बस्छन्
प्रताप विष्ट
उत्पीडित जीवन बाँचिरहेको सुरेल जाति
गोकर्ण खरेल
२. शैक्षिक स्थिति
नेपालका जातजाति र शैक्षिक स्थिति
डा . हर्क गुरुङ
शिक्षा हैन , माने मोह
रेवती सापकोटा
मातृभाषामा शिक्षाको महत्व
डा . नोवल किशोर र्राई
अङ्ग्रेजी होइन लिम्बू भाषाको दुनियाँ
देवेन्द्र भट्टर्राई
३. पेशा
नेपाली समाजमा लाहुरे
प्रत्यूष वन्त
नेपालमा पर्यटन व्यवसाय र जनजाति सहभागिता
इन्द्र गुरुङ
विस्थापित हुँदै गएको बोटे जाति र जातीय पेशा
रमेश अधिकारी
कोशी किनारका माझीहरुको पीडा
संजीवन महर्जन
कुमालहरुको संस्कृतिले जोगाएको काठेकोल
शिशिर शर्मा
राष्ट्रिय निकुञ्ज र आदिवासी वीचको अर्न्तर्द्वन्द्व
दीपक आचार्य
४. बालबालिका तथा महिला
बालश्रम शोषणको जाँतोमा पिल्सिँदै छन् , जनजाति बालबालिकाहरु
राजकुमार दिक्पाल
नेपालमा महिला विकासको लैङ्गकि अवधारणा र आदिवासी जनजाति महिलाको स्थान
यशोकान्ति भट्टचन
सिंङ्सवा भोटेहरुमा साझा स्वास्नीको समस्या
नारायण वाग्ले
थारु जातिका युवतीहरुको चाहना र वर्तमान माज
टंक पन्त
मधेशी आदिवासी जनजाति महिला
कल्पना चौधरी
आदिवासी जनजातिमा सुरक्षित मातृत्वको अभाव
गजेन्द्र बुढाथोकी
कुन जातजातिको चेलिबेटी बढी बेचिएका छन् त -
वि.के. राना
जनजाति महिला र आन्दोलनको बाटो
संगीनी रानामगर
५. जनजाति, जाति र बाहुनवाद
नेपालको जातीय विविधताः समस्याको जरो कि सकारात्मक श्रोत -
डोरबहादुर विष्ट
बाहुनवादः कल्पना वा यथार्थ -
कमलप्रकाश मल्ल
हिन्दूवादको षड्यन्त्रमा परेका जनजातिहरुको अवस्था
काजीमान कन्दङवा
६. नेपाली संविधान र जनजाति
नेपाल अधिराज्यको संविधान - २०४७ र जातीय भेदभाव
रत्न रानामगर
जनजातिका सवालमा वर्तमान संविधान संशोधन गर्न गरिएको सिफारिस
नेपाल जनजाति महासंघ
७. धर्म र संस्कृति
प्राचीन किराँतहरु बौद्ध धर्मावलम्बी थिए -
खड्गविक्रम चामिलङ
मगर बुद्धिष्ट थिए , हिन्दु मानिए र मासिए
गोपाल गुरुङ
दशैं बहिष्कार - ब्राहृमणवाद विरुद्धको व्रि्रोही अभिव्यक्ति
दुर्गाहाङ याक्खा राई
कतै हामी आफ्ना चार्डपर्वहरुलाई अरुका भन्दै त छैनौ -
मोदनाथ प्रश्रति
ब्राहृमण जातिलाई पुरोहित मान्ने कि नमान्ने मगर जातिमा विवाद
कान्तिपुर समाचारदाता
चेपाङहरु धर्मपरिवर्तनको शिकार बन्दैछन्
कान्तिपुर समाचारदाता
तमु संस्कृतिः एक समीक्षा
जगमान क्होँगि लम तमु
र्राईहरुको आस्थामाथि सरकारी डोजर
किरण सुब्बा
धर्म निरपेक्षताको प्रश्न
डा . ओम गुरुङ
जनजातिहरु हिन्दू होइनन्
निर्मल लामा
८. भाषा
भाषा विवाद मध्यम मार्ग नै बेस
सङ्गीता लामा
भाषा आन्दोलन - संघर्ष कि समन्वय-
सी.के. लाल
विश्वमा सरकारी भाषाको परम्परा
प्रदीप थापा मगर
संस्कृत भाषासम्बन्धी केही कुराहरु
सुरेश आलेमगर
किराँत लिपिबारे टिप्पणीहरु
किराँती जेवीर्राई
आदिवासी र जनजातिको भाषाको संरक्षण र विकास
वैरागी काइला
९. मिडिया र जनजाति
प्रिन्ट मिडियामा जनजाति सहभागिता
शेखर पराजुली र भास्कर गौतम
पत्रपत्रिकामा जनजाति विषयवस्तु
शेखर पराजुली
रेडियो प्रसारणमा जनजातिमाथि पक्षपात
कुमार यात्रु
आदिवासी जनजातिका पत्रपत्रिका एक र्सर्वेक्षण
गणेश राई
जनजाति आन्दोलनमा तामाङ टाइम्स पत्रिका
अमृत योञ्जन
राई जातिको पहिलो डकुमेन्ट्री साकेवा
गणेश भुजुवार
राष्ट्रिय भाषामा निर्मित टेलिफिल्महरु कहाली लाग्दो वर्तमान र अन्धकारपूर्णा भविष्यको दोसाँधमा
विदेशमा दुई पल्ट पुरस्कृत चलचित्र खाङ्गरी र यसका निर्देशक
हरिगोविन्द लुइँटेल
इतिहास सच्याउन बनेको ऐतिहासिक चलचित्र सीमा - रेखा
रामबहादुर थापा मगर
नेपाल आदिवासी / जनजाति पत्रकार संघः एक चिनारी
अनिज न्यूज डेस्क
१०. सरकारी नीति, विकास र जनजाति
नवौं योजना - २०५४- २०५९) विकास कार्यक्रममा आदिवासी तथा जनजाति
नवौं योजनामा आदिवासी र जनजातिः आदिवासी र जनजातिको दृष्टिकोणबाट एक आलोचनात्मक समीक्षा
डा . कृष्णबहादुर भट्टचन
राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान स्थापनासम्बन्धी सन्तबहादुर गुरुङ्ग आयोगको प्रतिवेदनको मुख्य मुख्य बुँदा र सुझावहरु
राष्ट्रिय जनजाति विकास समितिका कार्यक्रम र नीति
आ . व. २०५६/ ०५७ मा जनजाति विकाससम्बन्धी भएका कार्यक्रमहरुको छोटो परिचर्चा
खेमाहाङ जिमी र संगिनी रानामगर
प्रजा जाति विकास कार्यक्रमः एक चर्चा
पोखरेल
११. जनजाति र राजनीति
आम निर्वाचन २०५६ः नेपालका राजनीतिक दलहरु र जनजाति
उदय जी.एम.
राष्ट्रिय पार्टी भिन्न नसकेको सत्तारुढदल
कुमार यात्रु
जनजातीय समस्या सम्बन्धी राजनैतिक पार्टीको नीति
नन्द कन्दङ्वा
आसन्न आम निर्वाचन र लिम्बुवानको बहिष्कार
वीर नेम्वाङ
समावेशी प्रजातन्त्र र शासन व्यवस्थाका संरचनाहरु
महेन्द्र लावती
संघात्मक सरकार र समानुपातिक प्रतिनिधित्व
गोरेबहादुर खपाङ्गी
१२. विकेन्द्रीकरण, स्वशासन र आत्मनिर्णयको अधिकार
केन्द्रीकृत शासनसत्ता र स्वायत्त शासनको सवाल
परशुराम तामाङ
नेपालमा स्वशासनको स्वरुपः एक छलफल
युद्धनारायण थारु
जाति - जनजाति समूह केन्द्रीत विकेन्द्रीकरणः स्थानीय स्वशासनको आवश्यकता र स्वरुप
डा . कृष्णबहादुर भट्टचन
मगराँत स्वायत्तताको माँग र मगर जातिको बाहूल्य क्षेत्र
लोकबहादुर थापामगर
१३. मानव अधिकार र जैविक विविधता
संयुक्त राष्ट्र संघद्वारा प्रस्तावित आदिवासी अधिकारसम्बन्ी मस्यौदा घोषणा - पत्र र राज्यको दायित्व
सुरेश आलेमगर
नेपालमा आदिवासी - जनजाति र मानव अधिकार
गोपाल सिवाकोटी ' चिन्तन'
नेपालका आदिवासी र जैविक विविधता
स्टेला तामाङ
नेपालमा आदिवासी - जनजाति र मानव अधिकार
गोपाल सिवाकोटी ' चिन्तन'
१४. जनजाति आन्दोलनः प्रयास र प्रवृत्तिहरु
आगामी राष्ट्रिय जनगणना र आदिवासी - जनजाति तथ्याङ्क
बालकृष्ण माबुहाङ
नेपालमा जनजाति आन्दोलनको विकासक्रम
सिताराम तामाङ
विगतमा जातीय मुक्तिको प्रयास
उजिर बुढाथोकी मगर
नेपालमा जनजातीय आन्दोलन र वर्गसंघर्ष
रेशम श्रीस मगर
आरक्षण नीति र योग्यतासम्बन्धी भ्रम
महेन्द्र लावती
नेपालमा जातीय आन्दोलन र जनजाति महासंघको भूमिका
दिलेन्द्र सुब्बा
जनजाति आन्दोलनमा गैससहरुको भूमिका
लक्ष्मी तामाङ
राष्ट्रवाद र जनजाति
विलियम एफ. फिशर
१५. घोषणा- पत्र र दस्तावेजहरु
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अन्तरिम घोषणा - पत्र २०५७
खम्बुवान् राष्ट्रिय मोर्चाको नीति र कार्यक्रम
तामाङ राष्ट्रिय मुक्ति मोर्चा , नेपालको घोषणा- पत्र २०५५
माओवादीको जातीय नीतिसम्बन्धी प्रस्तावमा के छ -
भाषिक अधिकारसम्बन्धी राष्ट्रिय घोषणा - पत्र
सन्दर्भ सामग्री सूची
अनुसूचि कः नेपाल जनजाति महासंघका सदस्य संगठनहरु
अनुसूचि खः जनजाति पत्रिकाहरु
Martin Chautari (MC) began as an informal discussion group in Kathmandu in 1991, allowing development professionals and academics to meet every two weeks to share insights and experiences. Now nationally known for its discussions, Chautari also conducts research focused on governance and democracy, media, education and livelihoods with cross-cutting themes of gender and social inclusion. A rigorous mentoring program of young researchers is in-built into MC’s work. The discussions, research, mentoring, publications and the library form an intrinsic part of MC’s primary objective: strengthening the social contract between state and citizens and expanding and making inclusive the public sphere by promoting informed dialogues and analytically rigorous research.
Briefing Paper No. 8: The Debilitating Dynamics of Nepal's Constituent Assembly (2008-2012) (English ver./Nepali ver.)

SINHAS provides an interdisciplinary forum for original Nepal related research. Read more>>
Media Adhyayan is an annual Nepali language journal dedicated to media studies. Read more>>
Discourses of Awareness: Development, Social Movements and the Practices of Freedom in Nepal;
The Creation of Public Meaning during Nepal’s Democratic Transition’ is a collaborative research project between the School of Oriental and African Studies (SOAS), London and Martin Chautari (MC), Kathmandu. The project is jointly coordinated by Prof. Michael Hutt of SOAS and Dr Pratyoush Onta of MC and is being funded by the British Academy under its International Partnership Scheme for the period March 2010 to March 2013. Read more
Martin Chautari organizes discussions thrice a week.
The library is open to all from Sunday to Friday, 10:30 am to 5:00 pm except for a half-hour tea break between 2:00pm and 2:30pm when the circulation desk will be closed. Read more>>>