मोरङमा पत्रकारिताको अर्धशताब्दी

चौतारी पुस्तक श्रृंखला २०

प्रमोद प्रधान
पहिलो संस्करण २०६१ / सन् २००४
पृष्ठ २२२ , मूल्य १७५
ISBN 99933-812-6-8

Book Review
The Rising Nepal, December 10, 2004
कान्तिपुर, २३ फागुन २०६१, शनिबार पेज न. ६
 

 

नेपालमा काठमाडौं उपत्यकाभन्दा बाहिरका विभिन्न क्षेत्रमा पनि पत्रकारिताको अभ्यास भइरहेको छ । केही क्षेत्रको छापा पत्रकारिताले छ लामो इतिहास बोकेको छ । व्यवस्थित रुपमा यस्ता अभ्यासको लेखाजोखा गर्ने काम भने त्यति भएको पाइदैन । तर पछिल्लो तीन - चार वर्षा क्षेत्रीय पत्रकारिताबारे केही अधययन अनुसन्धान हुन थालेका छन् । यस्ता अध्ययनका केही लेखनी पुस्तकको रुपमा बजारमा उपलब्ध भए पनि तिनमा समावेश विषयवस्तु र विश्लेषण निकै सतही र मलिन देखिन्छ । मोरङमा पत्रकारिताको अर्धशताब्दी क्षेत्रीय पत्रकारिताको अध्ययनलाई अलि व्यवस्थित र सशक्त बनाउने एउटा सानो उदाहण हो ।

यस पुस्तकमा मोरङको पात्रकारिताको वस्तुगत स्थिति र त्यसको गुण / दोषलाई केलाइएको छ । यहाँको पत्रकारिताको करिब ५० वर्षो इतिहासको सिलसिलेवार वर्णन पनि यसमा समावेश छ । हुन त मोरङको पत्रकारिताबारे केही लेखनीहरु देखा नपरेका होइनन् । तर ती अपर्याप्त थिए । यो कमीको सम्पूर्ण क्षतिपूर्ति यस पुस्तकले नगरे पनि मोरङको पत्रकारिताको साङ्गोपाङ्गो संसार भने कोरेको छ । यसमा मोरङको पत्रकारिताबारे विविध तथ्यहरु मिहिन र विस्तृत रुपमा प्रस्तुत भएका छन् । त्यसैले विश्वस्त भएर भनन सकिन्छ अबका दिनमा हुने मोरङको पत्रकारिताको अध्ययन अन्वेषणको लागि यो पुस्तक उदाहरण बन्ने कुरामा पनि निश्चिन्त हुन सकिन्छ । अझ विशेषतः धेरै विधामा मोरङ अग्रणी रहेका विशवास पालेर बसेकाहरुलाई यहाँको पत्रकारिता देशका अन्य धेरै क्षेत्रभन्दा किन निकै पछि परेको हो भनेर कमीकमजोरी केलाउने आधार पनि यो पुस्तकले दिने छ ।

प्रमोद प्रधान राष्ट्रिय समाचार समितिसँग सम्बद्ध पत्रकार हुनुहुन्छ । २०३१ सालदेखि पत्रकारिताको अभ्यास गरिरहनु भएका प्रधानको साहित्यिक लेखनमा पिन त्यति बेलादेखि नै सक्रियता रहँदै आएको छ । उहाँको सह-सम्पादन र सम्पादनमा सातवटा पुस्तक प्रकाशित छन् । त्यस्तै चारवटा कविता सङ्ग्रहका साथै केही अध्ययनः केही अनुसन्धान (२०४४) र नेपाली बालसाहित्यको इतिहास (२०५७) उहाँका महत्वपूर्ण मौलिक कृतिहरु हुन् ।

पुस्तकमा के छ -

प्रकाशकीय
शुभेच्छा
प्राक्कथन

संक्षिप्त नाम सूची
एकः नेपालमा पत्रकारिताको प्रारम्भ र विकास
दुईः मोफसलमा पत्रकारिताको थालनी र मोरङ जिल्ला
तीनः समाचार पत्रकारिता
चारः पाँचदशकको समाचार पत्रकारिताः स्थिति , प्रवृत्ति, समस्या र सम्भावना
पाँचः मोरङका समाचारदाता
छः साहित्यिक र अन्य पत्रकारिता
सातः बाल - भित्तेपत्रिका
आठः विद्युतीय सञ्चारमाध्यमहरू
नौः पत्रकारिताको विकासमा संस्थागत प्रयास
दसः मोरङका केही महत्वपूर्ण पत्रकारहरू

सन्दर्भ सामग्री
परिशिष्ट
क . मोरङको परिचयात्मक विवरण र तथ्याङ्क
ख . पहिलो अङ्कका सम्पादकीयहरू
ग . साहित्यिक र अन्य पत्रिकाका सम्पादकीयहरू
घ . मोरङको समाचार पत्रिकाको सूची
ङ . साहित्यिक र अन्य पत्रिकाको सूची
च . मोरङबाट प्रकाशित बुलेटिनको सूची
छ . मोरङबाट प्रकाशित स्मारिकाको सूची
ज . कार्यशालाको निष्कर्ष

Martin Chautari

Martin Chautari (MC) began as an informal discussion group in Kathmandu in 1991, allowing development professionals and academics to meet every two weeks to share insights and experiences. Now nationally known for its discussions, Chautari also conducts research focused on governance and democracy, media, education and livelihoods with cross-cutting themes of gender and social inclusion. A rigorous mentoring program of young researchers is in-built into MC’s work. The discussions, research, mentoring, publications and the library form an intrinsic part of MC’s primary objective: strengthening the social contract between state and citizens and expanding and making inclusive the public sphere by promoting informed dialogues and analytically rigorous research.

Read more on Institutional Evolution

New Arrivals

Briefing Paper No. 8: The Debilitating Dynamics of Nepal's Constituent Assembly (2008-2012) (English ver./Nepali ver.)


Previous Policy Briefs

Journals

Studies in Nepali History and Society (SINHAS)

SINHAS provides an interdisciplinary forum for original Nepal related research. Read more>>

मिडिया अध्ययन जर्नल [Media Adhyayan Journal]

Media Adhyayan is an annual Nepali language journal dedicated to media studies. Read more>>

Today:

Friday, 24th May 2013

Abstract

The Creation of Public Meaning during Nepal’s Democratic Transition

The Creation of Public Meaning during Nepal’s Democratic Transition’ is a collaborative research project between the School of Oriental and African Studies (SOAS), London and Martin Chautari (MC), Kathmandu. The project is jointly coordinated by Prof. Michael Hutt of SOAS and Dr Pratyoush Onta of MC and is being funded by the British Academy under its International Partnership Scheme for the period March 2010 to March 2013. Read more

Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming Discussions

Chautari Library

The library is open to all from Sunday to Friday, 10:30 am to 5:00 pm except for a half-hour tea break between 2:00pm and 2:30pm when the circulation desk will be closed. Read more>>>

Click here for Online Library Catalog