रेडियो पत्रकारिता

2021-10-18

- दीपककुमार

विकसित र सम्रान्त समाजका लागि छापादेखि रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट अनेकौँ विकल्प हुन सक्छन्‍ तर बहुसंख्यक जनता अशिक्षित र गरिब भएको नेपाली समाजको लागि रेडियो निविकल्प माध्यम बन्न पुगेको छ ।

नेपालमा प्रजातन्त्र पुनर्स्थापनापछि राज्यले स्वीकार गरेको स्वतन्त्र रेडियोको अवधारणाबाट एक दशकमै विभिन्न २२ जिल्लामा ५० भन्दा बढी एफएम स्टेसन खुलिसकेका छन् ।

एफएम रेडियोबारेमा जानकारी दिने उद्देश्यले रेडियो पत्रकारिता एफएममा समाचार र संवाद नामक पुस्तक बजारमा आएको छ । सञ्चारकर्मी प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाईं, कोमल भट्ट र अधिकारीको संयुक्त लेखनमा बजारमा आएको उक्त पुस्तकमा एमएमबारेमा समेट्‍ने प्रयास गरिएको छ ।


पुस्तकमा नेपालमा एमएम रेडियोको विस्तार, रेडियो अध्ययन सैद्धान्तिक धरातल माघ १९ पछि एमएमले भोग्नुपरेको पीडा, अन्तरसंवादजस्तो प्रसंग कोट्‍याउने प्रयास गरिएको छ । नेपालमा एफएम रेडियो प्रसारण शुरु हुँदा यसलाई मनोरन्जनको साधनको रूपमा हेरिएको थियो तर समाचार र अन्तरसंवाद कार्यक्रमका माध्यमबाट विस्तारै एमएम स्टेसनले पृथक किसिमको पत्रकारिता शुरुवात गरेको र रेडियो  विकास क्रमको वर्णन गर्दै बितेका दशकको कानुनी तथा नीतिगत वातावारणको समेत विश्लेषण गर्न खोजिएको छ ।

 

स्रोतः नेपाल समाचारपत्र, २०६१ फागुन २०, वर्ष ११, अंक ४३ शनिबार सीगात पे. न 'ख'


About the Author

More Blogs