स्वतन्त्र रेडियोको एकदशक
2021-10-10- विश्वराज खनाल
वि.सं. २०५४ जेठ ९ देखि रेडियो सगरमाथा प्रसारण भएको हिसाबले स्वतन्त्र रेडियोले एकदशक अवधि पार गरिसकेको छ तर, पनि यो चौबाटोमै अलमलिएको छ । मार्टिन चौतारीले हालै निकालेको पुस्तक 'स्वतन्त्र रेडियोको एक दशक: विकास, बहस र सामाजिक सरोकार' पुस्तकमा यो अवस्थालार्इ गोपाल गुरागार्इंको लेखले झनै स्पष्ट पारेको छ ।
'स्वतन्त्र रेडियोको दस वर्ष: चौबाटोको अलमल' शीर्षकमा उनले दस वर्षअघिको र अहिलेको अवस्थाबारे तुलना गर्दै लेखेका छन्- दस वर्षअघि श्रोताले रेडियो खोज्थे । लगानीकर्ताले रेडियो खोलिदिए पुग्थ्यो । रेडियो चल्छ वा चल्दैन, श्रोताले मन पराउँछन् वा पराउँदैनन् ? विज्ञापन पाइएला वा नपाइएला ? आकासमा रेडियो तरङ्ग खाली भए पन सरकारले इजाजत दिन कन्जुस्याइँ गथ्र्यो । श्रोतासामु विकल्प थोरै थिए । त्यसैले रेडियो खोल्ने, रेडियोमा बोल्ने र अरू काम गर्ने मान्छे समाचार कसरी प्रसारण गर्ने ? सरकारले जारी गर्ने निर्देशनबाट कसरी बच्ने र श्रोतालार्इ बढीभन्दा बढी कसरी अलमल्याउने भन्ने चिन्तन गर्थे । श्रोताका लागि एफएमको प्रविधि नौलो थियो । रेडियोमा फोन लगाउन र कुरा गर्न पाए त्यस बेला ठूलै उपलब्धि प्राप्त भएको अनुभव हुन्थ्यो श्रोतालार्इ ।
आजभोलि चिन्ता हुन थालेको छ । श्रोताले खोज्ने जमाना सकिएको छ । रेडियो स्टेसनले श्रोता खोज्नुपरेको छ । श्रोताले अर्कै रेडियो फ्रिक्वेन्सी बटार्ने हुन कि ? आफ्नो रेडियो स्टेसन श्रोताको छनोटमा नपर्ने हो कि ? श्रोताले कार्यक्रम मन नपराउने हुन् कि ?
आफ्नो प्रविधि कमजोर ठानिएला कि ? विज्ञापन तथा कार्यक्रम नपाइएला कि ? अर्को स्टेसनले अझै विज्ञापनबो दर घटाउला कि ? श्रोतले आफ्नो स्टेसनलार्इ अरूको भन्दा कमजोर ठान्लान् कि ? विज्ञापनदाताले किन तपार्इंकै रेडियोलार्इ विज्ञापन दिने भनेर सोध्दा के जवाफ दिने ? श्रोता र विज्ञापनदाताको छनोटमा कसरी पर्ने ? निरन्तर फेरिँदो प्रविधिका कारण लगानी बढाउनुपर्ने हो कि ? अथवा रेडियो चलाउन नसकिने पो हो कि जस्ता चिन्ताले सबै रेडियो स्टेसनलार्इ सताउन थालेको छ ।
नीतिगत तथा कानुनी अन्योल, फ्रिक्वेन्सी बाँडफाँटमा देखिएका समस्या, रेडियोको अर्थतन्त्र तथा स्थायित्व, रेडियोको नेटवर्किङ र रेडियो कार्यक्रममा सिन्डिकेसन, समावेशीकरण र दबिएका आवाजले रेडियोमा पाउनुपर्ने स्थान, श्रोताको पहुँच र सहभागिताजसता सवालबारे अझै गम्भीर बहस हुन जरुरी भएको मार्टिन चौतारीको पुस्तकले उठान गरेको छ ।
रेडियो सुन्न पर्खनुपर्ने हिजोको पुस्ताले अहिले चौबीसै घन्टा एफएम बज्ला भनेर कल्पना गरेको थिएन र एफएम नसुनिने कुनै कुनो बाँकी छैन पनि होला देशमा ।
अझैसम्म एफएम रेडियोले प्रसारणका लागि इजाजतपत्र लिने क्रम रोकिएको छैन । सञ्चार क्षेत्रमा नेपालले मारेको फड्को दक्षिणा एसियामै नमुना मानिन्छ । जनतालार्इ सुसूचित गर्न र तिनको आवाज राज्यसँग पुर्याउन रेडियोले ठूलो भूमिका निर्वाह गरेको छ ।
डानिडा ह्युगोको आर्थिक सहयोगमा एफएमको विकास र चुनौती समेटेर चौतारीले निकालेको यो पुस्तकमा एक दर्जन लामा लेख समावेश छन् । तीन खण्डमा विभक्त पुस्तकको पहिलो खण्डमा स्वतन्त्र रेडियोको विकास, उपलब्धि र चुनौतीबारे, दोस्रो खण्डमा एफउम रेडियोले समेटेका सामाजिक सरोकारका कार्यक्रम र तेस्रो खण्डमा एफएममा श्रोताको पहुँच र सहभागिताबारे औँल्याइएको छ ।
पुस्तकमा राजधानीमा थप एफएम आनु नसक्ने गरी फ्रिक्वेन्सी वितरण गरिएको, विज्ञापनको दर र संख्या घटेको, एफएमका कार्यक्रम प्राय: सबै उस्तै रहेको, कलसाइन बजेको बेलाबाहेक अरू समय श्रोताले आफू कुन रेडियो सुनिरहेको छु भनेर छुट्टयाउन नसक्ने अवस्था रहेको बारेमा चर्चा गरिएको छ ।
अन्नपूर्ण पोष्ट, १७ फागुन २०६५ (28 Feb 2009), पृ ६