रेडियो नेपालको वृत्तान्त

2021-10-18

- छत्र कार्की

रेडियोसँगको नेपालीको साइनो पुरानै हो । नेपालमा रेडियो भित्रिएको साढे सात दशक बितिसकेको छ । २००७ सालमा प्रजातन्त्र प्राप्ति स्थापित रेडियो नेपालले पनि आफ्नो साढे पाँच दशक अवधि पूरा गरिसकेको छ । तर, नेपालमा रेडियोसम्बन्धी समाजशास्त्रीय अनुसन्धान भएको पाइँदैन । अहिलेसम्म प्रकाशमा नआएका कुरा जनसमक्ष ल्याउने उद्देश्यले मार्टिन चौतारीले 'नेपाली समाजमा रेडियो' विषयमा अनुसन्धान थालेको छ । र, अनुसन्धान प्रकाशनको शृङ्‍खला क्रममा 'रेडियो नेपालको सामाजिक इतिहास' नामक किताब प्रकाशन गरेको छ ।

रेडियो नेपालका 'संस्थागत पक्षहरु', गरी तीन खण्डमा बाँडिएको छ प्रस्तुत किताब । यसमा रेडियो नेपालको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम र कार्यक्रमबारे विश्लेषण गरिएको छ । यस किताबमा रहेका २३ लेखमध्ये १० वटा लेख पुराना र पूर्वप्रकाशित छन्‍ भने बाँकीचाहिँ नयाँ लेखहरु । रेडियो नेपाल सुरु हुनभन्दा पहिले 'प्रजातन्त्र रेडियो नेपाल'का नामबाट खुलेको थियो । २००७ सालको क्रान्तिताका क्रान्तिकारी रेडियो प्रसारण गरिएको थियो विराटनगरबाट । त्यसबेला तारिणीप्रसाद कोइरालाले रेडियोमा बोलेका थिए 'यो प्रजातन्त्र रेडियो नेपाल हो हामी मुक्तिसङ्‍ग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौ ।' सुरुमा विराटनगरमा स्थापना भएको रेडियो नेपालको प्रसारण पछि काठमाडौँमा भयो, २००७ साल चैत २० गते तारिणीप्रसाद कोइरालाले 'रेडियो नेपालको जन्म' शीर्षकको लेखमा रेडियो सुरुवातका रोचक घटना उठान गरेका छन्‍ ।

पञ्चायत व्यवस्थामा रेडियोलाई व्यवस्था टिकाउन प्रचारको माध्यम बनाइनु र बहुदलपछि बनेका राजनीतिक पार्टीको सरकारले पनि संस्थागत हितभन्दा पनि आफ्नो पार्टीगत स्वार्थका लागि उपयोग गरेकाले लामो इतिहास बोकेको रेडियो नेपालले पर्याप्त भौतिक संरचना हुँदाहुँदै पनि विकास गर्न नसकिएको तथ्य आएको छ । किताबमा समेटिएका अनुसन्धानात्मक लेखका सुझाव कार्यान्वयन भए रेडियो नेपाल आगामी दिनमा सुदृढ बन्न सहयोग पुग्ने कुरामा आशावादी हुँन सकिन्छ ।

 

स्रोतः समय, असार, वर्ष २, २०६१


About the Author

More Blogs