स्वास्थ्य संगालो

2021-10-18

हामीकहाँ स्वास्थ्यसम्बन्धी लेखहरु रामैसंग छापिन थालेको धेरै भएको छैन,प्रजातन्त्र पुन: स्थापनापछि मात्र स्वास्थ्यसम्बन्धी विभिन्न सामग्रीले कभरेज' पाए पत्रपत्रिकामा । यसअवधिमा प्रकाशित लेख स्वास्थ्य सम्बन्धी के कस्ता विषयवस्तुमा केन्द्रित हुन सके त ? अनि कुनकुन विषय आउन सकेनन्‍ छापामा । सोसम्बन्धमा कतै बहस भएको भेटिँदैन । यही अभाव पूर्ति गर्ने उद्देश्यले मार्टिन चौतारीले अनिल भट्टराई र भास्कर गौतमको सम्पादनमा एउटा किताब प्रकाशन गरेको छ('स्वास्थ्य, समाज र राजनीति ।'०४६ सालपछि विभिन्न पत्रपत्रिकामा छापिएका स्वास्थ्यसम्बन्धी लेखहरुलाई जस्ताको तस्तै राखिएको छ यो सँगालोमा । यसलाई सकारात्मकरुपमा लिनुपर्ने हुन्छ । अगामी समयमा के कस्ता स्वास्थ्यसम्बन्धी विषयले सञ्चारमाध्यममा स्थान पाउनुपर्छ भन्ने मोटामोटीरुपमा आँकलन गर्न सकिन्छ यो किताब पढेपछि । हाकाहाकी, हिसाब खबरपत्रिका, अस्मिता, मूल्याङ्‍कन, हिमाल त्रैमासिक, कान्तिपुर, नेपाल साप्ताहिक, राजधानी, खोजपत्रकारिता केन्द्र, विकास त्रैमासिकलगायत पत्रिकामा छापिएका विभिन्न पत्रकारका ४५ वटा लेख छन्‍ यसमा सुरुमा शरद वन्तको पहिले प्रकाशित लेखको परिमार्जित रुप 'जनस्वास्थ्य र राज्य' शीर्षकको लेख छापिएको छ नेपालको स्वास्थ्य चुनौतीलाई वन्तले सारमा यसरी विचार राखेका छन, 'नेपाल आर्थिक विकासको एउटा खुडकिलो चढ्‍न नपाउँदै र आत्मनिर्भरता को दरिलो खुट्टामा उभिन नपाउँदै विश्वव्यापीकरणाको भेलमा हेलिन पुगेको छ । यो भेलमा राज्य कति टिक्न सक्ला र नागरिकको स्वास्थ्यको सुरक्षामा कति भरपर्दो भूमिका खेल्न सक्ला प्रश्न गर्ने थुप्रै ठाउँ छन्‍ ।'किताबमा स्वास्थ्यसम्बन्धी लेखलाई तीन भागमा बाँडेर राखिएको छ । पहिलोमा 'स्वास्थ्यको अवस्था र बुझाइ', दोस्रोमा 'स्वास्थ्य नीति र कार्यक्रम' र तेस्रोमा 'स्वास्थ्य सेवाको पहुँच' सम्बन्धी लेखहरु राखिएका छन्‍ । त्यसकारण विद्यार्थी, जिज्ञासु अनुसन्धातालगायत सबैको लागि उत्तिकै उपयोगी छ प्रस्तुत किताब ।

 

स्रोतः समय, मंसिर २, २०६२


About the Author

More Blogs