यसकारण धेरै टेलिभिजन

2021-10-10

शेखर पराजुली , मार्टिन चौतारी

दीपा गौतम र यस पत्र लेखकले सम्पादन गरेको पुस् तक नेपाली टेलिभिजनमा अनुभूति र विश्लेषणको समीक्षामा नेपाली बजारले अहिलेको टीभी विस् तारलाई धान्न सक्छ वा सक्दैन भन्ने सामग्रीको अभाव औँल्याइएको रहेछ -टेलिभिजनको नालीबेली, २ चैत) । यसबारे पुस् तकको परचिय खण्डमा केही चर्चा अवश्य गरएिको छ । थप केही जानकारी दिनु उपयोगी हुनेछ ।

नेपालमा अहिले करबि एक दर्जन टेलिभिजन च्यानलले आफ्नो प्रसारण सुरु गरेका छन् । केही प्रसारणको तयारीमा छन् । नेपाली विज्ञापनको बजार सानो भएकाले तिनीहरूलाई अस् ितत्वका लागि कठिन संघर्ष गर्नुपर्ने छर्लंगै छ । नेपाल विज्ञापन संघका अनुसार, टेलिभिजनको विज्ञापन बजार वाषिर्क ६५ करोड रुपियाँको छ, जसको करबि ४० प्रतिशत हिस् सा नेपाल टेलिभिजनको पोल्टामा गइरहेको छ । बाँकी रकमबाट अन्य टेलिभिजनको गुजारा भइरहेको छ । यो तँछाडमछाडमा खुट्टा तान्ने प्रतिस् पर्धा पनि छ । यद्यपि, केहीले परम्परागत विज्ञापनको बजार मात्रै हेरेर टेलिभिजन धेरै भए भन्न नमिल्ने तर्क पनि गर्ने गरेका छन् । उनीहरूका विचारमा विज्ञापनका नयाँ स्रोत र शैली खोजेर बजार फैलाउन सकिन्छ । तर, कसैले त्यसो गर्न थालेको संकेत भने पाइएको छैन ।

टेलिभिजन स्थापना मात्रै होइन, दैनिक सञ्चालन पनि अत्यन्तै खर्चिलो हुन्छ । स् याटेलाइट खर्च, अन्तर्राष्ट्रिय समाचार शुल्क, घरभाडा, कर्मचारी तलबभत्ता, बिजुली, टेलिफोन, यातायात आदि गरी मासिक करबि ४०-५० लाख रुपियाँ खर्च हुन्छ, एउटा स् टेसनको । तसर्थ, अधिकांश स् टेसन आम्दानी र खर्चको तालमेल नमिल्ने अवस् थाबाटै गुज्रँदैछन् भन्दा अत्युक्ति हुँदैन । तर पनि लगानीकर्ताहरूलाई टेलिभिजनको 'ग्ल्यामर'ले तानिरहेकै छ । किनभने, मिडिया सञ्चालकका रूपमा बेग्लै प्रतिष्ठा आर्जन गर्न सक्छन्, उनीहरू । तसर्थ, घाटा हुने जान्दाजान्दै पनि मिडियाको शक्तिमा आफ्नो स् थान सुरक्षित गर्न लगानीकर्ता आकषिर्त भइरहेका छन् ।
 
केही लगानीकर्तामा अन्य व्यवसायको नाफा यस क्षेत्रमा लगाई व्यवसाय विस्तार र प्रवर्द्धन गर्ने लोभ पनि हुनसक्छ । त्यसैले बजार सानो भए पनि धेरै टेलिभिजनले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाल, ३० चैत २०६५, वर्ष ९, अङ्क ३४, पृष्ठ ४


About the Author

More Blogs