नेपालमा शिक्षा-इतिहास लेखन : अनुसन्धान-विधि कार्यशाला
Details
नेपालमा शिक्षा-इतिहास लेखन : अनुसन्धान-विधि कार्यशाला
साउन २४, २०८१ (अगष्ट ८, २०२४), विहीबार
मार्टिन चौतारी, थापाथली
---------------------------------
कार्यशालाबारे
शैक्षिक इतिहास लेखनको प्रमुख धार-प्रवृत्ति नेपालमा कस्तो छ ? के यो धार-प्रवृत्तिभन्दा भिन्न तरिकाले पनि नेपाली शैक्षिक इतिहास लेख्न सकिन्छ ? सकिन्छ भने त्यो कसरी, र त्यसका लागि अनुसन्धान-स्रोत या “फिल्ड” के-के हुन सक्छन् ? यो कार्यशाला यिनै प्रश्नमा केन्द्रित रहनेछ । मूलतः शैक्षिक अनुसन्धानलाई केस स्टडी बनाएर प्रस्तुति हुने भए पनि नेपालको सामाजिक/राजनीतिक इतिहास अनुसन्धानमा रुचि हुनेलाई यो कार्यशाला उपयोगी हुनेछ ।
नाम दर्ता
कार्यशालामा सहभागी हुन चाहनेले साउन २२, २०८१ (अगष्ट ६, २०२४) भित्र मार्टिन चौतारी, थापाथलीमा आई रु. १,००० (एक हजार) तिरी नाम दर्ता गराउनुहोला, अथवा अनलाइन मार्फत नाम दर्ता गर्न चाहनेले यो गुगल फाराम भरी ई-सेवा आइडी ९८४८८६७२१७ (e-Sewa id 9848867217) मार्फत शुल्क तिर्न सकिनेछ ।
कार्यशालाका सहभागीहरूलाई निम्न सामग्री निःशुल्क उपलब्ध गराइनेछ ।
- Thinking about History by Sarah Maza (मूल्य रु. ६९९।-)
- समाज अध्ययन १९ (मूल्य रु. ४००।-)
सीट सीमित छ; “फर्स्ट कम फर्स्ट सर्भ” आधारमा सहभागी छानिने छ ।
-----------------------
कार्यक्रम तालिका
१०:००-१०:१५
कार्यशालाबारे
१०:१५-१२:००
शैक्षिक इतिहास लेखनमा छापा माध्यम र सरकारी/गैरसरकारी लिखत एवं अभिलेखको उपयोग
- लोकरञ्जन पराजुली : छापा अभिलेख
- अर्जुन पन्थी : सरकारी/गैरसरकारी अभिलेख
१२:००-१२:१५
चिया ब्रेक
१२:१५-२:००
शैक्षिक इतिहास लेखनमा प्रकाशित/अप्रकाशित स्रोत र अन्तर्वार्ताको प्रयोग
- रुख गुरुङ, देवेन्द्र उप्रेती र अर्जुन पन्थी : अन्य प्रकाशित/अप्रकाशित स्रोत
[स्मृतिग्रन्थ, स्मारिका, अभिनन्दन ग्रन्थ, जीवनी, विशेषाङ्क, आत्मकथा, शिक्षण संस्था सम्बन्धी अभिलेख, बैठकका माइन्युट, चिठीपत्र, सम्झौता पत्र आदि]
- प्रत्यूष वन्त र सन्जिला मोक्तान : अन्तर्वार्ता/कुराकानी
२:००-
खाजा