साह, सोहन प्रसाद र देवराज हुमागाईं, सं. । २०७९ । मधेश प्रदेशमा पैदल अनुसन्धान । काठमाडौँ : मार्टिन चौतारी ।
चौतारी पुस्तक शृंखला - १११
स्थानीय क्षेत्रमा विभिन्न संघ-संस्थामा आबद्ध भई वा स्वतन्त्र रूपमा विविध विषय तथा मुद्दामा पैरवी गरिरहेका अधिकारकर्मीहरूका अनुभव वा आफ्ना गाउँ-ठाउँका सामाजिक-राजनीतिक मुद्दाबारे तिनले बटुलेका अप्रशोधित तथ्य/तथ्यांक प्राज्ञिक अनुसन्धानका खँदिला स्रोत-सामग्री हुन् । यद्यपि, ज्ञान उत्पादनको राजनीतिमा भुइँ तहमा बसेर काम गर्ने पैरवीकर्ताहरूलाई अनुसन्धान गर्न “अयोग्य” ठानिन्छ । उनीहरूले सूचना, जानकारी त संकलन गर्न सक्छन्, तर तिनलाई प्रशोधन गर्न र अझ व्यवस्थित रूपमा अभिलेखबद्ध गर्न सक्दैनन् भन्ने ठानिन्छ । फलतः स्थानीय क्षेत्रका मुद्दासँग नियमित साक्षात्कार गरिरहेका व्यक्तिका अनुभवजन्य ज्ञान ओझेलमा परेका छन् । मार्टिन चौतारीले कार्यान्वयन गर्दैआएको पैदल अनुसन्धान पहल मुख्यतः अनुसन्धान अवसरबाट वञ्चित भएका व्यक्तिहरूलाई आफ्नो “अनुसन्धान अधिकार” दाबी गर्न प्रोत्साहित गर्ने र भुइँ तहमा सिर्जित ज्ञानको व्यवस्थित दस्तावेजीकरण तथा प्रसार गर्ने उद्देश्यले प्रेरित छ । प्रस्तुत पुस्तक मधेश प्रदेशमा पैदल अनुसन्धान सोही पहलको एक उपज हो ।
पुस्तकमा संगृहीत एक दर्जन लेखले विगतका अनुसन्धानले नसमेटेका मधेश प्रदेशका महत्त्वपूर्ण विषयवस्तुलाई उजागर मात्र गर्दैनन्, तीबारे आगामी दिनमा सुसूचित बहस र पैरवी गर्न आधारभूमि र उत्प्रेरणा दिन्छन् । साथै, स्थानीय परिवेश सुहाउँदा नीति-निर्माणका लागि समेत तिनले सम्बन्धित पक्षलाई झक्झक्याउँछन् । नेपालको मधेश क्षेत्र र विभेदका सामाजिक-सांस्कृतिक आयाम, स्थानीय सुशासन, सामाजिक तथा राजनीतिक हिंसा, भू-स्वामित्त्वका मुद्दा, आदि विषयमा रुचि हुने पाठकका लागि मधेश प्रदेशमा पैदल अनुसन्धान उपयोगी हुनेछ ।
|
विषयसूची
धन्यवाद छ
परिचय
“पैरवीका लागि लेखन” : मधेश प्रदेशमा पैदल अनुसन्धान पहल १
सोहन प्रसाद साह
खण्ड १ : विभेदका सामाजिक तथा सांस्कृतिक आयाम
एक : मधेश प्रदेशमा सोइत र सोलकन १९
गोपाल ठाकुर
दुई : विभेदको अर्को गाउँ : नयाँ मिडियामा मधेशी समुदाय विरुद्ध द्वेषपूर्ण अभिव्यक्ति ५१
बीपी साह
खण्ड २ : संघ र प्रदेशमा सुशासनका विमर्श
तीन : मधेश प्रदेश सभाका विषयगत समितिहरूको कार्यशैली र प्रभावकारिता ७३
मन्जु यादव
चार : संसदीय विकास कोषमा देखिएका बेथिति र यसको औचित्य ८९
सुरेन्द्र कुमार कामति
पाँच : सशक्तीकरणका लागि साइकल : मधेशमा “मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम ११३
कुसुमलता तिवारी
खण्ड ३ : भू-स्वामित्वका समस्या
छ : दलित भूमिहीनता किन...कसरी...? १३७
ओमप्रकाश राम
सात : महोत्तरीको गौशाला नगरपालिकामा भूमि सम्बन्धी समस्या १५१
रंजित कनौजिया
खण्ड ४ : नागरिक र जनप्रतिनिधिका संघर्ष गाथा
आठ : पहिलो पाइला : स्थानीय सरकारमा एक महिला जनप्रतिनिधिको अनुभव १७३
सल्मा खातुन
नौ : धनुषाधाम वन संरक्षणका लागि गरिएका संघर्ष १९५
देवनारायण मण्डल
दश : राज्य विहीन हुँदाका पीडा र संघर्ष २१५
जितेन्द्र कुमार कुशवाहा
खण्ड ५ : सामाजिक तथा राजनीतिक हिंसा
एघार : बलात्कार घटनाका पीडितले भोग्नुपर्ने कहर र न्यायिक प्रक्रियाका जटिलता २३७
गुन्जन राय (गुन्जा)
बाह्र : चुरे भावरको राजनीति : हत्याबाट शुरू, हत्यामै अन्त्य २५७
सविन खनाल
लेखक/सम्पादक परिचय २८१
पुस्तक समीक्षा
शिल्पा कर्ण । २०८० । मधेस प्रदेशमा पैदल अनुसन्धान : मधेसभित्रका मधेस चिनाउने पुस्तक । नयाँ पत्रिका, जेठ २० ।
नयाँ कृति : मधेश प्रदेशमा पैदल अनुसन्धान
“Barefoot Research in Madhesh Province:” A guide to understanding the ground realities of Madhesh