चौतारी पुस्तक शृङ्खला ६६
शिक्षामा समावेशीकरण सुनिश्चित नगरेसम्म अन्य कुनै पनि क्षेत्रमा समावेशीकरणको परिकल्पना गर्न सकिँदैन । तर, राज्यको पुनःसंरचनामर्फत सामेली ‘नयाँ नेपाल’ निर्माणतर्फ अग्रसर भइरहँदा सीमान्तीकृत समूहहरूको समावेशीकरण सुनिश्चित गर्न चाहिने शैक्षिक पाइपलाइनबारे अपेक्षित बहस भइरहेको छैन । यस पुस्तकमा समाविष्ट लेखहरूले उच्चशिक्षामा विभिन्न सामाजिक समूहको सहभागिता र असमानतालाई उजागर गर्नुका साथै शैक्षिक पहुँच वृद्धिका केही सम्भावनालाई औँल्याएका छन् । नेपालको उच्चशिक्षामा भएका विभिन्न सामाजिक असमानताको बुझाइलाई अझ बढी गहन र सान्दर्भिक बनाउन यो पुस्तक उपयोगी हुनेछ । शैक्षिक समानता प्रवद्र्धन गर्ने नीतिनिर्माणमा समेत पुस्तकले सघाउनेछ ।
प्रमोद भट्टले जापानको कोबे विश्वविद्यालयबाट सन् २००७ मा विद्यावारिधि गरेका छन् । उनी सन् २००८ देखि मार्टिन चौतारीमा अनुसन्धाताका रूपमा कार्यरत छन् । शिक्षासम्बन्धी उनका लेख विभिन्न जर्नलमा प्रकाशित छन् । उनको सम्पादनमा Education in Nepal: Problems, Reforms and Social Change पुस्तक सन् २००९ मा मार्टिन चौतारीबाट प्रकाशित छ ।
विषयसूची
तालिकासूची - छ
चित्रसूची - झ
प्रकाशकीय - ट
परिचय
- नेपालको उच्चशिक्षामा सामाजिक असमानताका विविध आयाम - १
प्रमोद भट्ट
खण्ड १ : सामाजिक समूह र शैक्षिक असमानता
- प्राविधिक उच्चशिक्षामा महिलाहरूको सहभागिता - १५
मनकुमारी ठाडा मगर
- नेवारभित्रका शैक्षिक असमानता र समावेशीकरणको बहस - ४५
सुदीपसिंह नकर्मी
- शिक्षामा छन्त्याल समुदायको सहभागिता - ७७
यामबहादुर पुन
- थारू महिलाहरूको शिक्षामा कमलरी प्रथाको प्रभाव - १०३
शीला अधिकारी
- दरै : सहरीकरण, विस्थापन र शिक्षा - १२३
प्रेम दरै
खण्ड २ : शैक्षिक समानतातर्पका केही सम्भावना
- उच्चशिक्षा र विद्यार्थीवृत्ति - १४९
सुरेन्द्रकुमार लिम्बू
- सङ्घीय पुनःसंरचनामा उच्चशिक्षा : समावेशीकरणको बहस - १७१
झकेन्द्र घर्तीमगर
- ‘विविधता’का लागि विद्यार्थी सङ्गठनहरूको प्रयास - २०१
रमेश राई
- उच्चशिक्षामा दलित महिला : पहुँचका आधार - २२९
शारदा रिजाल
- थारूहरूको शिक्षामा विप्रेषणको भूमिका - २५५
पवित्रा महतो
लेखक परिचय - २७७
अनुक्रमणिका - २८१