Ten Years of Peace in Nepal: Research Fellowship Program 2017
मार्टिन चौतारीले यूएनडीपी नेपालसँगको सहकार्यमा सन् २०६२/६३ (सन् २००६) यता नेपालको शान्ति स्थापनार्थ भएका प्रयासबारे अनुसन्धान गर्न नेपाली शोधार्थी/अनुसन्धातालाई फेलोसिप प्रदान गरेको छ ।
मार्टिन चौतारीले यूएनडीपी नेपालसँगको सहकार्यमा सन् २०६२/६३ (सन् २००६) यता नेपालको शान्ति स्थापनार्थ भएका प्रयासबारे अनुसन्धान गर्न नेपाली शोधार्थी/अनुसन्धातालाई फेलोसिप प्रदान गरेको छ । नेपालको शान्ति प्रक्रिया, द्वन्द्वबाट शान्ति तर्फको संक्रमण, पुनर्निमाण, संक्रमणकालीन न्याय, संविधान निर्माण र कार्यान्वयन प्रक्रिया, आदि विषयमा अनुसन्धान र बहसलाई प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्ताका अनुसन्धातालाई समाज विज्ञानसम्बन्धी अनुसन्धान प्रशिक्षण दिनु यो फेलोसिपको मुख्य उद्देश्य हो । फेलोसिपको अवधि २०७४ साउनदेखि पुससम्म रहेको छ ।
यो फेलोसिप जुनसुकै विषयमा स्नातकोत्तर तहमा शोध लेखनको चरणमा पुगेका वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थी तथा स्वतन्त्र अनुसन्धानकर्ताका लागि लक्षित छ । फेलोसिप प्राप्त गरेका अनुसन्धाताहरूले फेलोसिप अवधिभर चौतारीमा रही तोकिएको सुपरिवेक्षक (Mentor) को सुझाव र निर्देशनबमोजिम आफ्नो अनुसन्धान सम्पन्न गर्नेछन् । फेलोसिपको अन्तमा सोही अनुसन्धानमा आधारित प्रतिवेदन/लेखको अन्तिम मस्यौदा चौतारीसमक्ष बुझाउनेछन् भने चौतारीले आयोजना गर्ने छलफल तथा कार्यशालामा आफ्नो प्रस्तुति पनि दिनेछन् ।
Researchers
Sangita Thebe Limbu
Research Fellow
Kailash Rai
Research Fellow
Manoj Kumar Yadav
Research Fellow
Sangita Thebe Limbu
Research Fellow
Kailash Rai
Research Fellow
Manoj Kumar Yadav
Research Fellow