Review of Library

Social Role of Libraries

Social Role of Libraries

- Renuka Guragain

The library is a social institution. They are the products of society. To work as media for its social processes, and to carry them forward through techniques developed for the purpose. The library possesses all the features of a social institution, viz., social origin, social objectives, inter relations with other institutions. At different stages of history, social forces such as religion, industrial revolution, the accumulation of surplus wealth, universal education etc have made their impact •on the origin and development of libraries. A study of the human society and culture or man's continued existence • culturally throughout the ages has revealed that the library existed in all ages as a part of the socia l fabric. If the culture has advanced, the libraries have also developed. A cultural signpost of any nation is conditioned by a popular urge for social, economic and intellectual improvement. To a large extent by the size and organization of the social order in which the libraries have to functions.

J.H. Shera points out the importance of the library in society. Thus it is a element in the total communication system by which a society is held together and a culture is to offer adequate tra ining to users of information in the methods and the techniques of intellectual work to obtain maximum benefit from the facilities offered by the system.

The function of a library system should be the provision of information, training and cultural education. If these three basic functions are discharged to the fullest extent by library and information centers. And they would automatically be dynamic institutions making a positive contribution to the process of development.

Source: INFOLIB, 2010, 3(3): 48

काठमाडौँका पुस्तकालयहरु:पुस्तकभन्दा समस्या धेरै

काठमाडौँका पुस्तकालयहरु:पुस्तकभन्दा समस्या धेरै

एउटा पुस्तकालय के हुन्छ ? सीधा प्रश्नको सीधा उत्तर हुन्छ– पुस्तक तथा पत्रपत्रिका । तर, काठमाडौंका पुस्तकालयहरूमा पुस्तक तथा पत्रपत्रिकामात्र होइनन्, तिनीहरूभन्दा बढी समस्या नै हुने गरेका छन् । काठमाडौंका पुस्तकालयबारे हालै मार्टिन चौतारीद्वारा आयोजित अन्तक्र्रियामा सम्बद्ध पक्ष र सहभागीहरूको अनुभव पनि यही थियो ।

नेपाल राष्ट्रिय पुस्तकालयका दशरथ थापा भन्छन्– ‘भन्ने मात्रै राष्ट्रिय पुस्तकालय हो, राष्ट्रिय हुनुको सुविधा हाम्रोमा छैन ।’

नेपालको राष्ट्रिय पुस्तकालयको रूपमा हरिहर भवनस्थित एक तलामा सो पुस्तकालय सञ्चालित छ । राष्ट्रिय पुस्तकालय भनेपछि नेपालबाट निस्कने प्रत्येक पुस्तक हुनुपर्छ भन्ने मान्यता राखिन्छ । त्यसैले पनि होला, अन्तर्राष्ट्रिय क्षेत्रबाट समय–समयमा विभिन्न पुस्तकबारे सोधेर पठाइन्छ । थापा भन्छन्– ‘त्यसरी सोधेर पठाइएका पुस्तकका सम्बन्धमा उनान्सय प्रतिशतको जवाफ त ‘सरी’ नै हुने गर्दछ ।’

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित नेपालको सबैभन्दा ठूलो केन्द्रीय पुस्तकालय बढी चल्तीको पुस्तकालय हो । सन् १९५९ मा जम्मा एउटा कोठा र बा¥ह सय थान पुस्तकबाट सुरु भएको यो पुस्तकालयमा अहिले तीन लाख बा¥ह हजारभन्दा बढी अध्ययन सामग्री उपलब्ध रहेको कुरा बताइन्छ । तर, यहाँको स्थिति भन्नुपर्दा हेर्दा सबै छन्, खोज्दा केही नपाइने भएको छ । बजेट अभावमा पुस्तकालयसम्म बेच्न ल्याइएका महत्त्वपूर्ण पुस्तकहरू पनि पुस्तकालयले फर्काउनुपर्ने स्थिति छ । राष्ट्रिय पुस्तकालयका थापा पनि भन्छन्– ‘पुस्तक किन्न भनेर थोरैमात्र बजेट निकासा हुन्छ, त्यसैबाट जेनतेन किन्छौं ।’

पुस्तक संकलनका सम्बन्धमा केशर लाइब्रेरीका प्रमुख भोला श्रेष्ठको आफ्नै गुनासो र चित्तदुखाई छ । उनी भन्छन्– ‘बरु नयाँ पुस्तक किन्नलाई बजेट पठाइन्छ, भएका पुस्तक तथा पत्रपत्रिका संरक्षण गर्न बजेट छुट्याउन कन्जुस्याइँ गरिरहेको हुन्छ जसले झन् ठूलो समस्या सिर्जना गर्दछ ।’

पुस्तकालय अर्को समस्या भनेको दक्ष जनशक्ति अभाव हो । प्रशिक्षित जनशक्तिको अभाव प्रायजसोको अनुभव छ । ठूलै पुस्तकालयको रूपमा गनिने केशर लाइब्रेरी प्रमुख श्रेष्ठका अनुसार लाइब्रेरीमा जम्मा बीसजना कर्मचारी छन्, यीमध्ये पाँचजना पियन हुन् भने अरूहरूमा पनि थोरैमात्र प्रशिक्षित छन् । यसरी नै नेपाल राष्ट्रिय पुस्तकालयका थापा उहिलेको जमानामा टाइपिस्ट भनिनेबाट कम्प्युटरको काम लिनुपरेको र अन्य कर्मचारी पनि पर्याप्त नभएको बताउँछन् । नेपालको एकमात्र सार्वजनिक अभिलेखालयको रूपमा रहेको आशा सफू कुथिका सहपुस्तकालयाध्यक्ष शरद् कसाःका अनुसार त्यहाँ आफूसहित दुईजनामात्र कर्मचारी रहेका र यसैबाट काम चलाइराखेका छन् । आफ्नोमा पनि प्रशिक्षित कर्मचारीको अभाव भएको बताउँदै उनले भएका कर्मचारीलाई मात्र भए पनि आवश्यक तालिम दिन सके प्राचीन ग्रन्थहरूको संरक्षणमा अझ बढी टेवा पुग्ने थियो ।

काठमाडौं उपत्याकाका सार्वजनिक पुस्तकालयलाई भने भवनकै अभाव खड्किरहेको छ । हाल भृकुटीमण्पस्थित एउटा टहरामा सञ्चालित यो पुस्तकालयले विभिन्न व्यक्तिबाट उपहारस्वरूप पुस्तक संकलन गरेर पाठकलाई उपलब्ध गराउँछ । बत्तिस हजार थान पुस्तक संकलन गरिसकेपछि अब यो पुस्तकालयमाथि आएको समस्या भनेको ती पुस्तक राख्ने ठाउँ नहुनु हो । समाज कल्याण परिषदको स्वामित्वमा रहेको सो टहराको भाडा पचहत्तर प्रतिशत मिनाहा गराएर पनि मासिक पाँच हजार तिर्नुपर्छ । सो पुस्तकालयका प्रबन्धक जुजुभाइ डंगोल भन्छन्– ‘हाम्रो लागि आफ्नै भवन नहुनु प्रमुख समस्या हो ।’

यी सबै पुस्तकालयका सबैभन्दा ठूलो र साझा समस्या मान्छे आफैं भएको तर्क त्रिवि केन्द्रीय पुस्तकालयका विष्णु भट्टको छ । उनी भन्छन्– ‘नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने ज्ञानले युक्त पुस्तक नफर्काउने, चोर्ने, केरमेट गरी कुरूप बनाउने समस्या बेग्लै छ ।’

हसना, असोज २०६४, वर्ष ३, अंक १२

नेपाली जर्नलको खोजीः केही अनुभव

नेपाली जर्नलको खोजीः केही अनुभव

View PDF

(नोटः यो लेख पुस्तकालय आवाज मासिक पत्रिकाको वर्ष ५, अंक ७ (२०६९ चैत) मा ‘नेपालमा जर्नल प्रकाशनको अवस्था’ शीर्षकमा प्रकाशित छ ।)