स्व. डा. देवेन्द्रराज पाण्डे र उहाँको परिवारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार
नेपालको लोकतान्त्रिक एवं नागरिक आन्दोलनका अगुवा, अर्थतन्त्र र विकास प्रशासनका ज्ञाता स्वर्गीय डा. देवेन्द्रराज पाण्डेको इच्छाबमोजिम उहाँको परिवारले मार्टिन चौतारीसहित प्राज्ञिक क्षेत्रका तीन संस्थाहरूलाई कुल एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम तीन ओटै संस्थाबीच बराबरी भाग लाग्ने गरी २०८३ साउन २२ गते प्रदान गरिएको हो । उक्त रकम उहाँकी छोरी डा. प्रिनिति पाण्डेले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई हाँडीगाउँस्थित पाण्डे निवासमा हस्तान्तरण गर्नुभएको थियो ।
डा. पाण्डेले खास गरी नेपालको गरिबी न्यूनीकरण, समता, न्याय र मानवअधिकारसम्बन्धी अध्ययन, अनुसन्धानमा टेवा पुगोस् भन्ने उद्देश्यले प्राज्ञिक संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गर्ने इच्छा प्रकट गर्नुभएको थियो । तर पछिल्ला केही वर्ष उहाँको स्वास्थ्य अवस्था सुखद रहेन र ८७ वर्षको उमेरमा प्राणघातक क्यान्सर रोग लागेको पत्ता लागेपछि उहाँको सम्पूर्ण ध्यान उपचारमै केन्द्रित भयो । रोग पत्ता लागेको केही महिनामा नै २०८३ साउन १ गते उहाँ दिवंगत हुनुभयो । दिवंगत हुनु केही समयअघि उहाँको आफ्नै संलग्नतामा सहयोगसम्बन्धी वक्तव्य तयार पारिएको थियो, जुन सहयोग रकमसँगै सम्बन्धित संस्थाहरूलाई उपलब्ध गराइएको थियो । यस सहयोगको परिचालन र व्यवस्थापनका सम्बन्धमा उक्त वक्तव्यमा भनिएको छ :
…. हरेक संस्था आ-आफ्नो सञ्चालक समिति वा कार्यसमितिले उचित ठहर गरेअनुसार अनुसन्धान परियोजनामा यो रकम प्रयोग गर्न स्वतन्त्र हुनेछन्, जुन क्रियाकलापहरू गरिबी न्यूनीकरण, समता, न्याय र मानवअधिकार प्रवर्द्वनको वृहत् उद्देश्यसँग सम्बन्धित रहनेछन् । …. यस सहयोग रकमको परिचालन वा यसबाट सञ्चालित कार्यक्रमहरूका सम्बन्धमा लिइने कुनै पनि निर्णयहरूमा दाता र उनको परिवार संलग्न हुने छैनन् ।
मार्टिन चौतारी २०४८ सालदेखि नै नेपालको सार्वजनिक वृत्तलाई समावेशी बनाउँदै नेपाली समाजका विविध सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक पक्षबारे गहन बहस/अनुसन्धान गर्दैआएको प्राज्ञिक संस्था हो । शुरूमा नेपालको विकासका विविध पाटाबारे बहस गर्ने उद्देश्यसहित अनौपचारिक छलफल समूहको रूपमा शुरू भएको यो संस्था २०५९ सालमा गैरसरकारी संस्थाका रूपमा काठमाडौँमा दर्ता भएको थियो । त्यसयता यसले सार्वजनिक छलफलका साथै अनुसन्धान, अनुसन्धान प्रशिक्षण, प्रकाशन र पुस्तकालय सञ्चालनमार्फत प्राज्ञिक क्षेत्रमा योगदान पुर्याउँदैआएको छ ।
डा. पाण्डेको परिवारबाट प्राप्त यो सहयोगले मार्टिन चौतारीले गर्दैआएको प्राज्ञिक कर्मलाई अझै अगाडि लैजान टेवा पुर्याउने छ । हामी स्वर्गीय डा. देवेन्द्रराज पाण्डेले आफ्नो जीवन समर्पित गर्नुभएका विषय/क्षेत्रहरूमा केन्द्रित रही त्यसमा थप योगदान पुर्याउने उद्देश्यसहित प्राप्त सहयोग अनुसन्धान कार्यमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । स्व. डा देवेन्द्रराज पाण्डेको परिवारबाट प्राप्त यो सहयोग र उदारताप्रति हामी हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । साथै, डा. देवेन्द्रराज पाण्डेको आत्मालाई चीर शान्ति प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
कुमार पाण्डे
अध्यक्ष
मार्टिन चौतारी
मिति: २०८३ साउन ३१