पञ्चायतकालीन दस्तावेज/पाठ्य सामग्री डिजिटाइजेशन परियोजना
पञ्चायतकालमा उत्पादित विभिन्दन दस्तावेज/पाठ्य सामग्री डिजिटाइज गरेर सार्वजनिक रूपमा उपलब्ध गराउने परियोजना
पुस १, २०१७ मा विश्वेश्वर प्रसाद कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई राजा महेन्द्रले अपदस्थ गरी सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिए । त्यसको ठीक दुई वर्षपछि उनले नेपालको संविधान २०१९ जारी गर्दै निर्दलीय पञ्चायत व्यवस्थाको सूत्रपात गरे, जुन २०४६ सालसम्म टिक्यो । पञ्चायत व्यवस्थाको प्रारम्भ लगत्तै तत्कालीन राज्य संयन्त्रबाट सो व्यवस्थाको धुमधाम पक्षपोषण गर्दै अनेकौँ दस्तावेज एवं प्रचार सामग्री उत्पादन र वितरण गर्ने कार्यको थालनी भयो । पञ्चायतकालमा उत्पादित त्यस्ता केही दस्तावेज/पाठ्य सामग्री डिजिटाइज गरेर सार्वजनिक रूपमा उपलब्ध गराउने योजना हामीले बनाएका छौँ । यो परियोजना कुनै दाताको सहयोग विना मार्टिन चौतारीले आफ्नै खर्चमा सञ्चालन गरेको हो । पञ्चायत व्यवस्थाबारे अध्ययन अनुसन्धानमा रुचि हुनेलाई यी सामग्री उपयोगी हुने छ। आउँदा दिनमा यस्ता अरू सामग्री हामी यहाँ थप्दै जानेछौँ। यहाँ नभएका पञ्चायतकालीन सामग्री तपाईंसँग छन् र तिनलाई सार्वजनिक रूपमा उपलब्ध गराउन चाहनुहुन्छ भने मार्टिन चौतारी पुस्तकालयलाई सम्पर्क गर्नुहोस् ।