नेपालका विश्वविद्यालयमा एमफील पढ्दाका सिकाइ र अनुभव

- प्रतिभा राई, सिर्जना तामाङ

Discussion Type: Research Seminar Series | Date: 18 May 2025 | Time: 03:00 PM

Details

18 May 2025/4 जेठ २०८२ (आइतबार, दिउँसो ३ बजे)
नेपालका विश्वविद्यालयमा एमफील पढ्दाका सिकाइ र अनुभव
प्रतिभा राई, डिपार्टमेन्ट अफ डेभलपमेन्ट एजुकेशन, काठमाडौँ विश्वविद्यालय र सिर्जना तामाङ, मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

वक्त्रा परिचय
प्रतिभा राई डिपार्टमेन्ट अफ डेभलपमेन्ट एजुकेशन, काठमाडौँ विश्वविद्यालय (KUSOED) मा एमफीलकी विद्यार्थी हुन् । उनी KUSOED को शैक्षिक नेतृत्व विभागमा डीपीएलआर (DPLR) परियोजनाको लागि अनुसन्धाता र संयोजकको रूपमा काम गर्छिन् । एक दशक भन्दा बढी विकास क्षेत्रमा संलग्न उनका काम मुख्यतया शान्ति निर्माण, महिला सशक्तीकरण, सुरक्षा र न्याय जस्ता प्रमुख क्षेत्रमा केन्द्रित छ । महिला मुद्दा, शिक्षा र विकासको अनुसन्धानमा उनको रुचि छ ।

सिर्जना तामाङ त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागबाट एमफील गर्दै छिन् । नेपाली सामाजिक बहसमा रीतिरिवाज, जातीय पहिचान र सामाजिक रूपान्तरणको गतिशीलता उनको मुख्य रुचिका विषय हुन् ।

- प्रतिभा राई, सिर्जना तामाङ

Past Events