चौतारी पुस्तक श्रृंखला २०
नेपालमा काठमाडौं उपत्यकाभन्दा बाहिरका विभिन्न क्षेत्रमा पनि पत्रकारिताको अभ्यास भइरहेको छ । केही क्षेत्रको छापा पत्रकारिताले छ लामो इतिहास बोकेको छ । व्यवस्थित रुपमा यस्ता अभ्यासको लेखाजोखा गर्ने काम भने त्यति भएको पाइदैन । तर पछिल्लो तीन - चार वर्षा क्षेत्रीय पत्रकारिताबारे केही अधययन अनुसन्धान हुन थालेका छन् । यस्ता अध्ययनका केही लेखनी पुस्तकको रुपमा बजारमा उपलब्ध भए पनि तिनमा समावेश विषयवस्तु र विश्लेषण निकै सतही र मलिन देखिन्छ । क्षेत्रीय पत्रकारिताको अध्ययनलाई अलि व्यवस्थित र सशक्त बनाउने एउटा सानो उदाहण हो ।
यस पुस्तकमा मोरङको पात्रकारिताको वस्तुगत स्थिति र त्यसको गुण / दोषलाई केलाइएको छ । यहाँको पत्रकारिताको करिब ५० वर्षो इतिहासको सिलसिलेवार वर्णन पनि यसमा समावेश छ । हुन त मोरङको पत्रकारिताबारे केही लेखनीहरु देखा नपरेका होइनन् । तर ती अपर्याप्त थिए । यो कमीको सम्पूर्ण क्षतिपूर्ति यस पुस्तकले नगरे पनि मोरङको पत्रकारिताको साङ्गोपाङ्गो संसार भने कोरेको छ । यसमा मोरङको पत्रकारिताबारे विविध तथ्यहरु मिहिन र विस्तृत रुपमा प्रस्तुत भएका छन् । त्यसैले विश्वस्त भएर भनन सकिन्छ अबका दिनमा हुने मोरङको पत्रकारिताको अध्ययन अन्वेषणको लागि यो पुस्तक उदाहरण बन्ने कुरामा पनि निश्चिन्त हुन सकिन्छ । अझ विशेषतः धेरै विधामा मोरङ अग्रणी रहेका विशवास पालेर बसेकाहरुलाई यहाँको पत्रकारिता देशका अन्य धेरै क्षेत्रभन्दा किन निकै पछि परेको हो भनेर कमीकमजोरी केलाउने आधार पनि यो पुस्तकले दिने छ ।
प्रमोद प्रधान राष्ट्रिय समाचार समितिसँग सम्बद्ध पत्रकार हुनुहुन्छ । २०३१ सालदेखि पत्रकारिताको अभ्यास गरिरहनु भएका प्रधानको साहित्यिक लेखनमा पिन त्यति बेलादेखि नै सक्रियता रहँदै आएको छ । उहाँको सह-सम्पादन र सम्पादनमा सातवटा पुस्तक प्रकाशित छन् । त्यस्तै चारवटा कविता सङ्ग्रहका साथै केही अध्ययनः केही अनुसन्धान (२०४४) र नेपाली बालसाहित्यको इतिहास (२०५७) उहाँका महत्वपूर्ण मौलिक कृतिहरु हुन् ।
पुस्तकमा के छ -