चौतारी पुस्तक शृंखला - ९५
<<download report>>
एघार जिल्लाका दुई सय ओटा सामुदायिक विद्यालयमा गरिएको यो सर्वेक्षण प्रतिवेदनले नेपालका सार्वजनिक विद्यालयको शासन-व्यवस्थापन-सञ्चालन प्रक्रिया (गभर्नेन्स) बारे जानकारी दिन्छ । मुख्य गरी सार्वजनिक विद्यालयको नेतृत्वमा कुन सामाजिक समूहको हातमा छ; विद्यालयमा जनशक्ति (शिक्षक/कर्मचारी) को स्थिति के-कस्तो छ; विद्यालयले वार्षिक योजना तथा बजेट कसरी बनाउँछन्; विद्यालयले आय-व्यय तथा समग्र वित्त प्रणालीलाई कसरी व्यवस्थापन गर्छन् जस्ता प्रश्नहरूको यो प्रतिवेदनले उत्तर दिन्छ । त्यस्तै, विद्यालयमा हुने भौतिक पूर्वाधार निर्माण प्रक्रिया के-कसरी सञ्चालन भइरहेका छन्, सामाजिक परीक्षण वा लेखा परीक्षण के-कसरी सम्पन्न भइरहेका छन् भन्नेबारे पनि यो प्रतिवेदनले जानकारी दिन्छ । यो प्रतिवेदन मूलत: सर्वेक्षणमा आधारित भए पनि गुणात्मक विधि (खुला प्रश्नावली) बाट संकलित तथ्यलाई समेत यसमा समेटिएको छ ।
विषय सूची
- प्राक्कथन - ग
- अनुसन्धान सारांश - ट
- परिच्छेदहरू
- परिच्छेद १ : परिचय - १
- परिच्छेद २ : सामुदायिक विद्यालयको नेतृत्व - ७
- परिच्छेद ३ : शिक्षण तथा अन्य जनशक्ति - २३
- परिच्छेद ४ : विद्यालयको वार्षिक योजना, बजेट र सामाजिक परीक्षण - ३५
- परिच्छेद ५ : विद्यालयको वित्त व्यवस्थापन - ५१
- परिच्छेद ६ : भौतिक पूर्वाधार निर्माण प्रक्रिया - ६७
- परिच्छेद ७ : विद्यार्थी सहुलियत कार्यक्रम - ७५
- निष्कर्ष - ७९
- सन्दर्भ सूची - ८३
- अनुसूचीहरू
- अनुसूची १.१ : शैक्षिक सत्र २०७४ सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थी भर्ना - ८५
- अनुसूची १.२ : शैक्षिक सत्र २०७४ सामुदायिक र संस्थागत विद्यालयको अवस्था - ८५
- अनुसूची १.३ : शैक्षिक सत्र २०७४ प्रदेशगत विद्यालय, विद्यार्थी र शिक्षक संख्या - ८६
- अनुसूची १.४ : शैक्षिक सत्र २०७४ प्रदेशगत शिक्षक संख्या - ८६
- अनुसूची २.१ : प्रधानाध्यापकका लागि प्रश्नावली - ८७
- अनुसूची २.२ : विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षका लागि प्रश्नावली - ९८
- अनुसूची २.३ : लेखापाल वा लेखा राख्ने व्यक्तिका लागि प्रश्नावली - १०५
- अनुसूची २.४ : विद्यालयको अभिलेखबाट संकलन गर्नुपर्ने सूचना - ११२
- अनुसूची ३.१ : प्रधानाध्यापकका लागि खुला प्रश्न - १२०
- अनुसूची ३.२ : लेखापाल वा लेखा राख्ने व्यक्तिका लागि खुला प्रश्न - १२१
- अनुसूची ३.३ : जिल्ला शिक्षा अधिकारीका लागि खुला प्रश्न - १२२
- अनुसूची ३.४ : विद्यालय रहेको नगरपालिका मेयर वा गाउँपालिकाका अध्यक्षका लागि खुला प्रश्न - १२३