“पैदल अनुसन्धान क्रियाकलाप” मा सहभागिताका लागि आवेदन आह्वान
“पैदल अनुसन्धान क्रियाकलाप”मा सहभागिताका लागि आवेदन आह्वान
परियोजनाको नाम : युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एशिया फाउण्डेशनले नेपालमा कार्यान्वयन गरेको युएसएआईडी नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत मार्टिन चौतारीले लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन गरिरहेको “पैदल अनुसन्धान क्रियाकलापको माध्यमबाट महिला, युवा तथा सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि” परियोजना
परियोजनाको उद्देश्य : महिला, युवा तथा सीमान्तकृत समूह लक्षित विभिन्न सामाजिक/सामुदायिक कार्यमा संलग्न भएको आधारमा आफ्ना काम र अनुभवलाई अनुसन्धान-लेखनको माध्यमबाट अभिलेखीकरण गर्न र सम्बन्धित समस्याको समाधान पहिल्याउन सोही समुदायका सदस्य/नागरिक समाजलाई सक्षम बनाउनु ।
कार्य : आफ्नो कार्य अनुभव भएको कुनै महत्त्वपूर्ण तर बहसमा नआएको वा अध्ययन नभएको विषय-मुद्दामा अध्ययन-अनुसन्धान गरेर कम्तीमा ३,००० शब्दको लेख लेख्ने ।
अवधि : ८ (आठ) महिना
आवश्यक योग्यता/प्रतिबद्धता
उमेर : १८ देखि ४० वर्ष
लिङ्ग : महिलालाई प्राथमिकता
समूह : मधेशी/पहाडी दलित, सीमान्तकृत जनजाति, धार्मिक अल्पसङ्ख्यक, अति-विपन्न, अपाङ्गता भएको, लैङ्गिक अल्पसङ्ख्यक, वा अरू सीमान्तकृत समूहको हुनुपर्ने एवं मधेश वा लुम्बिनी प्रदेशभित्र बसोबास गरेको हुनुपर्ने
शिक्षा : कम्तिमा १२ कक्षा उत्तीर्ण
अनुभव : कुनै सामाजिक कार्यमा कम्तीमा २ वर्ष काम गरेको, र धेरै हदसम्म आफ्नै कार्य अनुभवको आधारमा पनि लेख्न सक्ने
लेखन : लेख्ने अनुभव भएकोलाई प्राथमिकता (नेपाली भाषामा)
समय : ८ महिनासम्म हप्तामा १-२ दिन अनुसन्धान र लेखनका लागि समय दिन सक्ने र ५ ओटा तालिम-कार्यशालाको लागि कम्तीमा ९ पूरा दिन समय दिन सक्ने ।
इच्छुक योग्य व्यक्तिहरूले आफ्नो बायोडाटा (CV) र ३००–५०० शब्दको अवधारणा-पत्र (Concept Note) लेखेर barefoot.martinchautari@gmail.com मा असोज ३०, २०८१ (अक्टोबर १६, २०२४) भित्र पठाउन अनुरोध गरिन्छ ।
छनोट विधि
१) बायोडाटाका साथै, अवधारणा-पत्रमा विषय-मुद्दा पहिचान गर्न सक्ने र त्यसलाई वैचारिक रूप दिन (conceptualize गर्न) सक्ने आधारमा प्रारम्भिक छनोट (Short-listing) गरिनेछ ।
२) Short-listing भएकाहरूले छनौट कार्यशालामा आ-आफ्नो अवधारणा-पत्रबारे प्रस्तुति गर्नेछन् । सो प्रस्तुति र प्रतिबद्धताको आधारमा अन्तिम छनोट गरिनेछ ।
अनुसन्धानको लागि दिइने प्रोत्साहन/सहयोग
छानिएका पैदल अनुसन्धातालाई अनुसन्धान-लेखन सम्बन्धी विभिन्न तालिम, तोकिएको विशेषज्ञबाट नियमित सुपरिवेक्षण, लेख प्रकाशनको लागि उत्प्रेरणा, र स्थलगत अनुसन्धानका लागि बढीमा रु. ६०,००० (साठी हजार) सम्म अनुसन्धानवृत्ति दिइनेछ ।
सहयोगी पठन-सामग्री
पैदल अनुसन्धाताले गर्ने अनुसन्धान-लेखनको कामबारे थप बुझ्नको लागि तलका पुस्तकका लेखहरू पढ्न सकिन्छ ः
साह, सोहन प्रसाद र महेशराज महर्जन, सं. । २०७६। पैदल अनुसन्धान : प्रयोग र उपलब्धि । काठमाडौँ : मार्टिन चौतारी ।
साह, सोहन प्रसाद र देवराज हुमागाईं, सं. । २०७९ । मधेश प्रदेशमा पैदल अनुसन्धान । काठमाडौँ : मार्टिन चौतारी ।
सम्पर्क
मार्टिन चौतारी
फोन नं. ५३३८०५०, ५३४००५९, ४१०२०२७, ४१०२२४३ वा ९८४१३०१३४२, ९८०२३५०३४५ मा सम्पर्क गर्नुहोला ।