नेपाली बालवाङ्‍मय परिचयकोश

2021-10-10

नेपाली बालसाहित्यको लेखन, अध्ययन एवं अनुसन्धानमा संलग्न साहित्यकार प्रमोद प्रधानले तयार पार्नु भएको 'नेपाली बाल वाङ्मय परिचय कोश' प्रकाशित भएको छ । मार्टिन चौतारीद्वारा प्रकाशित ६ सय १० पृष्ठको यस कृ‌तिमा प्राप्त भएसम्मका बालसाहित्यका कृतिहरुबारे जानकारी दिइएको बताइएको छ । नेपाली बालसाहित्यमा यो यस किसिमको पहिलो कृति हो ।

कोशमा ऐतिहासिक पुस्तक २, बालकविता, बालगीत, बालकाव्य, बालगजल तथा बाल हाइकु गरी २ सय ३२, कालकथा ३ सय ३७, बालउपन्यास ६४, बाल एकाङ्की तथा बालनाटक १५, बालोपयोगी जीवनी ४७, बालनिबन्ध १५, चित्रकथा र चित्रपुस्तक १ सय ७८, बाल अन्तर्वार्ता १, अनुवाद २ सय ८३, विविध ८७, अंग्रेजीमा लेखी नेपालीमा अनुवाद गरिएको (नेपाली लेखकको मात्र) ४, शब्दकोश १ र विश्वकोश १ सहित बालसाहित्यबारे नेपाली र अंग्रेजीमा लेखिएका क्रमशः १२ र २ गरी कुल १२ सय ८१ कृतिको परिचय समाविष्ट छ ।

विधागत रुपमा लेखकको वर्णानुक्रम अनुसार प्रकाशित पुस्तकको प्रकाशन मितिका आधारमा उनीहरुकाबारे सूचनाहरु दिइनुका साथै कृतिहरुबारे पनि संक्षेपमा ब्याख्या गरिएको छ । प्रकाशक, मुद्रक, पहिलो संस्करण, पृष्ठसंख्या, मूल्य, चित्रकार, आवरण चित्र र सम्पादन जस्ता बुँदा उल्लेख गरिसकेपछि कृतिमा भएका रचनाका शीर्षक पनि दिइएका छन् ।

नेपाली बालसाहित्य समाजका अध्यक्ष विश्वम्भर चञ्चेलले यस कृतिको भूमिकामा लेख्नु भएको छ - नेपाली बालसाहित्यबारे खोजीनीति गर्ने व्यक्ति, समूह वा संस्था तथा कुनैपनि प्रकारका अनुसन्धानकर्ताका लागि यो एक अमूल्य ग्रन्थका रुपमा रहने निर्विवाद छ ।

नेबासास-साउन२०६५


About the Author

More Blogs