'नेपाली सेना' बजारमा

2021-10-07

सेना समायोजनका अनेक खाकाहरु सार्वजनिक भइरहेका बेला मार्टिन चौतारिले नेपाली सेनाः नागिरक नियन्त्रणका चुनौती नामक पुस्तक प्रकाशित गरेको छ । सेनासम्बन्धी महत्त्वपूर्ण जानकारी समेटिएको यो पुस्तक पत्रकार सुधीर शर्माले सम्पादन गरेका हुन् । चार खण्डमा विभाजित पुस्तकमा बीपी कोइराला, विवेककुमार शाह, कुलचन्द्र गौतम, वर्षमान पुन 'अनन्त', ध्रुवकुमार, सूधीर शर्मा, साम कोवान, शरद अधिकारी, पूर्ण बस्तेन, गेजा शर्मा वाग्ले, केशरबहादुर भण्डारी, दीपकप्रकाश भट्ट र खिम घलेका आलेखहरु छन् ।

नेपाली सेनासँग जोडिएका महत्त्वपूर्ण सामग्रीहरु पुस्तकमा छन् । नागरिक सेना सम्बन्ध, सैन्य राजनीति र तत्कालीन राजतन्त्र, माओवादीसँगको युद्ध, पुनर्संरचनाका मुद्दालगायतका खण्डमा नेपाली सेनाको ऐतिहासिक कुराहरुदेखि लिएर माओवादी लडाकुको समायोजनका कुराहरुसमेत समेटिएको छ । पुस्तकको मूल्य तीन सय रुपैयाँ रहेको छ । नेपालको सुरक्षा र लोकतान्त्रिक भविष्यबारे चासो र चिन्ता राख्नेहरुका लागि पुस्तक उपयोगी हुने मार्टिन चौतारीले जनाएको छ ।

घटना र विचार, ११-१७ फागुन २०६७, पृ. ६


About the Author

More Blogs