रेडियो दमनबारे पुस्तक
2021-10-11काठमाडौँ, (नेस) । शाही शासनका बेला स्वतन्त्र रेडियोमाथि भएको दमन र प्रतिरोधका बारे पत्रकार विनोद ढुङ्गेलद्वारा लिखित पुस्तक बिहीबार सार्वजनिक भएको छ । मार्टिन चौतारीद्वारा प्रकाशित 'शाही शासनमा स्वतन्त्र रेडियोः दमन र प्रतिरोधको कथा' पुस्तकमाथि समाजशास्त्री हरि शर्मा, पत्रकार महासंघका उपसभापति शिव गाउँले, मार्टिन चौतारीका प्रत्यूष वन्तलगायतले टिप्पणी गर्नुभएको थियो ।
अनुसन्धानात्मक उक्त पुस्तकमा शाही शासनका बेला स्वतन्त्र रेडियोमाथि भएको हस्तक्षेप, त्यति बेला आएका स्वतन्त्र सञ्चारबारेका धारणा सरकारी रबैयालगायतका विषय समेटिएका छन् ।
स्रोतः नेपाल समाचारपत्र, २८ भदौ २०६४, पृ. २







