राज्य पुनःसंरचना र संविधानसभाः सन्दर्भ ग्रन्थ
2021-10-08संकलकः कैलाश र्राई, चिरन मानन्धर
प्रकाशकः मार्टिन चौतारी
पृष्ठः ९०
मूल्यः रू १००/
संविधान निर्माणप्रक्रिया महत्वपूर्ण चरणमा रहेका बेला प्रक्रियामा हस्तक्षेप गरिरहेका विभिन्न समूह अध्येता राजनीतिकर्मी नीतिनिर्माता, बौद्धिक वर्ग सबैलाई उपयोगी हुने गरी राज्य पुनः संरचना र संविधानसभा सर्न्दर्भग्रन्थ मार्टिन चौतारीले प्रकाशन गरेको छ । संविधानसभाको औचित्यदेखि नयाँ नेपालको खाका संघीयताको आधार, प्रक्रिया र राज्य पुनःसंरचनाबारे लिखित सामग्रीका सूची संग्रहित यो ग्रन्थमा २०६१ देखि २०६३ सालसम्म संविधानसभाको महत्व, प्रक्रिया, संरचना उपयोगीता र चुनौतीबारे लेखिएका पुस्तक र आलेखहरुको बाहुल्य छ । ग्रन्थमा सम्बन्धित विषयमा २०५७ यताका सामग्री संग्रह गरिएको छ ।
पाँच अध्याय रहेको ग्रन्थमा क्रमशः पुस्तक सम्पादित पुस्तक तथा जर्नललगायतमा प्रकाशित लेख-रचना प्रकाशित-अप्रकाशित प्रतिवेदन कार्यपत्र र म्यागजिन तथा बुलेटिनको सूची समाविष्ट छन् । प्रस्तुत सामग्रीको उत्पादनमा विभिन्न गैरसरकारी संस्था तिनमा संलग्न व्यक्ति स्वतन्त्र बुद्धिजीवी राजनीतिक विश्लेषक प्राध्यापक अधिकारका लागि बहस पैरवी गर्नेहरु रहेको पाइन्छ । संग्रहित सामग्री प्राय राजधानीमै प्रकाशित देखिन्छन् । राजधानीबाहिरबाट उत्पादित/प्रकाशित सामग्री संग्रहमा तुलनात्मक रुपमा कम रहेको स्विकारिएको छ । संविधानसभा र राज्य पुनः संरचनाबारे नेपालमा उठेका मुद्दा र भइरहेको बहसको झलक दिनुका साथै यी सवालहरुको सेरोफेरोमा अध्ययन/अनुसन्धान गर्न चाहने तथा नेपालको वर्तमान राजनीतिक सँक्रमणबारे चासो राख्ने सबैलाई यो पुस्तक उपयोगी छ । मार्टिन चौतारीका अनुसन्धाता कैलाश र्राई र चिरन मानन्धरले गरेको यो संकलग्न चौतारीबाट प्रकाशित यस प्रकारको पाँचौ सर्न्दर्भ ग्रन्थ हो । यसअघि चौतारीले नेपाली मिडिया सर्न्दर्भ ग्रन्थ (सन् २००३) वातावरणीय न्याय स्रोत सँगालो (सन् २००३) माओइस्ट मुवमेन्ट अफ नेपालः ए सेलेक्टेड बिब्लियोग्राफी (२००४) र तर्राई-मधेस सर्न्दर्भ ग्रन्थ (सन् २००९) प्रकाशित गरिसकेको छ ।
नागरिक२०६६माघ९ - अक्षर- क