चौतारी पुस्तक शृङ्खला ३७
नेपाली मिडियाको गुणस्तर सुधार्न र प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्नका निम्ति बहस र संवाद सर्वोपरि आवश्यक हुन्छ । पत्रकारितामा देखिएका कमीकमजोरीलाई निराकरण गर्न पनि यस्तो अभ्यास उत्तिकै जरुरी हुन्छ । यिनै तथ्यलाई ध्यानमा राखेर नेपाली मिडियामा सक्रिय व्यक्तिहरूसँगको अन्तर्वार्ताको यो सँगालो- को प्रकाशन गरिएको हो । यस पुस्तकमा छापा माध्यम, प्रसारण माध्यम, क्षेत्रीय मिडिया, पत्रकारिता प्रशिक्षण र पत्रकारका संस्था गरी पाँच विषयमा १५ जनासँग गरिएका अन्तर्वार्ता समेटिएको छ । अन्तर्वार्ता दिनेहरू हुनुहुन्छ- युवराज घिमिरे, नारायण वाग्ले, कनकमणि दीक्षित, बबिता बस्नेत, ओम शर्मा, विकास रौनियार, रघु मैनाली, गोपाल गुरागाईं, आरती चटौत, किशोरकुमार कार्की, चन्द्रकिशोर, रामकृष्ण रेग्मी, पी खरेल, विष्णु निष्ठुरी र राजेन्द्र दाहाल । नेपाली मिडियाका विभिन्न आयामहरू खोतल्न सफल यो पुस्तक पत्रकारिताका विद्यार्थी, अध्येता, पत्रकार लगायत मिडियामा रुचि हुने सबैका निम्ति उपयोगी छ ।
शेखर पराजुली मार्टिन चौतारीका मिडिया अनुसन्धानकर्ता हुन् । नेपाली मिडियाका विभिन्न पक्षबारे उनका विश्लेषणात्मक लेखहरू प्रकाशित छन् । उनको सह-सम्पादनमा नेपाली मिडियामा दलित तथा जनजाति (२०५८), नेपाली मिडिया सर्न्दर्भ ग्रन्थ (२०६०), रेडियो नेपालको सामाजिक इतिहास (२०६१), रेडियोसँग हुर्कंदाः तीनपुस्ते नेपालीको अनुभव (२०६२) र रेडियो पत्रकारिताः एफएममा समाचार र संवाद (२०६२) प्रकाशित छन् । उनी दुई नेपाली जर्नल- रूपान्तरणः समाज अध्ययन र मिडिया अध्ययन का पनि सम्पादक हुन् ।
विषयसूची
- धन्यवाद - छ
- परिचय - १
- क. छापा माध्यम
- ख. प्रसारण माध्यम
- ग. क्षेत्रीय मिडिया
- घ. पत्रकारिता शिक्षण/प्रशिक्षण
- ङ. पत्रकारका संस्था