चौतारी पुस्तक शृङ्खला ७७
नेपाली म्यागेजिनको इतिहास एक शताब्दी पुरानो भैसक्यो । यसबीच करिब तीन हजार शीर्षकमा नेपाली म्यागेजिन प्रकाशन भए, जसमध्ये करिब दुई हजार पछिल्लो २५ वर्षमा निस्केका हुन् । नेपाली समाजको सांस्कृतिक अवयव बनिसकेका नेपाली म्यागेजिनबारे समग्रमा र प्रकृयाबद्ध अनुसन्धान भएको पाइन्न । त्यो कमी पुर्ने सानो प्रयास हो – ।
वितेको अढाई दशकमा प्रभावशाली रहेका केही म्यागेजिनको जीवनबारे, र राजनीतिक दल, सामाजिक आन्दोलन, बजार, गैरसकारी क्षेत्र र मिडियासम्बद्ध व्यक्ति एवं संस्थासँग ती म्यागेजिनको सम्बन्धलाई यो पुस्तकमा समाविष्ट विभिन्न १५ लेखले केलाएका छन् । पञ्चायती व्यवस्थाको अवसानपछि नेपाली सार्वजनिक वृत्तको विस्तारमा म्यागेजिनले निर्वाह गरेको भूमिकालाई पुस्तकमा परख गरिएको छ । म्यागेजिन प्रकाशन उद्योगभित्र सम्पादकीय समूह निर्माण, विषयवस्तु उत्पादनको तरिका, विज्ञापन तथा बिक्रीको अवस्थाबारे पनि यसले जानकारी दिन्छ । मिडिया, राजनीति, इतिहास र समग्र नेपाली समाजबारे चासो एवं रूचि राख्नेलाई
उपयोगी हुनेछ ।
विषयसूची
तालिका सूची - छ
तस्बिर सूची - झ
धन्यवाद - ट
परिचयः
- वि.सं. २०४६ पछिका नेपाली म्यागेजिन - १
अर्जुन पन्थी, हर्षमान महर्जन र प्रत्यूष वन्त
खण्ड कः मूल धार म्यागेजिन
- साप्ताहिक जनमञ्चः राजनीतिको प्रभाव र व्यावसायिक पत्रकारिताको अभ्यास (वि.सं. २०४७–२०५४) - २७
अर्जुन पन्थी
- 'मध्यमार्ग’को बदलिँदो रुपः हिमाल खबरपत्रिकाको राजनीतिक पक्षधरता - ५७
अर्जुन पन्थी
- प्रतिष्ठा र प्रभुत्वका लागि नेपाल म्यागेजिनको निरन्तरता - ८५
रमेश राई
- ‘माओवादी म्यागेजिन’ः बजार र पार्टीसँग जेलिएको सम्बन्ध (वि.सं. २०५२–२०६८) - १२१
हर्षमान महर्जन र अर्जुन पन्थी
- नारीः एक्काइसौँ शताब्दीका महिलालाई ‘टिप्स’ - १५७
तीर्थ विष्ट
खण्ड खः वैकल्पिक धार म्यागेजिन
- वैकल्पिक पत्रिकाः व्यावसायिकता र आत्मनिर्भरताको चुनौती - १८१
पूर्ण बस्नेत
- अस्मितामा नेपाली उदारवादी महिला आन्दोलन - २१९
वन्दना ढकाल
- जनजाति म्यागेजिनः समावेशी सार्वजनिक वृत्त निर्माणको प्रयास - २४१
प्रत्यूष वन्त र देवराज हुमागाईं
- थारु म्यागेजिनकारिताका समस्या - २८१
कृष्णराज सर्वहारी
खण्ड गः म्यागेजिन सम्पादन÷प्रकाशनको अनुभव
- नेपालमा म्यागेजिनकारिताः अनुभूति र टिपोट - २९७
सुधीर शर्मा
- मूल्याङ्कनमा पन्ध्र वर्षः मेरा जीवन्त अनुभव - ३०९
श्याम श्रेष्ठ
- स्कूलबाहिरको स्कूल नव युवाः सम्पादकको डायरी - ३४१
राजेन्द्र महर्जन
- दलित पत्रिकाः जनउत्थानसँग जोडिएको अनुभव - ३७९
रणबहादुर रम्तेल
- तामाङ समाजमा छार गोङमा मासिक - ३९७
प्रतीक ङेसुर तामाङ
थप सन्दर्भ सामग्री - ४१६
लेखक परिचय - ४२१
अनुक्रमणिका - ४२४
समीक्षा |
लेखक |
अलमलबीचको प्रकाश, नेपाल, वर्ष १४, अङ्क ४०, पृष्ठ ४६–४७, २०७१, |
पी.खरेल |
समीक्षाबारे प्रष्टोक्ति, नेपाल, वर्ष १४, अङ्क ४३, पृष्ठ ५, २०७१ |
|
म्यागेजिन मन्थन, नागरिक, २४ जेठ २०७१, पृष्ठ ६, |
ऋषिकेश दाहाल |
SINHAS 21(1) |
Indra Dhoj Kshetri |