समाज अध्ययनमा लेखको अनुवाद प्रकाशन गर्ने मौका

मार्टिन चौतारीले वार्षिक रूपमा प्रकाशन गर्दैआएको नेपाली भाषाको समाज अध्ययन (पूर्ववर्ती मिडिया अध्ययन) जर्नलमा अन्य भाषामा पहिले प्रकाशन भइसकेका अनुसन्धानमूलक लेखको नेपाली अनुवाद पनि छाप्ने गरिएको छ । समाज विज्ञानका मूल विषय समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र लगायत आमसञ्चार, भाषा, कला, संस्कृति, दर्शन, भूगोल, अर्थ, कानून, साहित्य, शिक्षा, जनस्वास्थ्य, वातावरण, विकास, आदि बारेका सामग्री यस जर्नलमा छापिन्छन् । यदि तपाईं पहिले अन्य भाषामा प्रकाशन भइसकेको आफ्नो कुनै लेखलाई नेपालीमा अनुवाद गरी समाज अध्ययन जर्नलमा छाप्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । सो पश्चात् अनूदित लेख बुझाउन अनुरोध गरिनेछ । लेख सम्बन्धी मापदण्ड यस जर्नलको सम्पादकीय निर्देशिकामा उल्लेख भए अनुसार हुनेछ । सम्पादकीय निर्देशिका निम्न लिंक मार्फत हेर्न सकिनेछ : https://martinchautari.org.np/journal-details/samaj-adhyayan/samaj-adhyayan-journal-ko-sampadakiya-nirdeshika । पूर्वप्रकाशित सामग्री भए पनि सो सामग्रीले अन्य लेख सरह नै समीक्षाका सबै चरण पार गर्नुपर्नेछ ।

समाज अध्ययनको २० औँ अंक जेठ २०८२ मा प्रकाशन भई हामी २१ औँ अंक (२०८३) को तयारीमा लागेका छौँ । यस अंकका लागि यही भदौ २०८२ भित्रमा हामीकहाँ लेख आइसक्नु पर्नेछ । अनूदित लेख हामीलाई पठाउँदा मूल लेखको सम्बन्धित प्रकाशकबाट लिनुपर्ने स्वीकृतिको लिखित प्रति पनि लेखक स्वयंले बुझाउनु पर्नेछ ।

सम्पर्कः
सम्पादक मण्डल, समाज अध्ययन (जर्नल)
मार्टिन चौतारी, थापाथली, काठमाडौँ, नेपाल
पोष्ट बक्स नं. : १३४७०
फोन : ४१०२०२७, ५३३८०५०, ४१०२२४३
इमेल : samaj.adhyayan@gmail.com/chautari@mos.com.np
वेब साइट : www.martinchautari.org.np