मधेस विद्रोहको विश्लेषण

2021-10-11

- तुलानारायण साह

संविधानसभा निर्वाचनमा अपेक्षाभन्दा बढी मधेसी दलहरूले सफलता पाए । तर, यसको पृष्ठभूमि २०६३ को मधेस विद्रोहले नै तयार गरेको थियो र त्यसका थप दूरगामी प्रभावहरू भविष्यमा पनि प्रकट हुँदै जानेछन् । यही भावको विशेषण गरेको छ, निर्वाचनपूर्व नै प्रकाशित मधेस विद्रोहको नालीबेली पुस्तकले ।

धेरै बुद्धिजीवीको धारणाभन्दा बिल्कुनै फरक किसिमले ०६३ माघको मधेस विद्रोहलार्इ विश्लेषण गरिएको छ पुस्तकमा । सम्पादक भासकर गौतम लेख्छन्, "माघे विद्रोहभन्दा महिलेका विद्रोहहरू गैरलोकतान्त्रिक व्यवस्थालार्इ विस्थापित गर्नका लागि मात्र भएका थिए । ...लोकतान्त्रिक समाज निर्माण गर्ने सार्थक कार्यको थालनी यस (०६३ को मधेस विद्रोह) ले गर्यो ।"

मधेस समस्याका विविध पक्षहरू रहेजसतै मधेस विद्रोहका प्रभावहरू पनि बहुआयामिक हुने विश्लेषण गौतमले गरेका छन् । लेखेका छन्, "निकट भविष्यमा धेरैथरी परिवर्तन हुने स(साना सङ्केतहरू देखिन्छन्, केही मनोवैज्ञानिक/भावनात्मक लक्षण अनि केही प्रतीकारात्मक राजनीतिक धर्साहरू ।" मधेस समस्याको मूलभूत कारण रङ्गभेदमा आधारित राज्यको विभेदकारी नीति रहेको छ, जसमा राज्यपक्ष मात्र होइन, काठमाडौँ केन्दि्रत ठूला मिडिया हाउस, मानव अधिकारकर्मी, प्राज्ञिक तप्का र लगभग सबै ठूला दलहरूको मौन समर्थन रहँदै आएको तथ्यलार्इ पुस्तकले दर्शाएको छ ।

माओवादी मधेस समस्यालार्इ बुझ्न र आफ्नो आन्दोलनको एजेन्डा बनाउन खोजे पनि उसको बुझाइ (वर्गीय समस्या) त्रुटिपूर्ण रहन गएको पुस्तकमा उल्लेख छ । साथै, सिद्धान्तमा जे रहे पनि व्यवहारमा माओवादीहरू मधेसप्रति आक्रामक नै रहेको, मधेस विद्रोह र त्यसबाट स्थापित हुन खोजेको नेतृत्वलार्इ सजिलै पचाउन नसकेको तथ्यलार्इ पनि पुस्तकले उजागर गरेको छ ।

पुस्तकको मुख्य उद्देश्य ०६३ मा भएको मधेस विद्रोहको अवधिमा भएका घटनाहरूको दस्तावेजीकरण र त्यसले पारेको अथवा पार्नसक्ने प्रभावको मसिनो विश्लेषण/आकलन गर्नु हो । 'मधेस विद्रोहको एेतिहासिक विवेचना : पूर्वी मधेसको सन्दर्भ' शीर्ष्ाकमा विजयप्रसाद मिश्रको लेखाइमा खासगरी सप्तरी र सिराहा जिल्लाको राजनीतिक इतिहास खोतल्ने प्रयास गरिएको छ । वि.सं. २००० मा सप्तरीको हनुमाननगरमा भएको जेल आक्रमणदेखि पछिल्लो समयमा विभिन्न सशस्त्र समूहहरूको उर्वर भूमि हुनपुगेको सप्तरी-सिराहाको राजनीतिको धेरै जटिल पक्षहरूलार्इ उघारेका छन् मिश्रले । मधेसको राजनीतिमा तरार्इ काँग्रेस, सद्भावना परिषद्लगायत जनतान्त्रिक मोर्चाहरूको उदयको प्रसङ्गलार्इ समेटिएको छ यस लेखमा । पटक-पटक विभाजित भएका जनतान्त्रिक मोर्चाहरू र सिराहामा भएका केही राजनीतिक मोर्चाहरू र सिराहामा भएका केही राजनीतिक नेताहरूको हत्याको भित्री पाटो उघार्ने प्रयास गर्दागर्दै पनि विगतमा सिराहामा भएका किसान आन्दोलन, अन्य वामपन्थी आन्दोलन र बदलाको राजनीतिका कारण भएका शृंखलाबद्ध हत्याको सम्पूर्ण पाटो खुलस्त रूपमा आउन सकेको छैन ।

सिराहा-सप्तरीमै केन्द्रित रामरिझन यादवको अर्को लेखमा विश्लेषणभन्दा पनि विद्रोहताकाको लेखकको दैनिक डायरीमा उल्लिखित प्रसङ्गहरू बढी चाखलाग्दा छन् । हरेक दिनको गतिविधि र विभिन्नखाले जुलुसहरू (महिला जुलुस, कुचो जुलुस, भैंसी जुलुस, हलो-कोदालो जुलुस, इत्यादि) को विवरण पाठकलार्इ रोमाञ्चक बनाउँछ ।

मधेस विद्रोहको तात्कालिक मुख्य कारक घटना ०६३ पुस महिनामा भएको नेपालगञ्जको साम्प्रादायिक दङ्गा नै रहेको तथ्य लगभग सबै लेखकहरूको विश्लेषणमा भेटिए पनि त्यसको विस्तृत विवरण शालिकराम सापकोटा र सीपी सिंहको लेखाइमा पढ्न पाइन्छ । विद्रोहताका सुनसरी-मोरङका दैनिक घटनाहरूको विस्तृत विवरण रामनरेश यादवको लेखमा छ । दुवै लेख विवरणात्मक एवं त्यस विद्रोहमा मात्र केन्द्रित छन् । तर, लगभग त्यही शैलीमा लेखिएको 'बारा, पर्सा र रौतहटमा मधेस विद्रोह' शीर्षकको स्वर्गीय पत्रकार वीरेन्द्र साहको लेखमा त्यस क्ष्ोत्रको विगतको राजनीतिक आन्दोलनको सटीक विश्लेषण छ ।

पुस्तकको अन्त्यमा विभिन्न अनुसूचीहरू अन्तर्गत मधेस केन्द्रित राजनीतिक दलहरूको महत्वपूर्ण आधिकारिक दस्तावेजहरूको संग्रह, मधेस विद्रोहमा मारिउका सहिदहरूको नामावली, त्यसताका प्रधानमन्त्रीद्वारा गरिएका सम्बोधनहरूको पूर्ण पाठले पुस्तकलार्इ पठनीय मात्र होइन, संग्रहणीय बनाएको छ । वीरगञ्जदेखि विराटनगरसम्म भएका ०६३ को मधेस विद्रोहमा केन्द्रित यस दस्तावेजमा धनुषा, महोत्तरी र सर्लाही क्षेत्रसँग सम्बन्धित लेख अनि त्यही विद्रोहका क्रममा त्यही क्षेत्रमा जन्मिएको चुरेभावर एकता समाजमा केन्दि्रत विश्लेषात्मक लेखहरू पनि समावेश गरेको भए सुनमा सुगन्ध हुने थियो । तर जेहोस्, मधेसलार्इ केन्द्रविन्दु बनाएर माओवादीहरूको सिकार हुन पुगेका जुझारु पत्रकारि वीरेन्द्र साहप्रति पुस्तक समर्पण गर्ने मार्टिन चौतारीको प्रयास साँच्चिकै प्रशंसनीय छ ।

नेपाल, २९ वैशाख २०६५, वर्ष ८, अÍ ३८, पृ ५४


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai