प्रसंग

2021-10-10

मानुषी वाई भट्टराई
म राजनीतिक विषयमा केन्दि्रत पुस्तकहरू पढ्न बढी रुचाउँछु । सायद, विश्वविद्यालयको मेरो अध्ययनको विषय पनि त्यही भएर होला । पढ्नलाई कुनै निश्चित समय चाहिँदैन । जतिबेला फुर्सद निस्कियो, त्यतिबेला पढ्न बस्छु । अहिले म दुईवटा पुस्तक एकसाथ पढिरहेकी छु, डेज एन्ड नाइटस् अफ लभ एन्ड वार र माओवादी संघर्षको शान्तिपूर्ण रूपान्तरण । पहिलो पुस्तकमा सन् ५०/६० को दशकमा ग्वाटेमालामा भएको गृहयुद्धको पीडा समेटिएको छ ।

ल्याटिन अमेरकिाका प्रसिद्ध लेखक एडवार्डो ग्यालिनोले युद्धमा आफूले प्रत्यक्ष भोगेका पीडाहरूलाई साह्रै सुन्दर शैलीमा सजीव र जीवन्त ढंगले उतारेका छन् । त्यसमध्येमा पनि एउटा घटनाले मलाई साह्रै प्रभाव पार्योस । एक जना पत्रकार, जो साथीहरूसँग बेपत्ता पार्ने हो कि भनेर कुरा गररिहेको हुन्छ, त्यही समयमा उसलाई पक्राउ गरिन्छ र रहस्यमयी ढंगले बेपत्ता पारिन्छ । त्यो प्रसंग साह्रै मर्मस्पर्शी छ । यो पुस्तक पढेपछि जनता जहाँका भए पनि चर्को उत्पीडनमा परेपछि संघर्षमा उत्रँदा रहेछन् भन्ने अनुभूति हुन्छ । अर्थात्, डेज एन्ड नाइट्स नेपालको युद्धको भावभूमिसँग मिल्दोजुल्दो छ ।

दोस्रो पुस्तक पनि कम महत्त्वपूर्ण छैन । माओवादी शान्तिपूर्ण राजनीतिक यात्रामा अवतरण भइसकेपछिको कालखण्डमा विभिन्न व्यक्तिहरूले लेखेका लेखहरूको संग्रह हो यो पुस्तक । जुनबेला लेखियो, त्यसबेला पढ्न छुटेका लेखहरूलाई अहिले पढ्दैछु । यस पुस्तकले एक दशक लामो द्वन्द्वको साँचो चित्रण गरेको छ भन्ने मलाई लागेको छ ।
नेपालीमा लेखिएका पुस्तकमा मलाई सबैभन्दा बढी प्रभाव पारेको पारिजातको अनिँदो पहाडसँगले हो । चिनियाँ क्रान्तिको पृष्ठभूमिमा लेखिएको युवाहरूको गीत उपन्यासले पनि मलाई कम छाप पारेको छैन ।

अरुन्धती रोयको गड अफ स्मल थिङ्स र वरहम पमुकको माई नेम इज रेड स्नो पनि निकै गहकिला कृतिहरू हुन् । ती पुस्तकको अध्ययनले मलाई जीवनको मार्गदर्शनमा ठूलो प्रभाव पारेका छन् । पुस्तक मस्तिष्कलाई 'रिफेरेन्स' गर्न पढिन्छ । जीवनलाई मार्गदर्शन नगर्ने कृति पढ्नु भनेको समयलाई नष्ट गर्नु हो भन्ने मेरो मान्यता छ ।

नेपाल, २ चैत २०६५, वर्ष ९, अङ्क ३०, पृष्ठ ५४


About the Author

More Blogs