घटना र विचार

2021-10-11

टेलिभिजनको पर्दामा देखाइने विभिन्न प्रसारण सामग्रीलाई लैंगिक दृष्टिकोणबाट विश्लेषण गरिएको पुस्तक 'काँचको पर्दाः नेपाली टेलिभिजनमा महिला' प्रकाशित भएको छ । नेपाल टेलिभिजनमा कार्यरत सञ्चारकर्मी दीपा गौतमद्वारा लिखित उक्त पुस्तकमा टेलिफिल्म तथा कार्यक्रमहरुमा भाषाको प्रयोग, विज्ञापनमा देखिने पितृसत्ताको प्रभाव पहिरनदेखि लिएर नीति निर्माण तहमा प्रतिनिधित्व हुँदै अल्पसङ्ख्यक र सीमान्त वर्गका कुराहरु पर्दामा कसरी आइरहेका छन् भन्नेसम्मलाई अत्यन्त सूक्ष्म तवरले विश्लेषण गरिएको छ ।

मार्टिन चौतारीले प्रकाशित गरेको उक्त पुस्तकमा नेपालमा टेलिभिजनको विकासक्रमलाई  पृष्ठभूमिको रुपमा राखिएको छ । टेलिभिजनमा महिलाको छवि र प्रस्तुतिलाई लिएर यसअघि पुस्तक प्रकाशित भएका थिएनन् । टेलिभिजनको क्षेत्रमा लामो अनुभव सङ्गाल्नुभएकी दीपा गौतमले काँचको पर्दामा देखिने त्रुटिहरु मात्रै औल्याउनुभएको छैन, सुझावहरु पनि दिनुभएको छ । विशेष गरी टेलिभिजन कार्यक्रम सञ्चालक, कार्यक्रम निर्माता, विज्ञापन निर्माताले पढ्नैपर्ने यो पुस्तक महिला अधिकारवादी 'र टेलिभिजन र महिला' का विपयमा खोज तथा अनुसन्धान गर्नेहरुका लागि पनि त्यत्तिकै उपयोगी छ ।

घटना र विचार, १२ वैशाख २०६४, पृ. ६


About the Author

More Blogs