नेपाली बालवाङ्‍मय परिचयकोश

2021-10-10

नेपाली बाल साहित्यमा हालसम्म प्रकाशित सम्पूर्ण पुस्तकको परिचयसहितको ग्रन्थ 'नेपाल बाल वाङ्मय परिचय कोश' प्रकाशित भएको छ । साहित्यकार प्रमोद प्रधानद्वारा तयार पारिएको कोश मार्टिन चौतारीले प्रकाशित गरेको छ ।

कुल ६ सय १० पृष्ठको ग्रन्थमा नेपाली भाषामा प्रकाशित १ हजार २ सय ६७ बाल पुस्तक तथा नेपाली बाल साहित्यबारे नेपाली र अंग्रेजीमा लेखिएका क्रमशः१२ र २ गरी कुल १ हजार २ सय ८१ कृतिको परिचय दिइएको छ ।

कोशमा १ सय १७ वर्षअघि १९४९ मा प्रकाशित गंगाधर शास्त्री द्रविडको 'गोर्खा पैहला किताब' र १ सय ८ वर्षअघि १९५८ मा प्रकाशित जयपृथ्वीबहादुर सिंहको 'बालबोध नम्बर १' देखि २०६४ साल फागुनसम्म बजारमा आएकी नेपाली बाल पुस्तकको परिचय समेटिएको छ ।

ग्रन्थमा विधागत रुपमा लेखकको वर्णानुक्रमअनुसार प्रकाशित पुस्तकको प्रकाशन मितिका आधारमा कृतिका बारे सूचना दिनुका साथै कृतिबारे संक्षेपमा व्याख्यासमेत गरिएको छ ।

कान्तिपुर-२१साउन२०६५


About the Author

More Blogs