नेपाली बालवाङ्‍मय परिचयकोश

2021-10-10

शब्दश्री

पेसाले पत्रकार र प्रमोद प्रधानको लेखकीय परिचय यसपटक अझ फराकिलो भएको छ । उनले 'नेपाली बालवाङ्मय परिचय कोष' तयार पारेर नेपाली बाल साहित्य बुझन चाहनेलाई ठूलै गुन लगाएका छन् ।

नेपाली बालसाहित्यबारे यो सम्भवतः यस्तो वृहत पुस्तक हो, जस्ले नेपाली बालसाहित्यको समग्र आयामलाई एकमुष्ठ प्रस्तुत गरेको छ । अनुसन्धानात्मक पुस्तक प्रकाशनको शृंखला नै चलाइरहको मार्टिन चौतारीले यो पुस्तक प्रकाशन गरेर बालसाहित्यलाई माया गर्नेहरूको मन जितेको छ ।

अन्त्यमा, नेपाली पुस्तकबारे बालसाहित्य समाजका विश्वम्भर चञ्चलको भनाइ- नेपाली बालसाहित्यबारे खोजी नीति गर्ने व्यक्ति, समूह वा संस्था तथा कुनै पनि प्रकारका अनुसन्धानकर्ताका लागि यो एक अमूल्य ग्रन्थको रुपमा रहने निर्विवाद छ ।

राजधानी२०६५भदौ१०, पृ६


About the Author

More Blogs