पचास वर्षमा कलिलै

2021-10-18

- अखण्ड भन्डारी

राजधानीबाट निस्कने पत्रपत्रिकाको समाचारदाता वा प्रतिनिधिले गलत तरिकाले पैसा खाने भएकाले स्थानीय पत्रिकाहरु मारमा परेको विचार सम्पादक प्रकाशकहरुमा छ । त्यस्तै कुनै किसिमको समाचारै नहुने र बजारमा नजाने एकपन्ने पत्रिकाको पत्रकारका नाममा सुविधा उपभोग गरिरहेको धारणा समाचारदाताहरुको छ ।''दोस्रो ठूलो सहर भएर पनि विराटनगरमा पत्रकारिता पछाडि छ । स्थानीय पत्रपत्रिकाको हालत त दयनीय नै छ । जिल्ला प्रशासनमा दर्ता संख्या करिब दुई सय पुगे पनि सबैजसो विज्ञापनका लागि चाड-पर्वमा मात्र निस्कने गर्छन्‍ । एेतिहासिक महत्वका हुन्‍ वा बीचमा केही स्तरीय खुराक दिन सकेका– सबै बन्द भइसकेका छन्‍ ।   

२०१२ को 'हुरी' देखि अहिलेको 'दर्शन' सम्म आइपुग्दा मोरङे पत्रकारिताले ठ्‍याक्कै आधा शताब्दीको उमेर गुजारेको छ । इतिहास बोकेर पनि वर्तमानमा थला परेको यो पूर्वी जिल्लाको पत्रकारिता हालतबारे अनुसन्धान र विश्लेषण गर्दै प्रमोद प्रधानले पुस्तक लेखेका छन्‍– 'मोरङमा पत्रकारिता बराबरै उमेर गुजारेका प्रमोदले उक्त किताबमा 'डराई-तराई' स्वच्छ विश्लेषणको हिम्मत गरेका छन्‍ ।   

उनी डराउनुको अर्थ-मोरङको पत्रकारिताले आलोचना सहँदैन । अर्काको आलोचना गर्नुपर्ने यो व्यवसाय अँगालेका अधिकांश व्यक्तिको छवि शंकास्पद छ । प्रमोदले यसलाई स्पष्ट उल्लेख गरेका छन्‍– 'अर्काको आचरण र चरित्रमा प्रश्न उठाउने पत्रकारहरू स्वयंको आचरण र चरित्र कस्तो हुनुपर्छ भन्ने कुराको व्याख्याले महत्व पाएको छैन । तर विज्ञापन नदिए र ग्राहक नबनिदिए धम्क्याउने र व्यक्तिगत चरित्र हत्या गर्ने प्रवृति भने उल्लेखनीय रूपमा मोरङमा देखिएको छ ।     

पूर्वाञ्चलका पत्रकारको भेलाले निकालेको एउटा निष्कर्षलाई उद्धत गर्दै उनले अर्का ठाउँको लेखेका छन्‍– 'पत्रकारहरू एक पैसा लगानी नगरी पत्रिकाको माध्यमबाट जीविकोपार्जनका लागि मात्र पत्रकारिता रोज्छन्‍ । उनीहरू आफैँ झूटो समाचार लेखेर पाठक तर्साउन खोज्छन्‍, गैरपत्रकारको बाहुल्य भएको स्वीकार्छन्‍ ।'

खिनौटे शरीर भएका मोरङे लेखक-पत्रकार प्रमोद आफ्‍नो सिर्जनाभित्र उच्च बौद्धिकता, तार्किता र गहन अध्ययनको गन्ध दिन सक्छन्‍ । मोरङका पत्रकारको आचरणसँगै उनले योग्यताको प्रश्न पनि उठाएका छन्‍ । उनी लेख्छन्‍– 'सामान्य लेखपढ गर्न नसक्ने व्यक्ति पनि पत्रिकाको सम्पादक हुन थालेपछि यो क्षेत्रमा विकृति र विसंगति भित्रनु स्वाभाविक हो ।'    

मोरङमा पत्रकारबीच एकता नहुनु अर्को समस्या हो । पत्रकारबीच लेनदेनको झगडामात्र हुँदैन, सही समाचार लेख्नेलाई खण्डन गर्न दोषीले होइन पत्रकारले नै धम्की दिने गर्छन्‍ । नटेरेमा त्यही सचेत छन्‍ । उनी त्यसलाई यसरी व्यक्त गर्छन्‍– 'पत्रकारिता (सँगसँगै पत्रकारको पनि) क्षेत्रको इतिहास लेख्न खोज्नु वास्तवमा आफ्‍नै विरोधी तयार गर्नु हो भन्ने पनि मलाई थाहा छ ।' मोरङमा लामो समय पत्रकारिता गरेका उनी अहिले राससका प्रधान सम्पादक छन्‍ ।      

एकताका समस्याबारे उनको कथन छ– 'राजधानीबाट निस्कने पत्रपत्रिकाको समाचारदाता वा प्रतिनिधिले गलत तरिकाले पैसा खाने भएकाले स्थानीय पत्रिकारहरू मारमा परेको विचार सम्पादक-प्रकाशकहरूमा छ । त्यस्तै कुनै किसिमको समाचारै नहुने र बजारमा नजाने एकपन्ने पत्रिकाको पत्रकारले पत्रकारका नाममा सुविधा उपभोग गरिरहेको धारणा समाचारदाताहरूको छ । यथार्थमा यो विवादले मोरङमा पनि पत्रिका निकै झाँगिएको अवस्थामा छ भन्ने तथ्यलाई बुझाउँछ । विशेषगरी यहाँको पत्रकारहरूले एक-अर्कालाई लगाउने आरोप व्यापारी र उद्योगपतिबाट गलत ढंगले रकम लिने अभ्यास नै हो ।'

मौसमी पत्रपत्रिका मोरङको मुख्य समस्या हो । अलि पुराना पत्रिकामध्ये पुष्पराज गड्‍तौलाको 'पुष्पाञ्जली' र केशवबहादुर कार्कीको जनआवाज' साप्ताहिकले निरन्तरताको इज्जत धानेका छन्‍ । पछिल्लो समयमा निस्केकामा 'मोफसल' साप्ताहिक र 'दर्शन' दैनिक व्यावसायिक रूपमा टिकेका छन्‍ । तीमध्ये 'मोफसल' सानो सहर उर्लाबारीबाट दुई विशेषतामा हेरेका छन्‍– बजारमुखी छन्‍ । ठुलो लगानीमा उच्च महत्वकाक्षासाथ निस्केको 'श्री देउराली देखि ठूला व्यापारीले चलाएको 'विराट नेसनल टाइम्स' सम्म बन्द हुन पुग्नुले यहाँको अँध्यारो व्यावसायिक भविष्यलाई पुष्टि गर्छ । मोरङमा पत्रकार धेरै छन्‍, पत्रकारिता गनेँ कम । यसबारे उनको ठम्याइ छ– 'मर्म, धर्म र आचार बुझेर पत्रकारितामा लाग्नेको संख्या अत्यधिक बुद्धि हुनुका साथै पत्रकारितालाई मागी खाने भाँडो बनाउने कार्य पनि बढेको देखिन्छ ।'  

मार्टिन चौतारीले प्रकाशन गरेको मोरङमा पत्रकारिताको अर्धशताब्दी' मा उक्त जिल्लाको समाचार पत्रकारितालाई चार चरणमा वर्गीकरण गरिएको छ । पहिलो २०१२-१७, दोस्रो २०१७-३६, तेस्रो २०३६-४६, चौथो २०४६-६० । ऐतिहासिक पत्रिका र पत्रकारकाबारे छुट्टै विषयवस्तु सामेल गरेका छन्‍ । बालभित्ते पत्रिकादेखि रेडियो पत्रकारितासम्म यसभित्र परेका छन्‍ । तीमध्ये पनि पत्रकारको स्थिति, प्रवृत्ति र आचरणसम्बन्धी सामग्रीलाई उल्लेख्य मान्नुपर्छ ।

 

स्रोतः कान्तिपुर, २३ फागुन २०६१, शनिबार पेज न. ६


About the Author

More Blogs