आन्दोलनको नालीबेली

2021-10-11

इतिहासका विभिन्न कालखण्डभित्रका विभिन्न घटना तथा उपघटनाहरु मानिसले चाँडो भुल्ने हुन्छन् जुन इतिहास निर्माणका दृष्टिले अहं हुने गर्छ । वि.सं. २०६२-६३ सालमा भएको जनआन्दोलन नेपालको इतिहासमा एक महत्त्वपूर्ण कुरा हो । आन्दोलनकारी भूमिका निर्वाह गर्ने क्षेत्रहरुमा सञ्चार क्षेत्र अब्बल दर्जामा पर्दछ । एफएम रेडियोमा समाचार प्रसारणमा रोक लगाएपछि त सञ्चारकर्मीहरु पूरै आन्दोलित हुन पुगे ।

एफएम रेडियोमाथि भएका दमनका घटना र उपघटनाहरु पनि इतिहास अध्ययनको एउटा पाटो हो । यसलाई पनि लेखनको विषयवस्तु बनाउन सकिन्छ भनेर पत्रकार विनोद ढुङ्गेलले देखाएका छन्, हालै प्रकाशित 'शाही शासनमा स्वतन्त्र रेडियोः दमन र प्रतिरोधको कथा' पुस्तकमार्फत । पुस्तकमा लेखकले शाही शासनमा शासकहरु राजनीतिक पार्टीभन्दा श्रृंखला, त्यसको प्रभाव, सञ्चारकर्मीले गरेको त्यसको प्रतिरोध तथा भविष्यमा यिनै घटनाबाट सिक्नुपर्ने पाठ दिइएको कारण पुस्तक एक प्रकारले दस्तावेज बनेको छ ।

स्रोतः हसना, ३१ असोज २०६४, वर्ष ३, अङ्क १२


About the Author

More Blogs