माओवादी जनयुद्धको ऐन

2021-10-11

नेपालको माओवादी जनयुद्धको सेरोफेरोमा अधारित रही लेखिएको लेख वा विचारको संगालो 'माओवादी विद्रोह, सशस्त्र संघर्षको अवधि' नाम पुस्तक मार्टिन चौतारीले हालै प्रकाशनमा ल्याएको छ । कुल ६ खण्डमा विभाजित उक्त पुस्तकमा राजनेता, बुद्धिजिवी, पत्रकार, लेखक, नागरिक समाजका प्रतिनिधि आदि गरी विभिन्न ६१ जनाका लेख रचनाहरु प्रकाशन गरिएको छ । संघर्षको विश्लेषण, आर्थिक सामाजिक न्याय, वैचारिक सांगठनिक समीकरण पुस्तकका खण्डहरु हुन्, जसमा लेख रचनाहरु समावेश गरिएका छन् । सशस्त्र संघर्षको अवधिका विभिन्न कालखण्डमा चर्चा जमाउन सफल लेखहरुको बुदिमतापूर्ण छनौट पत्रपत्रिकाबाट गर्दै तिनको संकलन हो यो पुस्तक- 'माओवादी विद्रोह, सशस्त्र संघर्षको अवधि' । पुस्तक पढ्दा यस्तो लाग्छ, माओवादी सशस्त्र विद्रोहका धेरै आयामहरु छन् र ती धेरै आयामहरुलाई फरक फरक कोणहरुबाट हेर्ने प्रयास गरिएको छ । माओवादी जनयुद्धको ऐनाको रुपमा पनि उक्त पुस्तकलाई लिन सकिन्छ । पुस्तकको सम्पादन भाष्कर गौतम, पूर्ण बस्नेत र चिरन मानन्धरले गरेका हुन् । संग्रहणीय कभर डिजाइन र वैचारिक विविधताको सुन्दरता बोकेको यो पुस्तकको मूल्य भने ने.रु. ३ सय रुपैयाँ राखिएको छ ।

देशान्तर साप्ताहिक, फागुन २०६४, पृ. ४, वर्ष २५, अंक ४५


About the Author

More Blogs