नेपाली टेलिभिजन : अभ्यास, अनुभूति र विश्लेषण

2021-10-10

नेपालमा सञ्चार क्षेत्रसँग सम्बन्धित पुस्तक अपेक्षकृत कम प्रकाशित हुने गरेका छन् । केही वर्षयता सञ्चार माध्यमसँग सम्बन्धित पुस्तकहरुको प्रकाशनमा वृद्धि भए पनि त्यस्ता पुस्तकहरु पत्रकारिताका पाठयक्रमसँग कुनै न कुनै रुपले सम्बन्धित रहेका छन् । ती पनि खासगरी पत्रकारिताका विद्यार्थीलाई लक्ष्यित गरी प्रकाशित भएका पाइन्छन् । पत्रकारिता पढेर मात्र पुग्दैन गरेर पनि देखाउनुपर्ने क्षेत्र हो । सिद्धान्त र अनुभवको बेजोड समन्वय हुनसक्ने भने मात्र पत्रकारिता सफल हुनसक्छ । यसतो स्थितिमा दीपा गौतम तथा शेखर पराजुलीको सम्पादकत्वमा टेलिभिजन क्षेत्रसँग प्रत्यक्ष-परोक्ष सम्बन्ध भएका विभिन्न व्यक्तित्वका लेखहरु समेटेर मार्टिन चौतारीले नेपाली टेलिभिजनः अभ्यास, अनुभूति र विश्लेषण प्रकाशनमा ल्याएको छ । विगतमा छापा र रेडियोसँग सम्बन्धित सामग्री प्रकाशनमा ध्यान केन्द्रित गरेको चौतारीले काँचको पर्दाः नेपाली टेलिभिजनमा महिला प्रकाशनमा ल्याएदेखि टेलिभिजनतर्फपनि चासो देखाउन थालेको हो । नेपालको पत्रकारितामा विविध विधा र आयामबारे नजिकबाट व्यावहारिक जानकारी लिन चाहने पाठकहरुका लागि यो खुशीको कुरो हो ।

नेपालमा टेलिभिजन प्रसारणको इतिहास वर्षा गन्ने हो भने एक चौथाइ शताब्दी मात्र पुगेको छ । यस अवधिमा नेपालमा टेलिभिजन प्रसारण गर्ने संस्थाको सङ्ख्या मात्र बढेको छैन गुण र क्षेत्रमा पनि विविधता थपिएको छ । हिजोका दिनमा नेपाली दर्शकले कल्पना पनि गर्न नसकेको समाचरमूलक टेलिभिजन प्रसारण संस्थाको सङ्ख्या पनि अहिले बढेको छ । विद्युत लोडसेडिङको समस्या विकराल रुपमा नदेखिएको भए सम्भवतः यस बेलासम्ममा अन्य केही च्यानलहरु पनि प्रसारणमा आइसक्नर्ुपर्ने थियो ।

जे होस्, पुस्तकमा टेलिभिजन संस्कृतिदेखि समावेशीकरणसम्म नेपाल टेलिभिजनदेखि निजी टेलिभिजनसम्म समाचारदेखि बृत्तचित्र र हास्य शृङ्खलासम्मका विषय र विधा समेटिएका छन् । नेपालमा टेलिभिजन संस्कृतिको लेखाजोखा नेपाल टेलिभिजनको नालीबेली नेपाल टेलिभिजनका कार्यक्रम हिजो र आज नेपाल टेलिभिजनमा समाचार अपरिवर्तनीय शैली निजी टेलिभिजन च्यानलमा समाचार नेपाली टेलिभिजनमा खेलकुद नेपाली टेलिफिल्म विगतदेखि वर्तमानसम्म नेपाली हाँस्य टेलिशृङ्खला नेपाल टेलिभिजनका बृत्तचित्र टेलिभिजनमा समावेशीकरण जस्ता विषयवस्तुले पुस्तकको सार्रगर्भलाई दर्शाउँछन् ।

गोरखापत्र२०६५चैत१५ शनिबार ग


About the Author

More Blogs