संविधासभाबारे सन्दर्भ-ग्रन्थ
2021-10-08
अनुसन्धानकर्ताद्वय कैलाश राई र चिरन मानन्धरद्वारा संकलित 'राज्य पुनःसंरचना र संविधानसभा' नाम सन्दर्भ-ग्रन्थ सार्वजनिक भएको छ । तोकिएको थप म्याद (१४ जेठ ०६८) मा संविधान लेखिन्छ भन्ने बहस चलिरहेको बेला यो सन्दर्भ-ग्रन्थ सार्वजनिक भएको हो ।
पुस्तक संकलकमध्येका एक कैलाश राईले भनिन, 'यस सन्दर्भ-ग्रन्थमा संविधानसभाको औचित्य, नयाँ नेपालको खाका, संघीयताको आधार, प्रक्रिया र पुनर्संरचना अनि नेपालकव संवैधानिक, भौगोलिक, सामाजिक, साँस्कृतिक, कानुनी, वित्तीय, प्राकृतिक पक्ष वा आर्थिक संरचना र राज्यका विभिन्न एकाइबीच अधिकार र दायित्व निक्षपण सम्धन्धका सागग्री-सूचि' समेटिएको छ ।
पाँच अध्यायमा विभाजित यस सन्दर्भ-ग्रन्थको पहिलो अध्यायमा पुस्तक, दोस्रो अध्यायमा सम्पादित पुस्तक तथा जर्नललगायत प्रकाशित लेख-रचना, तेस्रो अध्यायमा प्रकाशित-अप्रकाशित प्रतिवेदन, चौथो अध्यायमा कार्यपत्र र अन्तिम तथम पाँचौँ अध्यायमा म्यागेजिन तथा बुलेटिनको सूची रहेको छ । तीन महिनामा तयार पारिएको सन्दर्भ-ग्रन्थ राज्य पुनर्संरचना र संविधानसभाबारे जान्न इच्छुकलाई उपयोथीसिद्ध हुनेछ ।
नयाँ पत्रिका, २ असोज २०६७, पृ.१६